दमकमा समाजवादीका जिल्ला सहसचिव सहित ७५ जना राप्रपामा प्रवेश

0
634

दमक / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम बढिरहेको छ । आज दमकमा सम्पन्न राप्रपाको अगुवा कार्यकर्ता भेलामा ७५ जना युवाहरुले राप्रपामा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै राप्रपाका झापा जिल्ला अध्यक्ष केशव ओझाले भने, ‘देशव्यापी रूपमा राप्रपाले उठान गर्दै आएको राजसंस्था र सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रको मुद्दामा युवाहरुको आकर्षण बढ्दो छ । यही अवस्था दमकमा पनि देखिएको छ । दमक राप्रपाको राजधानी बनोस् भने शुभकामना दिँदै आगामी मंसिर मा हुने निर्वाचनमा राप्रपालाई पहिलो दल बनाउन सबै लागि पार्नु पर्ने बताए ।

राप्रपाको अगुवा कार्यकर्ता भेलाको क्रममा समाजवादीका जिल्ला सहसचिव राजु खड्का, जिल्ला सदस्य दीपक खड्का, जिल्ला सदस्य विपुल गुरागाईं, जिल्ला सदस्य संजय मण्डल, सतीश साह, नेकपा एसका कमल कटवाल, नेपाली कांग्रेसका गंगा सिटौला सहित ७५ जना राप्रपामा प्रवेश गरेका राप्रपा दमक ६ का सचिव मेघनाथ फुयाँलले जानकारी दिए ।

सो अवसरमा पार्टी प्रवेश गर्नेहरुमा कुनै राजनीतिक दलसँग आवद्ध नभई स्वतन्त्र अस्तित्वमा रहेका युवाहरु समेत थिए ।

समूहगत रूपमा राप्रपामा प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि राप्रपा प्रदेश १ अध्यक्ष तथा दमक नगरपालीकाका मेयर राम थापाले स्वागत गर्दै देशमा अहिले एक किसीमको अन्योल छ । यो अन्योल र अस्थिरतालाई चिर्न राजा सहितको प्रजातन्त्र अपरिहार्य देखिएको छ । बहुसंख्यक जनताको माग यही छ ।’ नयाँ नेपाल, संघीयता र पहिचानको नाममा अनावश्यक खर्च बढाएर जनता झुक्याउने दिन अन्त्य भएको बताए ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य अमर विष्ट, प्रजातान्त्रिक युवा संगठन केन्द्रीय सदस्य हरी तिवारी, विक्रम सुब्बा,युवा संगठन को प्रदेश अध्यक्ष राजकुमार योङ्हा, केन्दीय प्रशिक्षण विभाग प्रदर्शन १ संयोजक नेत्र चम्लागांई, जिल्ला उपाध्यक्ष विजय बराल, क्षेत्रीय अध्यक्ष भीम पौडेल, नगर अध्यक्ष हेम सुवेदी सहित पार्टीका कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here