Sunday, February 23, 2025
Home Blog Page 25

उर्जा प्लान्टको माध्यमबाट फोहोरकाे दिगो व्यवस्थापन गर्नु पर्छ : देवराज घिमिरे

विर्तामोड । देशकै समस्यकाे रूपमा रहेकाे फोहोर दिगो व्यवस्थापनका लागि डम्पिङ साइट बैज्ञानिक खालको बनाउनु पर्नेमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरेले जोड दिएका छन् ।

नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा बिर्तामोड नगर सरसफाई अभियानलाई सम्वोधन गर्ने क्रममा उनले निर्वाचनको नजिकियो भनेर फाेहाेरमै बस्न नसकिने बताउँदै कन्काई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि नविकरर्णीय उर्जा प्लान्टको माध्यमबाट दिगो समाधानको बाटो खोजेको बताए ।

बिर्तामोडको पूर्वी क्षेत्र बुट्टाबारी छेउदेखि नै महेन्द्र राजमार्गका दुवै भागमा देखिने फोहोरको डंगुरले त्यस क्षेत्रमा हिडिनसक्नु भएपछि नगरपालिकाको सहजीकरणमा यो अभियानमा युवा जुटेको बिर्तामोड नगरपालिका वडा नम्वर ४ एमालेका नगर कमिटीका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नगरपालिकाका जनप्रतिनिधिहरुले सरसफाई अभियानमा सहभागिता जनाएका थिए । त्यस क्षेत्रबाट ८ ट्रयाक्टर फोहोर उठाइएको बिर्तामोड नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा जनप्रतिनिधिलाई बदनाम गराउन फोहोर फालेर त्यही स्थानमा फोटो खिचेर सोसल मिडियामा पोष्ट गरेको पाइएको बताउँदै, उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अर्जुनधारा नगरपालिकासंग समन्वय गरि बिर्तामोड नगरपालिकाले लाइट र नाइटभिजन सिसि क्यामरा जडान गर्ने योजना बनाएको जानकारी दिए ।

नगर सरसफाई गर्ने दायित्व नगरपालिकाको टाउकोमा हालिदिएर नागरिक समाज भाग्न नमिल्ने भएकाले नेकपा एमालेले बेला बेला यस किसिमको अभियानमा जोडिँदै आएको नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

केपी शर्मा ओली तीन दिन गृह जिल्ला झापामा

दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबारदेखि पर्सी बिहिबार सम्म  गृह जिल्ला झापामा व्यस्त हुने भएका छन । कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि अध्यक्ष ओली आज पौने २ बजे काठमाडौंबाट भद्रपुर विमानस्थल ओर्लिनेछन ।
एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार साढे ४ बजे दमकमा पत्रकार भेटघाटमा सहभागी भएर उनले नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
भोली बुधबार विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा र २ बजे दमकमा कार्यकर्ता भेटघाट गर्ने ओलीको कार्यक्रम छ । बिहिबार ३ गते दमक ३ को आमचोक र कमल गाउँपालिका ३ केर्खामा मतदातासँग भेटघाटको कार्यक्रम सार्वजनिक भएको छ । अध्यक्ष ओली ३ गते दिउसो २.५० बजे भद्रपुरबाटै काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

ओली झापाको पश्चिम दक्षिण भुगोल समेटिएको निर्वाचन क्षेत्र नं ५ बाट यहि मसिंर ४ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन । उनी यो भुगोलबाट सातौं पटक निर्वाचन लडदैछन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

चुनाव पछि एमालेले पुन विकासकाे वाढी ल्याउछ : हिक्मत कुमार कार्की

दमक/ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार हिक्मत कुमार कार्कीले एमाले नेतृत्वमा सरकार बनाएर विकास निर्माणकाे वाढी ल्याउने बताउएका छन् ।

धेरै विकासका योजना तथा आयोजनाहरु यस क्षेत्रमा रहेको बताउदै पुरा नभएका योजना एवं आयोजनाहरुलाई पुरा गर्ने र स्थानीय आवश्यकताका आधारमा नयाँ योजनाहरु ल्याउने पनि उनले प्रतिबद्धताहरु जनाएकाछन् । अपुरा सबै योजनाहरु पुरा गर्ने र नयाँ योजनाहरु ल्याउनेछौ, उनले भने ।

“सम्बृद्ध नेपाल सुखी नेपालीको” नारालाई सफल पार्न एमालेको सरकारले मात्र सक्ने भएकोले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका सुर्य ध्वजाबाहक उमेद्वारलाई सुर्य चिन्नमा मतदानगरी बिजयी गराउनु पर्ने उनले बताए ।

कार्कीले आदिबासी रंगशाला नेकपा एमाले नै सरकारमा गएपछि बन्ने जनाउदै यसमा धेरै भ्रम छर्ने काम गर्नु नहुने बताए । हामी आदिबासी रंगशाला बनाउछौ र यो बिषयमा अब भ्रम छर्न आवश्यक छैन, उनले भने । गौरादहको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने कार्य पनि एमाले सरकारमा गएपछि नै सम्भव हुने उनको भनाई थियो । योजना बनेर काम शुरु हुनसाथ हाम्रो सरकार ढल्यो र योजनाहरुमा बजेट पनि आएन, उनले भने ।

एमालेले बाहेक अरु दलले जस्तो सुकै सरकार बनाएपनि बिकास निर्माण गर्न नसक्ने भन्दै ४ दशक पुरानो हुलाकी मार्गको योजना, गौरीगञ्ज स्मार्ट सिटीको योजना, लखनपुरको आदिवासी रंगशाला निर्माणको योजना लगायत धेरै योजनाहरु एमाले सरकार भए मात्रै पुरा हुने नभए अधुरै रहने चेतावनी पनि दिए ।

स्थानीय बाहेक विराटनगर विमानस्थल, निजगढ अन्तराष्ट्रिय विमानस्थल लगायत राष्ट्रिय गौरवका योजनाहरुको समेत फेहरिस्त प्रस्तुत गर्दै एमालेले गरेका कामको प्रचार पत्रकारहरुले नगरेको भनि ब्यंग्यात्मक टिप्पणी समेत गरे । एमालेले गरेका कामहरुनै आगामी मसिंर ४ मा हुने चुनाव जित्ने आधार हुन, हामी प्रत्यक्ष तर्फनै कम्तीमा एक सय सिट जित्छौं – कार्कीले भने । उनले केही हद सम्म झापाको दमक र आसपासका पालिकाहरुमा सन्तुलित बिकास हुन नसकेको स्विकार्दै त्यसैलाई आधार बनाएर यहाँ बिकास भएन भन्ने तर्क गर्नु नहुने पनि बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकका शिक्षासेवी कोमल प्रसाइँको निधन

दमक/ झापा दमकका शिक्षासेवी तथा सामाजिक व्यक्तित्व कोमल प्रसाइँको निधन भएको छ । पछिल्लो समय फोक्सो सम्बन्धिको समस्याबाट पीडित प्रसाइँको ८१ बर्षको उमेरमा उपचारका क्रममा आज साँझ पौने ७ बजे काठमाडौस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ४ मा बुबा स्व. रत्नलाल प्रसाईं तथा आमा स्व. धनमाया मैनाली प्रसाईको कोखबाट जन्मिएका उनी परिवारसहित करिब चार दशक अघिदेखि दमक नगरपालिका वडा न. १ मा स्थायी बसोबास गर्दै आएका थिए ।

शिक्षण पेशामा समेत संलग्न रहेका प्रसाइँले आफना स्वर्गीय माता पिताको नाममा दमकको हिमालय माविमा अक्षय कोष समेत स्थापना गरेका थिए । प्रसाइँ कल्याण ट्रस्टको स्थापना समेत उनकै अगुवाईमा भएको हो । स्वर्गीय प्रसाइँ नेकपा एमालेकी नेतृ सुमित्रा प्रसाइँकी पति हुन भने नेपाली कांग्रेस दमक नगर सभापति तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँका बुबा हुन ।

प्रसाईं ट्रष्ट कल्याणकारी कोषका वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध स्व.प्रसाईका श्रीमती सुमित्रा चुडाल प्रसाई ,दुई छोरा मिलन र प्रकाश तथा छोरी लक्ष्मी प्रसाईं उप्रेती छन् ।

स्व. प्रसाईको पार्थिव शरीर मंगलवार झापाको कन्काई माई घाटमा विहान ११.०० बजे अन्त्येष्टिका लागि लगिने पारिवारिक स्रोतलले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

आन्तरिक पर्यटनको प्रर्वद्धन गर्दै जङ्गे किल्ला रोयल इन्फिल्डर्स

दमक / जङ्गे किल्ला रोयल इन्फिल्डर्स ले विश्व पर्यटन दिवस भव्यताका साथ मनाएको छ ।

दमकमा रहेको बुलेट बाइक राइडर युवाहरुको समूह जङ्गे किल्ला रोयल इन्फिल्डर्सले विश्व पर्यटन दिवसको अवसर पारेर आज झापा देखि इलाम सम्मको यात्रा सम्पन्न गरेका छन् ।

झापाको दमक देखि इलामको पर्यटकीय स्थल कन्याम, झापाको सालबारी लगायतका स्थानमा पुगेर आन्तरिक पर्यटनको प्रचार प्रसार लागि एक दिने यात्राको आयोजना  गरिएको समूहका संयोजक योगेश लिम्बूले बताए ।

यात्रामा दमक र सुरुङ्गा गरी २१ जना बाइक राइडरहरु सहभागी भएका थिए। सोही अवसरमा जङ्गे किल्लाको व्यवस्थापनको लागि अमेरिका निवासी जङ्गे किल्लाका सदस्य अर्जुन पक्वालले ३५ हजार सहयोग समेत गरेका छन् ।

क्लबले स्थापना कालदेखि विभिन्न समयमा आन्तरिक पर्यटनको प्रचार र विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको छ ।

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

क्लब हिमालयन टाईगरकाे चौथौ साधारण सभा सम्पन्न, तोकियो विभिन्न देशका लागि संयोजक

दमक / झापाको दमकमा केन्द्रीय कार्यालय रहेको क्लब हिमालयन टाईगरकाे चौथौ साधारण सभा  सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष रेवत चन्द्र भण्डारीको सभापतित्व तथा दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आथित्यतामा क्लबको चौथौ साधारण सभा सम्पन्न भएको हो । दमक ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक जीवन गौतमकाे विशेष आथित्यता भएकाे साधारण सभामा वर्ष भरी गरेकाे कार्यक्रमकाे विवरण सार्वजनिक गरीएकाे थियाे ।

क्लबले साधारण सभाबाट विभिन्न शाखाको गठन गरी संयोजक समेत तोकेको छ । जसमा दीपक खड्का दमक, केदार चापागाई कमल गाउ पालिका, भिम कडरिया बिर्तामोड, दिपक सुवेदी शिवसताक्षी, खेमराज जमरकट्टेल इजराइल, प्रेम कुमार उप्रेती कतार,नारायण श्रेष्ठ र राजन खड्का अमेरिका,दिल बहादुर थापा अष्ट्रेलिया, क्षितिज पाण्डे लाई युएईका लागि संयोजक तोकिएको छ ।

क्लबले  समाजका विभिन्न क्षेत्रमा काम गरेका सामाजिक अभियन्ता भगवती श्रेष्ठ, गजेन्द्र निरौला, राजकुमार श्रेष्ठ, बेनु चुडाल लाई सम्मान गरेको छ ।

कार्यक्रममा लायन्सकर्मी बिप्लब दंगाल, दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का, जीवन चक्रका गणेश गौतम, असहाय मानव सेवा समाजकी अध्यक्ष चेतना निरौला, रक्तदाता राजकुमार श्रेष्ठ, सामाजिक अभियान्ता वेनु चुडाल लगायतले क्लबले गरेका गतिविधिको चर्चा गर्दै साधारण सभाको शुभकामना दिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

साना किसान कृषि सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न

कमल / लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्य तथा एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तानहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष तिलरुपा बास्तोलाको अध्यक्षता एवम् कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष बास्तोला तथा लेखा समितिको तर्फबाट संयोजक सुजिता पोखरेलले प्रतिवेदन पेश गरिन्।

कार्यक्रममा प्रमुख अतिथी न्यौपाने, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवम् संस्थाका सल्लाहकार समिति संयोजक बेनुप्रसाद शिवाकोटी, कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई लगायतका अतिथीले महिलाहरुलाई संगठित गर्दै आय आर्जनका कार्यमा संलग्न गराउन संस्थाले महत्वपूर्ण भुमिका खेलेको बताए।

संस्थाले किसानहरु लक्षित कृषिको आधुनिकीकरण, व्यवसायीकरण एवम् आयात प्रतिष्थापनमा सहयोग पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रवन्धक टंक पराजुलीले जानकारी दिए । रैथाने बालीहरुको संरक्षण, व्यवसायीक कृषि र पशुपालन, उन्नत मल विउ वितरण, विभिन्न निकाय सँगको सहकार्यमा कृषिको व्यवसायीकरण लगायतका क्षेत्रमा संस्थाले प्राथमिकता दिएको उनले जनाए  । १ हजार ७ सय २९ शेयर सदस्य तथा २ सय ७५ समुह मार्फत संस्थाले कारोवार गर्दै आएको जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

इन्ट्राले जुरायो अमेरिकामा फुटबल महाकुम्भ मेला ३८ टिमले सहभागिता जनाउने

अमेरिकावासी नेपालीभाषी समुदायका अमेरिकाभरका ३८ वटा फुटबल टीमबीच अमेरिकाको ओहायो राज्यको सिनसिनाटी शहरमा रोचक प्रतियोगिता हुने भएको छ ।

इन्ट्रा नेशनल वेलफेयर तथा सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सेप्टेम्बर २३ देखि शुरु हुने सो प्रतियोगितामा युवा पुरुष समूहतर्फ २६ टीम, भेट्रानतर्फ ८ टीम र महिलातर्फ ४ टीमले सहभागिता जनाउने भएका छन् । फाउण्डेसनका अध्यक्ष समाजसेवी डिल्ली अघिकारीले सेप्टेम्बर २३ मा उद्घाटन गर्ने सो प्रतियोगितामा अमेरिकाका पेन्सिलभेनिया, मिनिसोटा, ओहायो, नर्थ क्यारोलिना, म्यासाचुसेट्स, केन्टकी, न्यूयोर्क, क्यालिफोर्निया,नर्थ डकोटा, जर्जियालगायतका विभिन्न राज्यका खेलाडीहरु सहभागी छन् । यसवाहेक अमेरिकाको छिमेकी मुुलुक क्यानडाबाट समेत एउटा टिमले सहभागिता जनाएको आयोजक संस्थाले जनाएको छ । सबै खेलाडीहरु नेपालीभाषी समुदायका हुन् ।

अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीभाषी भुटानी अमेरिकी समुदाय तथा नेपाल र अन्य मुलुकबाट पनि अमेरिकामा स्थायी वसोवास गरिरहेका नेपालीभाषी समुदायको उत्साहजनक सहभागिता रहेको यो प्रतिष्पर्धाको फाइनल खेल सेप्टेम्बर २५ मा सिनसिनाटी शहरमै हुने तय भएको छ । फाउण्डेसनका प्रवक्ता केशव आचार्यले आफ्नो समुदायका युवा युवतीहरुमा ‘स्पोर्टस्मेनसिप’ भावनाको विकास गरी समुदायका युवाहरुलाई जागरुक बनाइराख्ने उद्देश्यले फाउण्डेसनले विभिन्न खेलकुदका कार्यक्रमहरु निरन्तर आयोजना गरिरहेको बताए । उनले भने, ‘खेलले व्यक्तिगत जीवनलाई स्वस्थ र अनुशासित राख्न सघाउने हुंदा समुदायका युवा युवतीहरुलाई लागूऔषधजस्ता लतमा लाग्न नदिई उनीहरुलाई जोगाउन पनि मद्धत गर्ने विश्वास लिएका छौं ।’

प्रतियोगिताका संयोजक राजन चुहानले ३५ बर्षमाथिको उमेर समूहका पुरुष खेलाडीहरुको भेट्रान टीम र महिलाहरुको टीमका बीचको प्रतिष्पर्धा लिग र नकआउटका माध्यमबाट गराइने बताए । उनका अनुसार, युवा टीमका बीच भने नकआउट प्रतिष्पर्धा गराइने छ ।

यी प्रतिष्पर्धाका लागि फाउण्डेसनका अध्यक्ष डिल्ली अघिकारीले निकै ठूलो पुरस्कार राशीको घोषणा गरेका छन् । युवाहरुको २६ टीमका बीचको प्रतिष्पर्धाबाट प्रथम हुने टीमले १५ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । युवातर्फ दोस्रो हुने टीमका लागि ८ हजार अमेरिकी डलर पुरस्कार दिइने छ । त्यसैगरी भेट्रानतर्फ प्रथम हुने टीमलाई ८ हजार, दोस्रो हुने टीमलाई ६ हजार र तेस्रो हुने टीमलाई २ हजार ५ सय अमेरिकी डलर पुरस्कार दिइने छ भने महिलातर्फ प्रथम हुनेलाई ७ हजार ५ सय तथा उपविजेता टीमलाई ५ हजार अमेरिकी डलरको पुरस्कार दिइने छ । डिसीनेपाल बाट

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बाबरी’ को निर्माण टोली कलाकार सहित पूर्वमा, युवा लक्षित फिल्म बनेको कलाकारको भनाइ

दमक । चाड पर्व नजिकिँदै गर्दा एक पछि अर्को चलचित्रले प्रदर्शन मिति घोषणा गरी प्रमोसनका लागि देश दौडाहामा लागेका छन् । यसैक्रममा चलचित्र ‘बाबरी’ले पनि प्रदर्शन मिति घोषणा गरी कलाकार सहित निर्माण टोली प्रमोसनका लागि पूर्वमा आई पुगेका छन् ।

आज दमकमा पत्रकार सम्मेलन गर्दै चलचित्रकी नायीका अदिति बुढाथोकीले दमक आफ्नो मामली समेतभएकोले यहॉबाट धेरै मायॉ पाएको बताइन् । नायक धिरज मगरले नयॉपन बोकेको चलचित्र भएकोलेदर्शकलाई निरास नबनाउने बताए । कलाकार कमलमणि नेपालले बाबरीले युवा पुस्तामा फरक सन्देश दिन खोजेको बताउँदै, चलचित्र हेर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा उद्योग बाणीज्य संघ दमकका बरिस्ठ उपाध्यक्ष गोपाल गुरागाईंले दशैंको अवसरमा आएको चलचित्रले दर्सकको मन जितोस भन्ने सुभकामना दिए । त्यसैगरी दमककी पुर्व उप प्रमुख गिता अधिकारीले अदिति धेरै संघर्ष गरेर आएका कलाकार भएकोले सफल हुने विस्वास ब्यक्त गरिन् ।कार्यक्रममा फिल्मका लेखक समेत रहेका सिजन दाहालले युवा पुस्तामा हुने प्रेम,बिछोड को कथालाई  कलात्मक रूपले फिल्ममा  देखाएको बताए ।

यो चलचित्र आगामी आगामी असोज १४ गते रिलिज हुने निर्माण टिमले घोषणा गरेको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रमा धीरज मगर र अदिती बुढाथोकीको शीर्ष भूमिका छ । त्यस्तै नवअभिनेता धीरज नत्कारको पनि चलचित्रमा मुख्य भूमिका रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्रमा धीरज र अदितीले पहिलोपटक सहकार्य गरेका हुन् । पुष्पा बुढाथोकीको निर्माण रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा समाजवादीका जिल्ला सहसचिव सहित ७५ जना राप्रपामा प्रवेश

दमक / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम बढिरहेको छ । आज दमकमा सम्पन्न राप्रपाको अगुवा कार्यकर्ता भेलामा ७५ जना युवाहरुले राप्रपामा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाका झापा जिल्ला अध्यक्ष केशव ओझाले भने, ‘देशव्यापी रूपमा राप्रपाले उठान गर्दै आएको राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको मुद्दामा युवाहरुको आकर्षण बढ्दो छ । यही अवस्था दमकमा पनि देखिएको छ । दमक राप्रपाको राजधानी बनोस् भने शुभकामना दिँदै आगामी मंसिर मा हुने निर्वाचनमा राप्रपालाई पहिलो दल बनाउन सबै लागि पार्नु पर्ने बताए ।

राप्रपाको अगुवा कार्यकर्ता भेलाको क्रममा समाजवादीका जिल्ला सहसचिव राजु खड्का, जिल्ला सदस्य दीपक खड्का, जिल्ला सदस्य विपुल गुरागाईं, जिल्ला सदस्य संजय मण्डल, सतीश साह, नेकपा एसका कमल कटवाल, नेपाली कांग्रेसका गंगा सिटौला सहित ७५ जना राप्रपामा प्रवेश गरेका राप्रपा दमक ६ का सचिव मेघनाथ फुयाँलले जानकारी दिए ।

सो अवसरमा पार्टी प्रवेश गर्नेहरुमा कुनै राजनीतिक दलसँग आवद्ध नभई स्वतन्त्र अस्तित्वमा रहेका युवाहरु समेत थिए ।

समूहगत रूपमा राप्रपामा प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि राप्रपा प्रदेश १ अध्यक्ष तथा दमक नगरपालीकाका मेयर राम थापाले स्वागत गर्दै देशमा अहिले एक किसीमको अन्योल छ । यो अन्योल र अस्थिरतालाई चिर्न राजा सहितको प्रजातन्त्र अपरिहार्य देखिएको छ । बहुसंख्यक जनताको माग यही छ ।’ नयाँ नेपाल, संघीयता र पहिचानको नाममा अनावश्यक खर्च बढाएर जनता झुक्याउने दिन अन्त्य भएको बताए ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य अमर विष्ट, प्रजातान्त्रिक युवा संगठन केन्द्रीय सदस्य हरी तिवारी, विक्रम सुब्बा,युवा संगठन को प्रदेश अध्यक्ष राजकुमार योङ्हा, केन्दीय प्रशिक्षण विभाग प्रदर्शन १ संयोजक नेत्र चम्लागांई, जिल्ला उपाध्यक्ष विजय बराल, क्षेत्रीय अध्यक्ष भीम पौडेल, नगर अध्यक्ष हेम सुवेदी सहित पार्टीका कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्
test