धनकुटास्थित एनसेल टावरमा आगजनी

0
199

धनकुटा,१ फागुन / अज्ञात समूहले धनकुटा नगरपालिका–१० उत्तरपानीस्थित धर्मशाला नजिकैको एनसेल टावरमा आगजनी गरेको छ । सोमबार राति १२ बजेतिर एनसेल टावरको ब्याट्रीमा आगजनी गरेको पाईएको प्रहरी चौकी हिलेका प्रहरी सहायक निरीक्षक यदु खड्काले जानकारी दिए ।
आगजनीले टावरमा रहेको एकपट्टीको चारवटा ब्याट्री पूर्णरूपमा जलेको छ भने अर्काेतिर रहेको चारवटा ब्याट्रीमा सामान्य क्षति भएको छ । क्षतिका कारण टावर नियमीत रुपले सञ्चालनमा आउन सकेको छैन् ।
एनसेलको टावरमा आगजनी भएपछि अहिले सो भेगका करिब सयौं प्रयोगकर्ता मारमा परेका छन् । राति करिब १२ बजेतिर विस्फोटको आवाज आएको स्थानीयहरुले बताएका छन् । आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सुरक्षाको हिसाबले सो ठाउँको करिब चार किलोमिटरको दूरीमा हिले प्रहरी चौकी रहेको छ । यसैबीच एनसेल कम्पनीले टावरमा क्षति पुग्ने कुनै किसिमको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here