उर्जा प्लान्टको माध्यमबाट फोहोरकाे दिगो व्यवस्थापन गर्नु पर्छ : देवराज घिमिरे

0
127

विर्तामोड । देशकै समस्यकाे रूपमा रहेकाे फोहोर दिगो व्यवस्थापनका लागि डम्पिङ साइट बैज्ञानिक खालको बनाउनु पर्नेमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरेले जोड दिएका छन् ।

नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा बिर्तामोड नगर सरसफाई अभियानलाई सम्वोधन गर्ने क्रममा उनले निर्वाचनको नजिकियो भनेर फाेहाेरमै बस्न नसकिने बताउँदै कन्काई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनका लागि नविकरर्णीय उर्जा प्लान्टको माध्यमबाट दिगो समाधानको बाटो खोजेको बताए ।

बिर्तामोडको पूर्वी क्षेत्र बुट्टाबारी छेउदेखि नै महेन्द्र राजमार्गका दुवै भागमा देखिने फोहोरको डंगुरले त्यस क्षेत्रमा हिडिनसक्नु भएपछि नगरपालिकाको सहजीकरणमा यो अभियानमा युवा जुटेको बिर्तामोड नगरपालिका वडा नम्वर ४ एमालेका नगर कमिटीका अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहित नगरपालिकाका जनप्रतिनिधिहरुले सरसफाई अभियानमा सहभागिता जनाएका थिए । त्यस क्षेत्रबाट ८ ट्रयाक्टर फोहोर उठाइएको बिर्तामोड नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा जनप्रतिनिधिलाई बदनाम गराउन फोहोर फालेर त्यही स्थानमा फोटो खिचेर सोसल मिडियामा पोष्ट गरेको पाइएको बताउँदै, उप प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अर्जुनधारा नगरपालिकासंग समन्वय गरि बिर्तामोड नगरपालिकाले लाइट र नाइटभिजन सिसि क्यामरा जडान गर्ने योजना बनाएको जानकारी दिए ।

नगर सरसफाई गर्ने दायित्व नगरपालिकाको टाउकोमा हालिदिएर नागरिक समाज भाग्न नमिल्ने भएकाले नेकपा एमालेले बेला बेला यस किसिमको अभियानमा जोडिँदै आएको नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here