चुनाव पछि एमालेले पुन विकासकाे वाढी ल्याउछ : हिक्मत कुमार कार्की

0
122

दमक/ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार हिक्मत कुमार कार्कीले एमाले नेतृत्वमा सरकार बनाएर विकास निर्माणकाे वाढी ल्याउने बताउएका छन् ।

धेरै विकासका योजना तथा आयोजनाहरु यस क्षेत्रमा रहेको बताउदै पुरा नभएका योजना एवं आयोजनाहरुलाई पुरा गर्ने र स्थानीय आवश्यकताका आधारमा नयाँ योजनाहरु ल्याउने पनि उनले प्रतिबद्धताहरु जनाएकाछन् । अपुरा सबै योजनाहरु पुरा गर्ने र नयाँ योजनाहरु ल्याउनेछौ, उनले भने ।

“सम्बृद्ध नेपाल सुखी नेपालीको” नारालाई सफल पार्न एमालेको सरकारले मात्र सक्ने भएकोले आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका सुर्य ध्वजाबाहक उमेद्वारलाई सुर्य चिन्नमा मतदानगरी बिजयी गराउनु पर्ने उनले बताए ।

कार्कीले आदिबासी रंगशाला नेकपा एमाले नै सरकारमा गएपछि बन्ने जनाउदै यसमा धेरै भ्रम छर्ने काम गर्नु नहुने बताए । हामी आदिबासी रंगशाला बनाउछौ र यो बिषयमा अब भ्रम छर्न आवश्यक छैन, उनले भने । गौरादहको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने कार्य पनि एमाले सरकारमा गएपछि नै सम्भव हुने उनको भनाई थियो । योजना बनेर काम शुरु हुनसाथ हाम्रो सरकार ढल्यो र योजनाहरुमा बजेट पनि आएन, उनले भने ।

एमालेले बाहेक अरु दलले जस्तो सुकै सरकार बनाएपनि बिकास निर्माण गर्न नसक्ने भन्दै ४ दशक पुरानो हुलाकी मार्गको योजना, गौरीगञ्ज स्मार्ट सिटीको योजना, लखनपुरको आदिवासी रंगशाला निर्माणको योजना लगायत धेरै योजनाहरु एमाले सरकार भए मात्रै पुरा हुने नभए अधुरै रहने चेतावनी पनि दिए ।

स्थानीय बाहेक विराटनगर विमानस्थल, निजगढ अन्तराष्ट्रिय विमानस्थल लगायत राष्ट्रिय गौरवका योजनाहरुको समेत फेहरिस्त प्रस्तुत गर्दै एमालेले गरेका कामको प्रचार पत्रकारहरुले नगरेको भनि ब्यंग्यात्मक टिप्पणी समेत गरे । एमालेले गरेका कामहरुनै आगामी मसिंर ४ मा हुने चुनाव जित्ने आधार हुन, हामी प्रत्यक्ष तर्फनै कम्तीमा एक सय सिट जित्छौं – कार्कीले भने । उनले केही हद सम्म झापाको दमक र आसपासका पालिकाहरुमा सन्तुलित बिकास हुन नसकेको स्विकार्दै त्यसैलाई आधार बनाएर यहाँ बिकास भएन भन्ने तर्क गर्नु नहुने पनि बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here