बेग्लाबेग्लै दुर्घटनामा दुईको मृत्यु

0
501

इटहरी, १ फागुन / ओखलढुङा र सुनसरीमा बेग्ला बेग्ला घटनामा परी सोमबार दुई जनाको ज्यान गएको छ ।
ओखलढुङाको मानेञ्ज्याङ गाउँपालिका ७ स्थित जंगलमा रुख काट्नेक्रममा हागाँले लागेर स्थानीय २२ वर्षीया बिमला विश्वकर्माको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजेतिर जंगलमा दाउरा काट्दा रुखको हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएकी विश्वकर्मालाई उपचारका लागि सदरमुकामस्थित मिशन अस्पताल ल्याइएकोमा अपरान्ह ३ बजे महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङाले जनाएको छ ।
यता सुनसरीको बराह नगरपालिका १ बान्द्रेमा माथीबाट खसेको ढुङाले टाउकोमा लाग्दा स्थानीय ४५ वर्षीय ईन्द्र बहादुर राईको मृत्यु भएको छ । सोमबार साँझ जंगलमा दाउरा काट्दै गर्दा माथीबाट झरेको ढुङाले राईलाई टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here