स्कुल बस खरिद अभियानको लागि सांसद एल पी सावाँको सहयोग

0
223

फाक्तेप । झापा शिवसताक्षी ७ स्थित बाल सेवा आधारभुत विद्यालयको  बस खरिद अभियानको लागि माननीय एल पी सावाँले आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

झापा निर्वचन क्षेत्र नम्बर ४ का सघिय सांसद समेत रहेका सावाँले आज विद्यालयमा एक कार्यक्रमका बिच  ६५ हजार ५ सय २५ रुपैयाको चेक हस्तान्तरण  गरेका हुन् ।

साम्सद सावाँले गएको फागुन २४ गते विद्यालयको स्वर्णमहोत्सबको अवसरमा उक्त रकम विद्यालयलाई यातायात खरिद अभियानको लागि दिने प्रतिबद्धता जाहेर गरेका थिए।

अभियानमा सांसद सावाँले दिएको रकम नै सबै भन्दा उच्च रहेको उक्त बिध्यालयका प्र अ बेनुप्रसाद कार्कीले जानकारी दिए । उनका अनुसार हाल सम्म करिब २२ लाख बराबर रकम संकलन भएको र अझै रकम संकलन जारी नै रहेको छ   ।

यस अभियानमा दोस्रो ठूलो रकम ६२ हजार छ सय १५ रुपैय लिलाराज आङ्देम्बे लगयत परिवारले आफ्नो दिवाङ्गत आमा गङामाया आङ्देम्बेको स्मृतिमा प्रदान गरेका थिए ।त्यसै गरि पुर्व बिध्यार्थी तथा हाल बेलायत मा कार्यरत सुनिल सम्बाहाम्फेले ५४ हजार ५ सय रुपैया आफ्नो स्वर्गबासी दाजु लोक सम्बाहम्फे र स्वर्गीय दिदी धनमाया लिम्बू ( राई) को स्मृतिमा प्रदान गरेका थिए ।

त्यस्तै पुर्व विद्यार्थी तथा हाल हङ्कङ्गमा कार्यरत समाजसेवी चापेता सेर्माले ५१ हजार १ सय ५१ रुपैया सहयोग रकम प्रदान गरेका छन् भने सोही विद्यालयका पुर्व शिक्षक बल बलबहादुर राइले ५१ हजार रुपैया र विद्यालयका शिक्षक स्टापहरुले एक महिनाको खाइपाइ आएको तलब बस खरिद अभियानलाइ यश आघी नै हस्तान्तरण गरिएको बताइएको छ ।
त्यसै गरि दक्षिण कोरियामा कार्यरत पुर्व विद्यार्थीहरुले एक मुस्ट  रुपमा २ लाख ४३ हजर बराबर , त्यसैगरी साउदी अरब बाट रोशन भट्टराईको पहलमा १ लाख माथिको रकम प्राप्त भएको समेत विद्यालयले  जनाएको छ ।

त्यस्तै स्थानीय बासी, अभिभावक , ब्यबसायी, शिक्षा प्रेमी ,विभिन्न संघ सस्था लगायतले यथा सक्दो सहयोग गरि रहेकाले र हाल सम्म करिब २२ लाखको हाराहारीमा आर्थिक संकलन भएको जनाइएको छ ।

स्कुल बस खरिद अभियान हाल भन्सार छुटको प्रक्रिया पूरा गरि सुनवल भन्सारमा बसको बडी बनिने काम भैइ रहेको र श्रावणको पहिलो हप्ता सम्ममा विद्यालय बस आइपुग्ने बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनले जानकारी दिए । उनले भने बसको मूल्य करिब २७ लाख लाग्ने र अझै ५ लाख रुपैया अपुग रहेकाले अब अन्तिममा एक पटक सबैको सहयोगको खाचो रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here