दमकका शिक्षासेवी कोमल प्रसाइँको निधन

0
93

दमक/ झापा दमकका शिक्षासेवी तथा सामाजिक व्यक्तित्व कोमल प्रसाइँको निधन भएको छ । पछिल्लो समय फोक्सो सम्बन्धिको समस्याबाट पीडित प्रसाइँको ८१ बर्षको उमेरमा उपचारका क्रममा आज साँझ पौने ७ बजे काठमाडौस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ४ मा बुबा स्व. रत्नलाल प्रसाईं तथा आमा स्व. धनमाया मैनाली प्रसाईको कोखबाट जन्मिएका उनी परिवारसहित करिब चार दशक अघिदेखि दमक नगरपालिका वडा न. १ मा स्थायी बसोबास गर्दै आएका थिए ।

शिक्षण पेशामा समेत संलग्न रहेका प्रसाइँले आफना स्वर्गीय माता पिताको नाममा दमकको हिमालय माविमा अक्षय कोष समेत स्थापना गरेका थिए । प्रसाइँ कल्याण ट्रस्टको स्थापना समेत उनकै अगुवाईमा भएको हो । स्वर्गीय प्रसाइँ नेकपा एमालेकी नेतृ सुमित्रा प्रसाइँकी पति हुन भने नेपाली कांग्रेस दमक नगर सभापति तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाइँका बुबा हुन ।

प्रसाईं ट्रष्ट कल्याणकारी कोषका वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध स्व.प्रसाईका श्रीमती सुमित्रा चुडाल प्रसाई ,दुई छोरा मिलन र प्रकाश तथा छोरी लक्ष्मी प्रसाईं उप्रेती छन् ।

स्व. प्रसाईको पार्थिव शरीर मंगलवार झापाको कन्काई माई घाटमा विहान ११.०० बजे अन्त्येष्टिका लागि लगिने पारिवारिक स्रोतलले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here