शिवसताक्षीमा २१ वटा योजनाका पुराना कागजातमाथि अनुसन्धान

0
275

दमक/ झापाको शिवसताक्षी नगरपालिका कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले २१ वटा योजनाहरुसँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको छ ।

नगरपालिकाबाट २०७४ देखि २०७९ बीचमा सञ्चालन भएका तथा कार्यान्वयनको प्रकृयामा छिराइएका ठुलो संख्यामा रहेका योजनाहरुमाथि अख्तियारले छानबिनका लागि ति कागजात नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालयबाट खटिएको टोलीले बिहिबार र शुक्रबार नगरपालिका कार्यालयबाट बहुचर्चित डुँडामारी सिमसार योजनासहित कूल २१ वटा योजनासँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिएको समाचार स्रोतको दाबी छ । डीपिआर ( विस्तृत अध्ययन प्रतिवेदन) देखि ठेक्का प्रकृयामा समेत अनियमितताको उजुरी परेपछि वातावरणीय प्रभाव मुल्याङकन रिपोर्ट लगायतका कागजातहरुमाथि अख्तियारको इटहरीस्थित कार्यालयबाट अनुसन्धान भइरहेको बताइएको छ ।

तत्कानि नगर प्रमुख चन्द्रकुमार शेर्माको कार्यकालमा डुँडामारी सिमसार योजनाको डीपिआरमा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो । सोको छानबिनका क्रममा अन्य साना ठुला करोडौं लागतका योजना तथा परियोजनाहरुमा समेत अनियमितता हुन सक्ने आंशका देखिएपछि अख्तियार सक्रिय भएको हो । अख्तियारले थप छानबिन अघि बढाएको अवस्थामा पहिला शुरु भएका र हाल कार्यान्वयनको चरणमा रहेका कतिपय योजनाहरुको निरन्तरतामा समेत यसले अप्ठ्यारो पार्न सक्ने कानुनका जानकारहरु बताउँछन् ।
ति योजनाहरुको अनियमितताका बिषयमा अनुसन्धान भइरहेको अख्तियार स्रोतको भनाई छ ।

शिवसताक्षी नगरपालिका प्रमुख रोशन थोप्रासँग यस बिषयमा प्रतिक्रिया लिन खोज्दा अख्तियारले छानबिन गरिरहेको बिषयमा आफूले केही बोल्न नमिल्ने प्रतिक्रिया दिए । उनले भने– त्यो बिषयमा म धेरै बोल्नु छैन । अख्तियारलाइनै बुझ्नुहोस । टोली आएको थियो कार्यालयसँग सम्बन्धित बिषय भएकाले मलाई जानकारीमा आएको चाहिं हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here