दमकका ब्यवसायी भन्छन्ः ‘असमान कर लिन पाइदैन’

0
297

दमक/ दमकका ब्यवसायीहरुले राजश्व कर ब्यवसाय र लगानी अनुसारको नभएको गुनासो गरेका छन् । झापाको दमकमा आइतबार राजस्व परिचालन अभिवृद्धी तथा करदाता शिक्षा सम्बन्धि एक दिने बृहत अन्तकृया कार्यक्रममा असमान कर प्रणाली तत्काल रोकेर नयाँ र ब्यवस्थित योजना ल्याउन राजश्व प्रमुख र उद्योग वाणिज्य संघलाई दबाव दिएका छन् ।
दमक उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले भोग्नु परेका प्राविधिक बिषयमा छलफल भएको थियो ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरका कार्यालय प्रमुख बोलराज आचार्यले व्यवसायीका सामान्य बिलिङ सिस्टमलाई व्यवस्थित गर्न नसक्दा धेरैले सम्स्या भोग्नु परेको बताए । व्यवसायीका सामान्य समस्यालाई समेत राजस्व कार्यालयले सहजी करण गर्ने आश्वासन दिए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले भाडामा लिएका घरको घर बहाल कर घरधनीले नै तिर्नु पर्ने भएपनि व्यवहारिक रुपमा कार्यन्वयन नभएको बताए ।
यसो भएपनि घरबाहाल कर घरधनीले व्यवसायीलाई घर वाहाल कर समेत तिर्न वाध्य पारि रहेको गुनासो गरे । यदी तत्काल यो नीतिगत रुपमा नै राजस्व कार्यालयले सुधार नगरे आगामी महिनादेखि व्यवसायी आन्दोलनमा उत्रने कडा चेतावनी समेत दिए ।
बाणिज्य संघ अन्र्तगत बिभिन्न बस्तुगत व्यवसायीले आफ्ना समस्याका बिषयमा राजस्व कार्यालयका प्रतिनिधी समक्ष राखेका थिए । बस्तुगत संघ अन्र्तगत किराना तथा गल्ला व्यवसायीका तर्फबाट पदम थापाले व्यवसायीले कर तिर्न चाहेर पनि सहज अवस्था नभएको बताए । उनले अण्डर बिलिङ व्यवस्था तत्काल खारिज गरेर राजस्वमा एक रुपता ल्याउन समेत उनले सझाब दिएका थिए । यस्तै भारतको खुल्ला सिमाका कारण भञ्सार छली गरेर ल्याएका चोरीका सामानसँग अस्वस्त प्रतिस्पर्धा गर्नु पर्ने किराना व्यवसायीको समस्या रहेको बताए ।
मोवाइल तथा इलेक्ट्रोनिक्सको तर्फबाट हरि उप्रेतीले नेपालमा धेरैजसो मोवाइल फोन बिना भन्सारका चलिरहेकाले यसलाई तत्काल कानुनी दायदारामा ल्याउनु पर्ने बताए । अधिकांश मोवाइल फोन बिना भञ्सारका भएकाले देशमा कर तिरेर व्यवसाय गर्ने व्यवसायी भाग्नु पर्ने अवस्था आएको बताए ।
कस्मेटिक्स व्यवसायीको तर्फबाट भरत चुडालले एलसी खोलेका ठुला व्यवसायीले जतिपनि सामान अण्डर विलिङ गर्ने गरेको बताए ।
ठूला व्यवसायीले जति जे गरे पनि साना व्यवसायीको सामान चाँही प्रहरीेले बिभिन्न स्थानमा चेकजाँच गर्ने बहानामा दुःख दिने गरेको बताए । यसले साना व्यवसायीलाई मात्र राज्यले बिभेदकारी नीति लागु गरेकाले कसैलाई पनि अण्डर बिलिङ गर्न नपाउने कडा कानुनी व्यवस्था हुनु पर्नेमा जोड लिए ।
कार्यक्रममा राजस्व कार्यालयका कर अधिकृत छवी भट्टराई र करदाता सेवा केन्द्र दमकका अधिकृत तिलक थापाले समेत राजस्व बिषयमा सहजी करण गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here