दमक / जङ्गे किल्ला रोयल इन्फिल्डर्स ले विश्व पर्यटन दिवस भव्यताका साथ मनाएको छ ।
दमकमा रहेको बुलेट बाइक राइडर युवाहरुको समूह जङ्गे किल्ला रोयल इन्फिल्डर्सले विश्व पर्यटन दिवसको अवसर पारेर आज झापा देखि इलाम सम्मको यात्रा सम्पन्न गरेका छन् ।
झापाको दमक देखि इलामको पर्यटकीय स्थल कन्याम, झापाको सालबारी लगायतका स्थानमा पुगेर आन्तरिक पर्यटनको प्रचार प्रसार लागि एक दिने यात्राको आयोजना गरिएको समूहका संयोजक योगेश लिम्बूले बताए ।
यात्रामा दमक र सुरुङ्गा गरी २१ जना बाइक राइडरहरु सहभागी भएका थिए। सोही अवसरमा जङ्गे किल्लाको व्यवस्थापनको लागि अमेरिका निवासी जङ्गे किल्लाका सदस्य अर्जुन पक्वालले ३५ हजार सहयोग समेत गरेका छन् ।
क्लबले स्थापना कालदेखि विभिन्न समयमा आन्तरिक पर्यटनको प्रचार र विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेको छ ।