फागुनभित्रै एकता गर्ने एमालेको निणय

0
268

दमक/ नेकपा एमालेले फागुन भित्रै पार्टी एकता गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटिको बैठकले नयाँ सरकार गठनपछि फागुन भित्रै नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको हो । पछिल्लो समय शक्ति बाँडफाँडमा कुरा नमिल्दा एकता प्रक्रिया भाँडिन सक्ने बताइरहेका बेला एमालेले औपचारिक रुपमै एकता गर्ने निर्णय गरेको हो ।
नेकपा (एमाले) स्थायी कमिटीको आइतवार बसेको बैठकले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारको नाम टुङ्गो लगाउँदै निर्वाचन आयोगसमक्ष पेश गरेको छ । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूहसमेत मिलाई उम्मेदवारहरु छनोट गरेको केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ती जारी गरेर जानकारी दिएका हुन् ।
एमालेले प्राप्त गरेको मतका आधारमा ४१ जनाले समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बन्न पाएका हुन् । संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएकाले ४१ जनामध्ये ४ जना पुरुष र बाँकी सबै महिलाको नाम सिफारिस गरिएको छ ।
निर्वाचन आयोगले क्लस्टर मिलाउन दिएको समय भोली सकिदै छ । यस्तै सरकारले राष्ट्रियसभामा सिफारिस गरेका तीन जनाको नाम प्रति एमालेले आपत्ति जनाएको छ । सरकारले आफूहरुसँग परामर्श नै नगरी एकलौटी रुपमा नाम सिफारिस गरेको भन्दै एमालेले त्यसको विरोध गरेको हो । सरकारले नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, महिला अधिकारकर्मी चाँदनी शाह र कांग्रेसका पुराना नेता गोपाल बस्नेतलाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here