साना किसान कृषि सहकारी संस्थाको नवौ वार्षिक साधारण सभा सम्पन्न

0
195

कमल / लखनपुर साना किसान कृषि सहकारी संस्थाले नवौ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारणसभाका अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्य तथा एसईईमा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तानहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।

संस्थाका अध्यक्ष तिलरुपा बास्तोलाको अध्यक्षता एवम् कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष बास्तोला तथा लेखा समितिको तर्फबाट संयोजक सुजिता पोखरेलले प्रतिवेदन पेश गरिन्।

कार्यक्रममा प्रमुख अतिथी न्यौपाने, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एवम् संस्थाका सल्लाहकार समिति संयोजक बेनुप्रसाद शिवाकोटी, कमल ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई लगायतका अतिथीले महिलाहरुलाई संगठित गर्दै आय आर्जनका कार्यमा संलग्न गराउन संस्थाले महत्वपूर्ण भुमिका खेलेको बताए।

संस्थाले किसानहरु लक्षित कृषिको आधुनिकीकरण, व्यवसायीकरण एवम् आयात प्रतिष्थापनमा सहयोग पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाका प्रवन्धक टंक पराजुलीले जानकारी दिए । रैथाने बालीहरुको संरक्षण, व्यवसायीक कृषि र पशुपालन, उन्नत मल विउ वितरण, विभिन्न निकाय सँगको सहकार्यमा कृषिको व्यवसायीकरण लगायतका क्षेत्रमा संस्थाले प्राथमिकता दिएको उनले जनाए  । १ हजार ७ सय २९ शेयर सदस्य तथा २ सय ७५ समुह मार्फत संस्थाले कारोवार गर्दै आएको जनाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here