Monday, May 20, 2024
Home Blog

सार्वजनिक सुनुवाई सम्बन्धी दमक नगरपालिकाको सूचना

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान

काठमाडौँ, २९  राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शितल निवासमा आयोजित एक समारोहबीच इण्डियन आइडलको उत्कृष्ट दश ( टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेपश्चात तस्बिर खिचाउँदै । 

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेका हुन्। राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताए। उनले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रहरी प्रशिक्षण प्रतिष्ठानद्वारा सम्मान

काठमाडौँ, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक वसन्तकुमार कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्रप्रसाद तिवारीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका छन् ।

उनले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवं प्रभावकारी रूपमा सञ्चालन गरी दक्ष एवं व्यावसायिक जनशक्ति उत्पादन गर्न उल्लेखनीय योगदान पुर्याउने गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेललाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सन्दिप भण्डारीबाट मायाको चिनो ग्रहण गर्दै प्र.म.नि. बसन्त बहादुर कुँवर । मिति २०८० ।१०।२९ गते ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं बहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक महोत्सव २०८० सुरु, ब्याज दर एक अंकमा आउँछ : अर्थमन्त्री महत

दमक/ अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बैंकको ब्याज दर चाँडै एकल अंकमा आउने बताए ।

दमक उधोग वाणिज्य संघले आयोजना गरेको दमक महोत्सव २०८०को उद्घाटन सत्रमा बोल्दै अर्थ मन्त्री महतले यस अघि भएकै खराब ऋण लाई उठाउनकै लागि भए पनि ब्याज घट्ने बताए ।

वाणिज्य संघले माघ २८ गतेदेखि फागुन १२ गते सम्म दमक ७ को सयपत्री टोल स्थित रतुवा खोला किनारमा शुरु गरेको पाँचौं दमक महोत्सव उद्घाटन कार्यक्रमका बोल्दै ऋण लिने दिने दुवैको कमजोरी भएको कारण खराब ऋण बढेको बताउँदै यसको चाँडै समाधान गर्ने कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री महतले बताए । उनले कसैको पछि लागेर ऋणीले लिएको ऋण मिनाह नहुने समेत जानकारी गराएँ त्यो सम्झनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तो हो । कसरी सहज गराउने भनेर कुरामा सरकार लागि परेको बताउदै मन्त्री महतले ऋण लिएको मान्छे ऋण तिर्ने पर्ने बताए । उनले दमकमा रहेका सभा हल र दमक भ्यू टावर अहिलेको आवश्यकता नभएको समेत गर्दा । अघिल्ला सरकारले अनुपादक क्षेत्रमा बढी लगानी गरेको बताउँदै, निर्माण भई सकेको संरचनालाई जुनसुकै सरकारलेपनि अलपत्र पार्न नहुने उल्लेख गरे ।

महोत्सवले केही समयदेखि सुस्ताएको ब्यापार ब्यवसायलाई, आर्थिक चलायमान गर्ने नेपाल उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले बताए ।

करको दायरा बढाउनु पर्छ वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला महोत्सव समितिका संयोजक उमेश डालमियाँ निजी क्षेत्रले मेला महोत्सवको आयोजना गरेमा सरकारलाई कर आउने तर स्थानिय क्लव ,समुहले आयोजना गर्दा केही समस्या पनि भएको भन्दै अर्थमन्त्रीलाई ध्यानकर्षण गराए ।

दमक नगर पालिकाको प्रमुख राम थापाले नगरमा संघीय बजेट आउन रोकिएका भौतिक संरचना समस्यामा रहेको भन्दै दमक गौरवका योजनामा बीचमा अलपत्र नपार्न अर्थमन्त्री महतलाई ध्यानकर्षण गराए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले महोत्सवले दमकको समग्र व्यापार लाई बढाउन सहयोग पुर्याउने बताउँदै । नगरले समेत सबै खाले उपभोक्ताका लागि सस्तो बजार सञ्चालन गर्ने सोच बनाउँदै गरेको बताइन् ।

संघका अध्यक्ष गोपाल गुरागाई को सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केंद्रीय सदस्य गोकुल श्रेष्ठ, सविधान सभा सदस्य महेन्द्र कुमारी लिम्बू, दमकका वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत को उपस्थिति रहेको थियो कार्यक्रममा स्वागत मन्तव्य महोत्सवका संयोजक तथा
वरिष्ठ उपाध्यक्ष राजु खड्का राखेका थिए भने महोत्सवको सञ्चालन संघका प्रथम उपाध्यक्ष राज कुमार योङ्या ले गरेका थिए । फाल्गुन १२ गते सम्म संचालन हुने महोत्सवमा विभिन्न व्यापारिक स्टल सहित हरेक दिन साङ्गीतिक कार्यक्रम हुनुको साथै विभिन्न खेल तमासा हुने आयोजकले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

भ्रष्टाचारको छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको सहयोग रहन्छ : प्रधानमन्त्री

काठमाडौँ, २८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ ।

आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घटनामा आयोगले गर्ने अनुसन्धानमा सरकारकाे साथ रहने बताउनुभयाे । प्रधानमन्त्री दाहालले भन्नुभयो, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।”

सुशासन प्रवर्द्धनमा आयोगले पु¥याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभयो ।

भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।

सुशासनको मुख्य बाधकका रूपमा रहेको भ्रष्टाचारविरूद्धको लडाइँमा संवैधानिक आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निभाउँदै आएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री दाहालले आयोगप्रति नागरिकले राखेका आशा र भरोसालाई आगामी दिनमा पनि कायम राख्नुपर्ने बताउनुभयो ।

राष्ट्रले लिएको विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले कानुनको शासन, मानव अधिकारको संरक्षण तथा समतामूलक र समावेशी शासनको प्रत्याभूतिका गर्नका लागि आयोगले इतिहासदेखि नै खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने सबालमा आयोग दृढताका साथ उभिनेछ विश्वास व्यक्त गर्नुभयो ।

विश्वव्यापी रूपमा भएको प्रविधिको द्रूत विकाससँगै भ्रष्टाचारजन्य क्रियाकलाप र प्रवृत्तिको स्वरूप, तौरतरिका, प्रवृत्ति, सघनता र आयाममा व्यापक परिवर्तन आएको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “एकातर्फ आयोगको कार्यक्षेत्र विस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ आयोगको कार्य प्रणालीमा देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने चुनौती छ ।”

भ्रष्टाचार नियन्त्रणको महत्वपूर्ण भूमिका बोकेको आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिक तवरले भ्रष्टाचार र अनियमितताविरूद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नवीनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

छ महिनामा १० लाख ५२ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ,  ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व सङ्कलन गरेको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात करोड ८७ लाख दुई हजार ९४३, मधेस प्रदेशबाट रु १० करोड पाँच लाख ५८ हजार ९०१, बागमती प्रदेशबाट रु सात करोड ८८ लाख ४० हजार, गण्डकी प्रदेशबाट रु आठ करोड १८ लाख ७६ हजार, लुम्बिनी प्रदेशबाट रु नौ करोड ३८ लाख ६४ हजार, कर्णाली प्रदेशबाट रु एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु दुई करोड ४२ लाख ८८ हजार सङ्कलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

राजस्व रकम सबैभन्दा बढी काठमाडौँ उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तत्थ्याङ्कमा उल्लेख छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन कायम नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएकोभन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायतलाई कारबाही गरिएको हो ।

कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा रहेका पनि प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङ्कले देखाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ बमोजिम कसूरअनुसार ट्राफिक प्रहरीले कारबाही गर्नसक्ने व्यवस्था रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमक महोत्सवकाे तयारी अन्तिम चरणमा, अर्थमन्त्री महतले उदघाटन गर्ने

दमक/ दमक उद्योग वाणिज्य संघको आयोजनामा दमकमा यही माघ २८ गते देखि शुरु हुने दमक महोत्सवमा सुदुरपश्चीमबाट समेत व्यवसायिक तथा कृषि उत्पादनका स्टलहरु रहने भएका छन । महोत्सव आयोजनक मूल समितिका अनुसार अहिले सम्म एक सय भन्दा धेरै स्टलहरु बुक भइसकेका छन ।

मुल समितिका संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष राजु खडकाले महोत्सवमा देशका विभिन्न प्रदेशहरुबाट पनि व्यवसायिक तथा कृषि उपजहरुको स्टल राख्नका लागि बुकिङ भएको जानकारी दिए ।

खडकाले भने– हामी एकदमै उत्साहित रुपमा महोत्सव व्यवस्थापनमा लागेका छौं । महोत्सवप्रति चौतर्फी जिज्ञासा र उत्साह देखिएको छ यसले हामीलाई थप हौसला मिलेको छ । उनका अनुसार यो महोत्सवमा स्टलहरु डोमेन हेंगरमा सजाइनेछन । यो अभ्यास दमकमा पहिलो पटक गर्न लागिएको उनको भनाई छ । महोत्सवमा आधुनिक किसिमका खेल तमासाहरु पनि सञ्चालन हुनेछन ।

दमक ७ स्थित सयपत्री टोलमा फागुन १२ गते सम्म सञ्चालन हुने छैठौं दमक महोत्सवको उदघाटन अर्थमन्त्री डा. प्रकाश शरण महतले गर्ने निधो भएको छ । महोत्सव उदघाटनका लागि अर्थमन्त्री डा. महत आउने निश्चित भएको महोत्सव प्रचार प्रसार समिति संयोजक समेत रहेका संघका कार्यसमिति सदस्य तुल्सीराम तिम्सिनाले जानकारी दिए । महोत्सवमा कृषि, औद्योगिक तथा व्यापारिकका साथै विज्ञान प्रविधि, शैक्षिक एवं विभिन्न बिधाका स्टलहरु रहने जनाइएको छ ।

महोत्सवस्थललाई घेराबारासँगै आकर्षक रुपमा सजाइएको छ । महोत्सवमा रसियन कलाकारको नृत्य अर्को प्रमुख आकर्षण हुनेछ । महोत्सवलाई सफल बनाउन गठित विभिन्न उपसमितिहरुले सक्रिय रुपमा काम गरिरहेको र कलाकार व्यवस्थापनमा पनि उत्तिकै सक्रियतापूर्वक लागिरहेको संघका द्धितीय उपाध्यक्ष ज्ञाननाथ पौडेलले बताए ।
खडकाको संयोजकत्वमा रहेको मूल आयोजक समिति र सो अन्तर्गतका विभिन्न उपसमितिहरुबीच महोत्सवलाई भव्य रुपमा सम्पन्न गराउने उद्धेश्यले बाक्लो रुपमा बैठक, छलफलहरु गरिएका कारण पनि यहाँको व्यवस्थापन चुस्त दुरुस्त हुने संघका अध्यक्ष गोपाल गुरागाइँको भनाई छ । संघले अहिले सम्म उद्योगी व्यवसायीहरुसँगको अतिरिक्त स्थानीय राजनीतिक दलहरु, आदिवासी जनजाती महासंघ लगायतसँग महोत्सवलाई सबैको साझा उत्सवको रुपमा मनाउने बिषयमा चरणबद्ध छलफल गरेको अध्यक्ष गुरागाइँले बताए ।

संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गोकुल श्रेष्ठले आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै पूर्वका उद्योगी व्यवसायीहरुलाई मनोरञ्जन दिलाउन यो महोत्सवले महत्वपूर्ण योगदान दिनेमा विश्वस्त रहेको बताए ।
फागुन १२ गते सम्म सञ्चालन हुने सो महोत्सव अघिल्लो पटकका महोत्सवहरु भन्दा फरक किसिमको हुने दमक उद्योग वाणिज्य संघका कार्यालय प्रमुख निरज बिष्ट बताउँछन ।

महोत्सवमा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुका अतिरिक्त भारतबाट समेत चर्चित कलाकारहरु आउने भएकाले पनि यस बर्षको महोत्सवमा फरक मनोरञ्जनात्मक हुने विष्टको भनाई छ । संघले यो महोत्सवमा ६ करोड बढीको कारोबार हुने अपेक्षा गरेको छ । संघले महोत्सव सञ्चालन वापत प्राप्त गरेको रकम दमक ८ मा निर्माणाधिन इलम प्रशिक्षण केन्द्र सञ्चालनमा उपयोग गरिने जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

माघ २८ गतेदेखि फागुन १२ गते सम्म पाँचौ दमक महोत्सव हुने

दमक/ दमक उद्योग वाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रदेशस्तरीय पाँचौ दमक महोत्सवको आयोजना गर्ने भएको छ ।

संघले दमकमा बुधबार पत्रकार सम्मेलन गरि महोत्सव भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको जनाएको छ । संघका अध्यक्ष गोपाल गुरागाईंले महोत्सव दमक ७ स्थित सयपत्री टोलको रतुवा किनारमा हुने जानकारी दिए । महोत्सवमा ५ करोड बराबरको कारोवार हुनुका साथैं एक लाख दशर्कले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य राखिएको बताइएको छ ।

संघले विगतमा २०६२, २०६५, २०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । पछिल्ला महोत्सवयता संघले कोभिड लगायतका कारणले महोत्सवलाई निरन्तरता दिन सकेको थिएन् । तर, पछिल्ला समय परिस्थति अनुकुल बन्दै गएपछि ६ वर्षपछि महोत्सवलाई निरन्तरता दिन लागिएको अध्यक्ष गुरागाईले बताए । महोत्सव सफल बनाउन सवैको सहयोग आवश्यक भएको भन्दै अध्यक्ष गुरागाईले भने–‘स्थानीय उद्योग, व्यापार,व्यवसायको प्रवद्र्धनमा यस्ता महोत्सव उपयोगी माध्यम भएकाले पनि यो महोत्सव लक्ष्य अनुरुप सफल हुनेमा हामी विश्वस्त छौ ।’

महोत्सवमा औद्योगिक व्यापार,पर्यटन ,प्रवद्र्धन एवं कृषि उपजको प्रर्दशनी हुने छ । महोत्सव सफल बनाउन संघले वरिष्ठ उपाध्यक्ष राजु खड्काको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गर्नुका साथै एकदर्जन बढी विभिन्न तयारी उपसमितिहरु समेत गठन गरिएको जनाईएको छ ।

यसैगरि, संघका पूर्व अध्यक्षहरु सम्मिलित ९ सदस्यीय स्टेयरिङ कमिटी, राजनीतिक दलका प्रतिनिधि ,जनप्रतिनिधिहरु सम्मिलित सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष गुरागाईले जानकारी दिए ।

महोत्सव सफल बनाउन दमक चौंकको आकासे पुल र गणतन्त्र चौकमा प्रचारात्मक तुल, व्यानार राखिएको र मिडियामार्फतपनि प्रचारलाई तिब्र बनाइएको उनले बताए ।

संघले सदस्य तुलसीराम तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार, रुवल अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, टिकाराम खतिवडाको संयोजकत्वमा स्टल व्यवस्थापन, ज्ञाननाथ पौडेलको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम सञ्चालन उपसमिति, उमेश गजमेरको संयोजकत्वमा स्वम्सेवक व्यवस्थापन, विवेक श्रेष्ठको संयोजकत्वमा उद्घाटन तथा समापन कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यसैगरि, शुष्मा निरौलाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, हेमसागर अधिकारीको संयोजकत्वमा निर्माण, विद्युत, खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति, भेनस श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सन्तोष साहको संयोजकत्वमा गेट निर्माण उपसमिति र कमल कटुवालको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिति समेत गठन गरि काम धमाधम भईरहेको उनले बताए ।

महोत्सवमा अनुमानित आम्दानीतर्फ १ करोड ३ लाख ५० हजार र त्यसमा कार्यक्रमका लागि ९८ लाख खर्च हुने अनुमानित गरिएको संघले जनाएको छ । खर्च मध्ये संघले यस महोत्सवबाट ५ लाख ५० हजार बचत गर्ने लक्ष्य राखिएको अध्यक्ष गुरागाईंको भनाई छ । महोत्सवको बचत रकम निर्माणाधिन इलम प्रशिक्षण केन्द्रमा खर्च गरिने उल्लेख छ ।

पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठले महोत्सवको सन्दर्भमा आफनो भनाई राखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापामा सौर्य उर्जा बिद्युत उत्पादन, अध्यक्ष ओलीले उदघाटन गर्ने

शिवसताक्षी । झापाको शिवसताक्षीमा सौर्य उर्जाबाट बिद्युत उत्पादन गर्ने परियोजना उदघाटन यहि माघ २३ गते हुने भएको छ ।

वडा नम्बर ४ बोलोचोक नजिकै निजी क्षेत्रको लगानीमा निर्माण गरिएको १० मेगावट क्षमताको सो सोलार पावर परियोजना यहि माघ २३ गते उदघाटन गर्ने तयारी गरिएको हो । सो परियोजनाको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

झापाको निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य समेत रहेका एलपी साँवाले यहाँको २६ बिगाहा क्षेत्रफलमा सञ्चालित यो परियोजनाले मुलुकलाई बिद्युतमा आत्मनिर्भर बनाउन टेवा पुर्याउने बताए ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शुरु भएको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई सार्थक बनाउने अभियान अन्तर्गत उनकै गृह जिल्ला झापामा यो परियोजना शुरु गरिएको परियोजना सञ्चालन गर्ने झापा इनर्जी लिमिटेडका अध्यक्ष समेत रहेका सांसद साँवा बताउँछन ।

परियोजनास्थलमा उदघाट नका लागि धमाधम पूर्व तयारी भइरहेको छ । यहाँको उत्पादनको गत साता मात्रै फाइनल टेष्टीङ्ग प्रक्रिया सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडि सकिएको छ ।

सो परियोजनाबाट १५ दिनको परिक्षणकालिन उत्पादन पश्चात निरन्तर बिद्युत उत्पादन भइरहेको छ । सौर्य उर्जाको दृश्यावलोकनसँगै सो ठाउँको करिब तीन विगाहा क्षेत्रफलमा आकर्षक फुलको बगैंचा निर्माण गरिनेछ ।

विभिन्न प्रजातिका फुलहरुको व्यवसायिक खेती गरिने पनि झापा इनर्जीले जनाएको छ । यहाँ फुलका विरुवा उत्पादन गरि व्यवसायिकतामा जोडनका लागि नर्सरी समेत सञ्चालनमा आउने भएकाले उर्जा पर्यटनको बिकाससँग पनि जोडन सकिने सांसद साँवाको भनाई छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

धरमपुर साकोस द्वारा बिपन्न बिद्यार्थीलाई स्वीटर बितरण

शिवसताक्षी/ झापाको शिवसताक्षी १मा रहेको धरमपुर साकोसले आज ९० जना सामुदायिक  बिध्यालयका बिपन्न बिद्यार्थीहरुलाइ न्यानो स्वीटर बितरण गरेको छ ।

साबिक धरमपुर गाबिस हाल शिवसताक्षी नपा २र ३ मा रहेको आधारभुत तहको ३वटा सामुदायिक बिध्यलयका बिपन्न बिध्यार्थीहरुलाइ ३०/३० जनालाई न्यानो स्वीटर बितरण गरेको सस्थाका ब्यबस्थापक बिनोद ढकालले जानकारी दिए ।उनका अनुसार सस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै जाडोमा न्यानो स्वीटर बितरण गरिएको हो ।

सामुदायिक बिद्यालयमा बिपन्न परिवारका छोरा छोरीहरु अध्यापन गर्ने भएकोले जाडो मौसममा थोरै भएपनि राहात होस भनेर स्वीटर बितरण गरेको सस्थाका अध्यक्ष कुमर शंकरले बताए । स्वीटर बितरण गरिएका बिध्यलयहरु क्रमश: हिमालय आ बी., पाथिभरा आ.बी.र शान्ती आधारभुत बिध्यलय रहेका छ्न । नगरको दक्षिण पस्चिम भेल्ट्मा रहेका यि ३वटै बिध्यलयमा सस्थाका पदाधिकारी ,कर्मचारी साथै बिध्यलय ब्यबस्थापन समितिका पदाधिकारी र शिक्षक प्रतिनिधिहरुको रोहबरमा स्वीटर बितरण गरिएको बताइएको छ । सस्थाले अघिल्लो बर्ष पनि साबिक धरमपुर गाबिसका ३वटै मा बि बिध्यलयका ९० जना बिपन्न बिध्यर्थीहरुलाइ स्वीटर बितरण गरेको थियो ।

शिवसताक्षी १स्थित धरमपुर बजारमा मुख्य कार्यलय रहेको धरमपुर बचत तथा ऋण सहकारी सस्थाको शिवसताक्षी २ स्थित मङ्ग्लबारेमा सेवा केन्द्र रहेको छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्