Sunday, September 8, 2024
Home Blog Page 331

पूर्वका पर्यटकीय स्थलमा केवुलकार चलाउन पाँच कम्पनीले मागे अनुमति

प्रदेश आवाज
दमक/ पूर्वका धामिक तथा पर्यटकीय स्थलहरुमा केवुलकार सञ्चालन गर्न लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।
पाथिभरा मन्दिरमा मात्रै पाँच वटा कम्पनीले रुचि देखाएका छन् । इलाम पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शन, पाथिभरा देवी दर्शन र त्रिवेणी केबलकारले सरकारसँग अनुमति मागेका छन् । यस्तै दिव्य दर्शनले पनि तीन ठाउँमा अनुमति मागेको छ । यसले तप्लेजुङको पौवाखोला गाविसफेदीदेखि पाथिभरादेवीको मन्दिरसम्म, प्युठानको माथिल्लो भिग्रीदेखि स्वार्गद्वारीसम्म, मुस्ताङको रानीपौवादेखि मुक्तिनाथ मन्दिरसम्म अनुमति माग गरेको छ ।
सरकारले केबलकार सञ्चालन अनुमति र नियमनको अधिकार स्थानीय तहलाई दिने भएपछि । केबलकारको नयाँ दर्ता तथा शुल्क निर्धारण गर्न कार्यविधि ल्याउने भन्दै सरकारले २०७२ फागुनदेखि रोकेको अनुमति स्थानीय तहबाटै दिने व्यवस्था मिलाएपछि लगानीकर्ता जुर्मुराएक हुन् ।
मन्त्रालयमा अनुमति माग्ने अन्य केबलकारमा मौलाकालिका डेभलपमेन्ट, त्रिवेणी केबलकार, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुक्तिनाथ दर्शन, घ्याम्पेफेदी गोसाइँकुण्ड केबलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबलकारसहितका कम्पनी छन् । मन्त्रालयमा भने केबलकार सञ्चालनको माग गर्ने, सम्भाव्यता अध्ययन गर्नेसहित नयाँ कम्पनीको प्रस्ताव दुई दर्जनजति पुगिसकेको छ ।
केबलबार सञ्चालनको सम्भाव्यता अध्ययन गर्न, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न र सञ्चालन अनुमति लिन समेत गरेर तीन चरणमा शुल्क बुझाउनुपर्ने गरी कार्यविधि तयार छ । कार्यविधि स्वीकृत नहुँदा दुई वर्षदेखि डेड दर्जन केबलकारको अनुमति रोकिएको छ ।
भौतिक मन्त्रालयले तयार पारेको कार्यविधिमा कुनै पनि नयाँ केबलकार दर्ता भएर सुरु हुनुपूर्व, सुरु गर्दा शुल्क लिने र वार्षिक रोयल्टीको प्रस्ताव गरिएको छ । नेपालमा करिब दुई दशकदेखि सञ्चालन भएका, भर्खरै सेवा सञ्चालनको तयारी गरेका र नयाँ अनुमति लिने सबै केबलकारका लागि दर्ता, नवीकरण, वार्षिक रोयल्टीसहितको शुुल्क लिएरमात्रै सेवा सञ्चालन गर्न दिने प्रस्तावसहितका कार्यविधि भौतिक मन्त्रालयले तयार पारेको छ ।
भौतिक मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले दुई साता अगाडि नै उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले केबलकारको अनुमति स्थानीय तहबाट दिने निर्णय गरेको जानकारी दिए ।
दुई वर्ष अगाडिसम्म पर्यटन मन्त्रालयले दिने गरेको यस्तो अनुमति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेपछि एउटाले पनि पाएको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४’ अनुसार केबलकार सञ्चालन अनुमति दिइनेछ । स्थानीय अधिकार प्रयोग गरेर केबलकारलाई अनुमति दिलाउने र शुल्क उठाउने तथा हाल सञ्चालनमा रहेका केबलकारलाई पनि रोयल्टी तथा शुल्क स्थानीय तहबाटै गराउन स्थानीय विकास मन्त्रालयले प्रक्रिया अगाडि बढाउन थालेको छ । सीडीई शर्माले भने, ‘केबलकार सञ्चालन गर्ने अधिकार स्पष्ट रूपमा स्थानीय निकायलाई ऐनले दिएको छैन यसर्थ जुन निकायले केबलबारको अनुमति दिए पनि पर्यटकीय तथा केबलकार शुल्क उठाउने अधिकार स्थानीय निकायलाई दिइएकाले सरकारले कार्यविधि ल्याउनुपर्ने हुन्छ ।’ भौतिक मन्त्रालयले यस्तो कार्यविधि तयार पारेर राखेको भए पनि हालसम्म स्वीकृति भएको छैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

धनकुटास्थित एनसेल टावरमा आगजनी

धनकुटा,१ फागुन / अज्ञात समूहले धनकुटा नगरपालिका–१० उत्तरपानीस्थित धर्मशाला नजिकैको एनसेल टावरमा आगजनी गरेको छ । सोमबार राति १२ बजेतिर एनसेल टावरको ब्याट्रीमा आगजनी गरेको पाईएको प्रहरी चौकी हिलेका प्रहरी सहायक निरीक्षक यदु खड्काले जानकारी दिए ।
आगजनीले टावरमा रहेको एकपट्टीको चारवटा ब्याट्री पूर्णरूपमा जलेको छ भने अर्काेतिर रहेको चारवटा ब्याट्रीमा सामान्य क्षति भएको छ । क्षतिका कारण टावर नियमीत रुपले सञ्चालनमा आउन सकेको छैन् ।
एनसेलको टावरमा आगजनी भएपछि अहिले सो भेगका करिब सयौं प्रयोगकर्ता मारमा परेका छन् । राति करिब १२ बजेतिर विस्फोटको आवाज आएको स्थानीयहरुले बताएका छन् । आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सुरक्षाको हिसाबले सो ठाउँको करिब चार किलोमिटरको दूरीमा हिले प्रहरी चौकी रहेको छ । यसैबीच एनसेल कम्पनीले टावरमा क्षति पुग्ने कुनै किसिमको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बेग्लाबेग्लै दुर्घटनामा दुईको मृत्यु

इटहरी, १ फागुन / ओखलढुङा र सुनसरीमा बेग्ला बेग्ला घटनामा परी सोमबार दुई जनाको ज्यान गएको छ ।
ओखलढुङाको मानेञ्ज्याङ गाउँपालिका ७ स्थित जंगलमा रुख काट्नेक्रममा हागाँले लागेर स्थानीय २२ वर्षीया बिमला विश्वकर्माको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजेतिर जंगलमा दाउरा काट्दा रुखको हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएकी विश्वकर्मालाई उपचारका लागि सदरमुकामस्थित मिशन अस्पताल ल्याइएकोमा अपरान्ह ३ बजे महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङाले जनाएको छ ।
यता सुनसरीको बराह नगरपालिका १ बान्द्रेमा माथीबाट खसेको ढुङाले टाउकोमा लाग्दा स्थानीय ४५ वर्षीय ईन्द्र बहादुर राईको मृत्यु भएको छ । सोमबार साँझ जंगलमा दाउरा काट्दै गर्दा माथीबाट झरेको ढुङाले राईलाई टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बाघको छालासहित २ जना पक्राउ

सुनसरी/  ईटहरी उप–महानगरपालिका २ स्थित एक घरबाट सोमबार दिउँसो बाघको छालासहित २ जनालाई पक्राग गरेको छ ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको टोलीले ईटहरी उप–महानगरपालिका २ बस्ने गणेश वहादुर गुरुङको घरको कोठाबाट बाघको छाला र नगद साढे ३ लाख सहित ईटहरी २ बस्ने ३५ बर्षिय श्याम बहादुर गुरुङ र ईटहरी ६ बस्ने ३३ बर्षिय बिनोद देवानलाई पक्राउ गरेको हो ।

दिउँसो करिब सवा १ः२० बजेको समयमा उक्त घरमा खानतलासी गर्ने क्रममा चोरी पैठारी गरी खरिद विक्रि–वितरणको लागी लुकाई राखेको अवस्थामा छाला र नगद फेला पारी बरामद गरेको कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान भईरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

“ॐ नमः शिवाय” मन्त्रमात्र उच्चारण गरे पनि शिव प्रशन्न

संस्कृत भाषाका विशेषज्ञहरूले आकाशलाई लिङ्ग र पृथ्वीलाई आकाशरूपी लिङ्ग रहने जलहरि र सबै भगवान्का आश्रय हुने स्थललाई बुझाइएको पाइन्छ । लिङ्गलाई “लिङ्ग भनेको चिह्न वा प्रमाण हो” भनेका साङ्ख्य दर्शनले प्रकृति वा स्वभावलाई लिङ्ग सम्बोधन गरेका, शिवमूर्ति विशेष वा मोहिनीरूप भगवान्लाई लिङ्गको उपमाले चिनिने पनि गरेको पाइन्छ । शिवपूजाको अनेक विधि र चरण छन् । विभिन्न कार्य व्यवस्थामा लगनशील मानिसहरूले सो सबै विधि, चरण पालन गर्न नसक्ने हँदा “ॐ नमः शिवाय” मन्त्रमात्र उच्चारण गरे पनि शिव प्रशन्न हुने बताइएको छ ।

विनायकप्रसाद धिताल /पाशुपत दर्शनअनुसार पशुपति शब्द पशु÷पति÷पाशा बाट उत्पत्ति भएको पाइन्छ । जसअनुसार पतिले परब्रह्म परमेश्वरलाई बुझाइएको र त्यही पति जीवमा परिणत भई पशु रूपमा बाँधिएको र त्यस्तै जीवलाई पतिले सुरक्षा गर्ने भन्ने अर्थबाट पशुपति शब्द भएको भनाइ छ । जीवले जीवभावमा रहँदा मायारूपी पाशमा फसेर पशु रूपमा चिनिएको बताइन्छ । ऋग्वेदको मन्त्र “सर्वानअविशेषेण पश्यतीतिपशु” अर्थात् जसले चराचर जगत्लाई राम्रोसँग रेखदेख गर्छ, चिन्छ न्याय अन्याय छुट्याउँछ, त्यसैलाई पशुपति रूपमा चिनाइएको छ । शास्त्रमा चराचर जगत्का सबै प्राणीलाई “पशु” सम्बोधन भएको र ती सबैका संरक्षक परमात्मालाई पशुपति भनिएको पाइन्छ । पशुपतिको मुखलाई सद्योजात, बामदेव, अघोर, तत्पुरुष, इशान तŒव जोडेर पञ्चबक्त्र अथवा पाँच मुख भनिएको छ, उक्त मुखहरूमा सद्योजातलाई पृथ्वी, बामदेवलाई जलतŒव, अघोरलाई अग्नीतŒव, तत्पुरुषलाई वायुतŒव इशानलाई आकाशतŒव र प्रत्येक मुखलाई ब्रह्माण्डका चारै दिशा र आकाशको भागसम्मलाई बताइएको पाइन्छ । नेपालको बागमती नदी किनारामा स्थित पशुपतिनाथको मूर्तिलाई ल्मेछ भक्त तथा किराँतहरूले पूजा गर्ने गरिएको, लिच्छविकालमा पाशुपतहरूले तान्त्रिक विधि र ब्राह्मणहरूले बैदिक विधिबाट पूजा गरिएको, मल्लकालको अन्त्यमा सन्यासीहरू पशुपतिनाथका पुजारी भएका, जगज्जय मल्लको समयदेखि दक्षिणका भट्ट ब्राह्मणहरू पुजारी भएका, पशुपतिनाथको उध्र्वमुखमा लेखिएको श्री यन्त्रमा बौद्ध र चार्बाक दर्शनका व्यक्तिहरूले पूजा र विशेष पर्वमा कुसुलेहरूले बाजा बजाउने गरेका, देशोद्वार पूजामा राजोपाध्याय, वैद्य, राजभण्डारी, शाक्य, डङ्गोल, मानन्धर, धोबीसमेतको सहभागित रहेको कथन पाइन्छन् । पशुपतिनाथका विधि, व्यवहार कर्म संस्कार आदिमा जातीय समानता देखिँदा हिन्दु भनिने मात्रका नभएर गैरहिन्दु जातजातिका साझा देवतामा परिचित छन् । त्यसैले पशुपतिनाथ मन्दिर सबैका लागि अत्यन्त पवित्र स्थल हो । यो मन्दिर प्राकृतिक कारणले भत्किएको, वङ्गालका सुल्तान समसुद्धिनले राजनीतिक कारणले भत्काइदिएका, मुसलमानको आक्रमण खेप्नुपरेको आदि वर्णन यस सम्बन्धमा पाइन्छन् । विभिन्न समयमा विभिन्न समस्या भोग्नुपरेको यस मन्दिरलाई अलपत्र हुन नदिई विभिन्न कालखण्डका शाषकहरू जयसिंह, देवराम वद्र्धन, भुपालेन्द्र मल्ल, राजा जगज्जय मल्ल, राजासदाशिव मल्ल, राजा प्रताप मल्ल, श्री ३ चन्द्रशमशेर, प्रधानमन्त्री भीमसेन थापा, गीर्वाण युद्ध विक्रम शाह आदिले यस मन्दिरको नवनिर्माण र गुठीको व्यवस्था मिलाएको देखिन्छ । भारतका स्वामी शङ्कराचार्यले पशुपतिनाथ मन्दिरभित्रको विशेषमूर्तिको सुरक्षाको निमित्त भक्तहरूले मूर्तिको दर्शन ढोग बाहिर ढोकाबाट नै गर्ने व्यवस्था गरेको पाइन्छ ।
भगवान् शिवको महिमा अपरम्पार छ । समुद्रमन्थन हँुदा निस्किएको कालकुट विषले अन्यप्राणी जगत्लाई असर पर्न विष पिएर विभिन्न रूपमा सबै प्राणीलाई कल्याणकारी भावना, दया, क्षमा, वरदान तथा प्रकाश शक्तिसमेत दिएका, शिवलाई विजरूप, आदित्य रूपमा अथ्र्याइएका प्रसङ्ग विभिन्न पुराण, पशुपति माहात्म्य मनुस्मृति आदिमा शिवको थोरै–थोरै महिमा विशेष र शिवपुराणमा शिवको सबै वृत्तान्त प्रकाश भएको उल्लेख पाइन्छ । शिवदर्शनको अर्थ दिव्य ज्योतिस्वरूपको दर्शन हो, जसको माध्यमबाट मानिसभित्र रहेको अहं भाव, अन्धकाररूपी प्रवृत्ति कुविचार कुसंस्कार आदि नाश हुन जान्छ । त्यसका लागि पूर्ण समर्पण, शुद्ध र एकाग्रचित्त चाहिन्छ । शिवको भेष लोककल्याणकारी भेष हो । सुन्दर आभुषण र पहिरनले मानिसमा अहंभाव, तृष्णा, लोभ आदि सिर्जना गर्छ । त्यस्तो व्यक्ति पूर्ण रूपमा कल्याणकारी बन्न सक्दैन । त्यसैले शिवको भेषलाई लाक्षणिक अर्थमा बुझ्न आवश्यक छ । भगवान् शिवको बुझाई कुनै एक जातिको लागिमात्र नभई समस्त मानवजातिका लागि दिशानिर्देशन हो । शिवलाई सामान्य कथावस्तुको आधारमा विष, भाङ, धतुरो सेवन गर्ने, मागेर हिँड्ने, शमसान घाटमा रमाउने आदिमा चिनिनु उनको विशेषताको गहिराइको पहुँचमा पुग्न नसक्नु हो । आदर्श वाक्य वसुधैव “कुटुम्बकम्” को आध्यात्मिक भावनाबाट अभिप्रेरित भई सादा जीवन उच्चविचार अँगाल्न सक्नु नै शिवलाई चिन्न सक्नुमा जनिन्छ । अन्य ज्ञान र आध्यात्मिक चिन्तनले दृष्टि दिँदा चित्रकारले चित्रित शिवको निधारको बीच भागमा वास्तविक चन्द्रमालेझैँ शितलता प्रदान गर्छ, जुन भावनालाई “चन्द्रमा मनसोजात” भन्ने अर्थाले बुझाइएको पाइन्छ । चित्रकार साहित्यकारको अतिरिक्त विश्वकर्मा अर्थात् कामी जातिले निर्माण गरिएको खुकुरीमा समेत खुकुरीको बिँडसँगै चन्द्रमाको आकार कुँदिएको छ । खुकुरीको बोधोभाग पही लामो दोहोरो रेखा कुँदिएकोलाई शिवपार्वतीले स्नान गर्ने कुण्ड पोखरीको रूपमा साधारण जनजीवनको विश्वास छ । अनि कलाकार चित्रकलाले शिवको निधारको बीच भागमा तीन आँखाको चित्र बनाएकोमा प्रसङ्गबस धनपैसा देखेपछि महादेवका तीन आँखा बल्छन् भनिन्छ । वास्तविक तथ्यमा “धन पैसा देखेपछि” भन्ने उपयुक्त नजिर हुन सक्दैन । विशेष बुझाईमा शिवले लाजगाजविहीन अवस्था पार गरेपछि बाघको छाला ओड्ने बाघाम्बर अवस्थाको पिँढीलाई शिकारी बोधक पिँढी र त्यस पिँढीबाट नै समाजमा बिस्तारै विकासक्रम मौलाएको नजीरका अवस्था चिनाउन बुझाउन भाषाशास्त्रीहरूले शिवको तीन आँखा उल्लेख गरेका हुन् भन्नु सायद अत्युक्ति नहोला ।
पूजा विशेषमा शिवमूर्तिको विशेष साङ्गोपाङ्गा पूजा र ज्योतिर्लिङ्ग स्वरूप शिवलिङ्गको पूजा गरिन्छ, शिवलिङ्ग सामान्य अर्थमा बुझिने पुरुषचिह्न होइन । संस्कृत भाषाका विशेषज्ञहरूले आकाशलाई लिङ्ग र पृथ्वीलाई आकाशरूपी लिङ्ग रहने जलहरि र सबै भगवान्का आश्रय हुने स्थललाई बुझाइएको पाइन्छ । लिङ्गलाई “लिङ्ग भनेको चिह्न वा प्रमाण हो” भनेका साङ्ख्य दर्शनले प्रकृति वा स्वभावलाई लिङ्ग सम्बोधन गरेका, शिवमूर्ति विशेष वा मोहिनीरूप भगवान्लाई लिङ्गको उपमाले चिनिने पनि गरेको पाइन्छ । शिवपूजाको अनेक विधि र चरण छन् । विभिन्न कार्य व्यवस्थामा लगनशील मानिसहरूले सो सबै विधि, चरण पालन गर्न नसक्ने हँदा “ॐ नमः शिवाय” मन्त्रमात्र उच्चारण गरे पनि शिव प्रशन्न हुने बताइएको छ । शिवलाई संहारका देवता भनिए पनि भक्तको आराधना प्रार्थनाबाट चाँडै नै सन्तोषी हुने हँुदा आशुतोष पनि भनिन्छ । लिङ्ग पुराणमा आफ्नो जीविका शिकार गरेर मात्र निर्वाह गर्ने व्यक्तिले अन्जानमा नै शिवलाई बेलपत्र चढाएको हँुदा शिकारी अथवा हिंसारूपी भावनाबाट मुक्त भएको कथा उल्लेख पाइन्छ ।
शिवको सद्गुण, मानवजातिका लागि दिशानिर्देशन, आदर्श एवं कल्याणकारी भावनाको प्रतीक शिव र त्यस्तो कल्याणकारी सन्देशलाई मनन गर्ने, मानवीय चेतना र आचरणमा शुद्धता ल्याउने उत्सव महाशिवरात्रि हो । अर्को अर्थमा ज्योतिर्लिङ्ग उत्पन्न भएको फागुन कृष्ण चतुर्दशीको रातलाई र सनातन धार्मीक परम्पराका तीन रात्रि कालरात्रि, महारात्रिमा शिवको आराधानाको पर्व विशेषमा शास्त्रहरूमा उल्लेख पाइन्छ । यो रातमा घरघरमा, बाटो चोकमा विशेष पशुपतिनाथलगायतका अन्य शिव मन्दिरमा शिवको उपासना आराधना गरेमा शिवको रहस्य, ज्ञानपाप्त भई मानव आत्माले मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ ।
महाशिवरात्रिमा जगाउने धुनी केवल आगो ताप्न मात्र नभई जीवनलाई बुझ्ने कलाका रूपमा जगाइएको भन्ने मान्यता पाइन्छ । नाङ्गाबाबा, जोगी, साधुको भेष र धुनीलाई आर्कषणको केन्द्र र रमितामा मात्र हेर्नु बुझ्नु यो पर्वको महिमा होइन । शिवलाई दिगम्बर अर्थात् कपडा नलगाउने भनिएको मा ज्ञाता शास्त्रकारहरूले दिग वस्त्रको रूपमा चिनाएका न । अति सामान्य व्यक्ति र शमशानमा रूपमा र गलामा सर्प, तिखो सिङ भएको साँढेको आडमा उभिनु कामक्रोध विषसँग खेल्न जुध्न सक्ने खुबीमा चित्रण गरिएको हो ।
मानव कल्याणका खाातिर भगवान् शिवको महिमाका बारेमा एउटा रोचक प्रसङ्ग पनि पाइन्छ । पृथ्वीका मानिस धेरै दुराचारी भएका कारण यमलोकमा भीडभाड बढ्न थालेपछि यमदूतले धर्तीबाट नै प्राणीलाई गतिमुक्त दिने विचार गरी भष्मलेपन गरी बागमतीमा स्नान गरी ऊःनमःशिवाय मन्त्र जप्ने । शिव स्वरूप ज्योतिर्लिङ्गलाई प्रार्थना गर्दै यमलोकमा पापीहरूलाई बस्ने ठाँउ नभएकाले धर्तीबाट नै उद्धार गरिदिनुप¥यो भने । शिवजीले तथास्तु भन्दै अबदेखि शवदाहको सबै भष्मकणहरू आफ्नो शिव लिङ्गमा समाहित हुने र त्यस क्षेत्रका पाणीहरूले जतिसुकै पाप गरे पनि मुक्त हुने कुरा बताउनुभयो । त्यसै कारणले गर्दा मानिसहरूको अन्तिम संस्कार अर्थात् शवदाह पशुपति आर्यघाटमा गर्ने चलन चलेको हो । नेपालस्थित पशुपतिनाथको विशेष महिमा विषयमा नेपाल भारतका तीर्थ यात्रीहरूले भारतका कुनै पनि तीर्थ यात्रा र दर्शनपछि आ–आफ्नौ घरमा प्रवेश गर्नुअधि सो सबै तीर्थ दर्शनको फल लिन पशुपतिनाथमा दर्शन गर्नैपर्ने शास्त्रीय मत छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

ढुकुरपानीमा दन्तशिविर

दमक/ दमकस्थित ढुकुरपानी माविका विद्यार्थीको हितार्थ एकदिने दन्तशिविर सम्पन्न भएको छ । सोमवार ग्रीन भिलेज लायन्स क्लव अफ उलावारीको आयोजनामा विद्यार्थीको दाँत चेक गरिएको क्लवकी अध्यक्ष गंगा ढकालले जानकारी दिइन् ।

शिविरमा १५० जनाले जाँच गराएको र अधिकांश विरामी कलको पानीका कारण दाँत खिइने र कालो छिप्रा बस्ने खरावी देखिएको डाक्टरले बताएका छन् ।

कार्यक्रममा एरिया कोअडिनेटर विजय कार्की, बेलसिटी क्लवका उपाध्यक्ष प्रकाश प्रसाई, रिजन चियर पर्सन अजय अग्रवाल लगायतको उपश्थिति रहेको थियो । शिविरमा अग्रवालले ५० पीस टुथपेष्ट सौजन्य गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

‘जनयुद्धका योजना पूरा गर्न बाँकी’

दमक/ नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व गृह तथा उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले जनयुद्ध कालमा अधुरा रहेका काम अब बामशक्तिहरुको एकताबाट पूरा गरिने बताएका छन् ।

जनयुद्ध दिवशको पूर्व सन्ध्यामा दमकमा आयोजित दिपावली पछिको कोण सभालाई सम्वोधन गर्दै नेता शर्माले युद्धकालमा बनाइएका योजना शान्तिकालमा पूरा गर्न र विकास, समृद्धीकोलागि नै परिर्वतनका पक्षधरहरु एक हुनुपर्ने विचार ब्यक्त गरे ।

उनले विगतका दिनमा पनि परिर्वतनकैलागि बन्दुक उठाइएको स्मरण गर्दै जनयुद्धले मुलुकमा ठूलो परिर्वतन ल्याएको बताए । कार्यक्रम दमक नगर समितिको आयोजनामा सम्पन्न भएको वाइसीएल नेपालका केन्द्रीय सचिवालय सदस्य कर्म पुलामीले जानकारी दिए । ०५२ साल फागुन एक गतेवाट जनयुद्ध शुरु भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

लायन्सको स्वास्थ्य शिबिरमा १२ सय विरामीको जाँच, मुटु र नाक, घाँटीका विरामी बढी

प्रदेश आवाज
दमक/ झापाको दक्षिण गाउँलाई लक्षित गर्दै एकदिने शिविर सञ्चालन गरिएको छ । शिवसतासी नगरपालिका वडा नंंं. ७ ब्याङ्डाँडामा लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकको आयोजना र कल्याणकारी ब्यापारी समुहको संयोजनामा एक दिने बृहत निशुल्क बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
आइतवार भएको स्वास्थ्य शिविरको उद्घाटन शिवसतासी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले गरेका थिए । क्लवका अध्यक्ष रुद्रकुमार गौतमका अनुसार बिशेषज्ञ डाक्टरहरु सहितको निशुल्क स्वास्थ्य जाँच र औषधि बितरण सहित स्वास्थ्य शिबिरको आयोजना गरिएको हो ।
गौतमका अनुसार नोवेल अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा शिबिर स्थलमा नै निशुल्क रुपमा ल्याव परीक्षण, भिडियो एक्स् रे, मुटुको इसिजी सेवा समेत उपलब्ध गराइएको थियो ।
शिविरमा भिडियो एक्स् रे ९३ जना, मुटुको इसिजि ७० जना, रगत परीक्षण ६० जनाले गराएका छन् । यसैगरी महिला स्त्री रोग जाँच गराउने ११८ जना, मेडिकल २ सय ८५ जना,नाक,कान, घाँटीका ३२१ जनाले जाँच गराएको क्लवका अध्यक्ष गौतमले  प्रदेश आवाजलाई जानकारी दिए ।
स्वास्थ्य शिबिरमा आएर लाइनमा बसेर ९९ बर्षीया बलबहादुर सम्बाम्फे, ९९ बर्षीया मायादेबी भण्डारी, ८१ बर्षीय कुलबहादुर खड्का लगायतले समेत जाँच तथा उपचार गराएको लायन्स क्लव अफ माउण्ट एभरेष्टका तृतीय उपाध्यक्ष मनोज अग्रवालले बताएका छन् ।
शिविरमा जेनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया परीक्षण, हाड जोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाँक, कान, घाँटी, आँखा परीक्षण, दन्त रोगका बिशेषज्ञहरुले बिरामीको जाँच गरेका थिए ।
लायन्सकर्मी समेत रहेका स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराइका अनुसार स्वास्थ्य शिबिरमा १२ सयभन्दा बढि बिरामीले जाँच गराएका छन् । बिशेषज्ञ डाक्टरले लेखेका औषधिहरु समेत निशुल्क उपलब्ध गराइएको थियो भने शिविरमा लायन्स क्लव अफ श्री अन्तुका दितीय उपाध्यक्ष विष्णु पौडेल, लायन्स क्लव अफ एभरेष्टका चण्डीप्रसाद न्यौपाने, नेपाल औषधि ब्यवसायी संघ मेची कार्यसमिति सदस्य तीलमाया भट्टराई, लगायतले औषधि वितरण तथा ब्यवस्थाप गरेको आयोजकले प्रदेश आवाजलाई बताएको छ ।
स्थानीय सामाजिक अगुवा लोकबहादुर अधिकारीको बिशिष्ठ आतिथ्यमा भएको शिबिर उद्घाटनमा लायन्सका रिजन चियर पर्सन अजय अग्रवाल, जोन चियर पर्सन रामचन्द्र बराल, रबिन गजमेर, बिष्णु पौड्याल, लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकका ब्यवसायी भन्छन्ः ‘असमान कर लिन पाइदैन’

दमक/ दमकका ब्यवसायीहरुले राजश्व कर ब्यवसाय र लगानी अनुसारको नभएको गुनासो गरेका छन् । झापाको दमकमा आइतबार राजस्व परिचालन अभिवृद्धी तथा करदाता शिक्षा सम्बन्धि एक दिने बृहत अन्तकृया कार्यक्रममा असमान कर प्रणाली तत्काल रोकेर नयाँ र ब्यवस्थित योजना ल्याउन राजश्व प्रमुख र उद्योग वाणिज्य संघलाई दबाव दिएका छन् ।
दमक उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले भोग्नु परेका प्राविधिक बिषयमा छलफल भएको थियो ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरका कार्यालय प्रमुख बोलराज आचार्यले व्यवसायीका सामान्य बिलिङ सिस्टमलाई व्यवस्थित गर्न नसक्दा धेरैले सम्स्या भोग्नु परेको बताए । व्यवसायीका सामान्य समस्यालाई समेत राजस्व कार्यालयले सहजी करण गर्ने आश्वासन दिए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले भाडामा लिएका घरको घर बहाल कर घरधनीले नै तिर्नु पर्ने भएपनि व्यवहारिक रुपमा कार्यन्वयन नभएको बताए ।
यसो भएपनि घरबाहाल कर घरधनीले व्यवसायीलाई घर वाहाल कर समेत तिर्न वाध्य पारि रहेको गुनासो गरे । यदी तत्काल यो नीतिगत रुपमा नै राजस्व कार्यालयले सुधार नगरे आगामी महिनादेखि व्यवसायी आन्दोलनमा उत्रने कडा चेतावनी समेत दिए ।
बाणिज्य संघ अन्र्तगत बिभिन्न बस्तुगत व्यवसायीले आफ्ना समस्याका बिषयमा राजस्व कार्यालयका प्रतिनिधी समक्ष राखेका थिए । बस्तुगत संघ अन्र्तगत किराना तथा गल्ला व्यवसायीका तर्फबाट पदम थापाले व्यवसायीले कर तिर्न चाहेर पनि सहज अवस्था नभएको बताए । उनले अण्डर बिलिङ व्यवस्था तत्काल खारिज गरेर राजस्वमा एक रुपता ल्याउन समेत उनले सझाब दिएका थिए । यस्तै भारतको खुल्ला सिमाका कारण भञ्सार छली गरेर ल्याएका चोरीका सामानसँग अस्वस्त प्रतिस्पर्धा गर्नु पर्ने किराना व्यवसायीको समस्या रहेको बताए ।
मोवाइल तथा इलेक्ट्रोनिक्सको तर्फबाट हरि उप्रेतीले नेपालमा धेरैजसो मोवाइल फोन बिना भन्सारका चलिरहेकाले यसलाई तत्काल कानुनी दायदारामा ल्याउनु पर्ने बताए । अधिकांश मोवाइल फोन बिना भञ्सारका भएकाले देशमा कर तिरेर व्यवसाय गर्ने व्यवसायी भाग्नु पर्ने अवस्था आएको बताए ।
कस्मेटिक्स व्यवसायीको तर्फबाट भरत चुडालले एलसी खोलेका ठुला व्यवसायीले जतिपनि सामान अण्डर विलिङ गर्ने गरेको बताए ।
ठूला व्यवसायीले जति जे गरे पनि साना व्यवसायीको सामान चाँही प्रहरीेले बिभिन्न स्थानमा चेकजाँच गर्ने बहानामा दुःख दिने गरेको बताए । यसले साना व्यवसायीलाई मात्र राज्यले बिभेदकारी नीति लागु गरेकाले कसैलाई पनि अण्डर बिलिङ गर्न नपाउने कडा कानुनी व्यवस्था हुनु पर्नेमा जोड लिए ।
कार्यक्रममा राजस्व कार्यालयका कर अधिकृत छवी भट्टराई र करदाता सेवा केन्द्र दमकका अधिकृत तिलक थापाले समेत राजस्व बिषयमा सहजी करण गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

फागुनभित्रै एकता गर्ने एमालेको निणय

दमक/ नेकपा एमालेले फागुन भित्रै पार्टी एकता गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटिको बैठकले नयाँ सरकार गठनपछि फागुन भित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको हो । पछिल्लो समय शक्ति बाँडफाँडमा कुरा नमिल्दा एकता प्रक्रिया भाँडिन सक्ने बताइरहेका बेला एमालेले औपचारिक रुपमै एकता गर्ने निर्णय गरेको हो ।
नेकपा (एमाले) स्थायी कमिटीको आइतवार बसेको बैठकले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारको नाम टुङ्गो लगाउँदै निर्वाचन आयोगसमक्ष पेश गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूहसमेत मिलाई उम्मेदवारहरु छनोट गरेको केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ती जारी गरेर जानकारी दिएका हुन् ।
एमालेले प्राप्त गरेको मतका आधारमा ४१ जनाले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बन्न पाएका हुन् । संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएकाले ४१ जनामध्ये ४ जना पुरुष र बाँकी सबै महिलाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन आयोगले क्लस्टर मिलाउन दिएको समय भोली सकिदै छ । यस्तै सरकारले राष्ट्रियसभामा सिफारिस गरेका तीन जनाको नाम प्रति एमालेले आपत्ति जनाएको छ । सरकारले आफूहरुसँग परामर्श नै नगरी एकलौटी रुपमा नाम सिफारिस गरेको भन्दै एमालेले त्यसको विरोध गरेको हो । सरकारले नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, महिला अधिकारकर्मी चाँदनी शाह र कांग्रेसका पुराना नेता गोपाल बस्नेतलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्