केपी शर्मा ओली तीन दिन गृह जिल्ला झापामा

0
88

दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबारदेखि पर्सी बिहिबार सम्म  गृह जिल्ला झापामा व्यस्त हुने भएका छन । कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि अध्यक्ष ओली आज पौने २ बजे काठमाडौंबाट भद्रपुर विमानस्थल ओर्लिनेछन ।
एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार साढे ४ बजे दमकमा पत्रकार भेटघाटमा सहभागी भएर उनले नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
भोली बुधबार विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा र २ बजे दमकमा कार्यकर्ता भेटघाट गर्ने ओलीको कार्यक्रम छ । बिहिबार ३ गते दमक ३ को आमचोक र कमल गाउँपालिका ३ केर्खामा मतदातासँग भेटघाटको कार्यक्रम सार्वजनिक भएको छ । अध्यक्ष ओली ३ गते दिउसो २.५० बजे भद्रपुरबाटै काठमाडौं फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

ओली झापाको पश्चिम दक्षिण भुगोल समेटिएको निर्वाचन क्षेत्र नं ५ बाट यहि मसिंर ४ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन । उनी यो भुगोलबाट सातौं पटक निर्वाचन लडदैछन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here