लायन्सको स्वास्थ्य शिबिरमा १२ सय विरामीको जाँच, मुटु र नाक, घाँटीका विरामी बढी

0
443

प्रदेश आवाज
दमक/ झापाको दक्षिण गाउँलाई लक्षित गर्दै एकदिने शिविर सञ्चालन गरिएको छ । शिवसतासी नगरपालिका वडा नंंं. ७ ब्याङ्डाँडामा लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकको आयोजना र कल्याणकारी ब्यापारी समुहको संयोजनामा एक दिने बृहत निशुल्क बिशेषज्ञ सेवा सहितको स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
आइतवार भएको स्वास्थ्य शिविरको उद्घाटन शिवसतासी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले गरेका थिए । क्लवका अध्यक्ष रुद्रकुमार गौतमका अनुसार बिशेषज्ञ डाक्टरहरु सहितको निशुल्क स्वास्थ्य जाँच र औषधि बितरण सहित स्वास्थ्य शिबिरको आयोजना गरिएको हो ।
गौतमका अनुसार नोवेल अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा शिबिर स्थलमा नै निशुल्क रुपमा ल्याव परीक्षण, भिडियो एक्स् रे, मुटुको इसिजी सेवा समेत उपलब्ध गराइएको थियो ।
शिविरमा भिडियो एक्स् रे ९३ जना, मुटुको इसिजि ७० जना, रगत परीक्षण ६० जनाले गराएका छन् । यसैगरी महिला स्त्री रोग जाँच गराउने ११८ जना, मेडिकल २ सय ८५ जना,नाक,कान, घाँटीका ३२१ जनाले जाँच गराएको क्लवका अध्यक्ष गौतमले  प्रदेश आवाजलाई जानकारी दिए ।
स्वास्थ्य शिबिरमा आएर लाइनमा बसेर ९९ बर्षीया बलबहादुर सम्बाम्फे, ९९ बर्षीया मायादेबी भण्डारी, ८१ बर्षीय कुलबहादुर खड्का लगायतले समेत जाँच तथा उपचार गराएको लायन्स क्लव अफ माउण्ट एभरेष्टका तृतीय उपाध्यक्ष मनोज अग्रवालले बताएका छन् ।
शिविरमा जेनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया परीक्षण, हाड जोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाँक, कान, घाँटी, आँखा परीक्षण, दन्त रोगका बिशेषज्ञहरुले बिरामीको जाँच गरेका थिए ।
लायन्सकर्मी समेत रहेका स्वास्थ्यकर्मी बुद्धिशेखर भट्टराइका अनुसार स्वास्थ्य शिबिरमा १२ सयभन्दा बढि बिरामीले जाँच गराएका छन् । बिशेषज्ञ डाक्टरले लेखेका औषधिहरु समेत निशुल्क उपलब्ध गराइएको थियो भने शिविरमा लायन्स क्लव अफ श्री अन्तुका दितीय उपाध्यक्ष विष्णु पौडेल, लायन्स क्लव अफ एभरेष्टका चण्डीप्रसाद न्यौपाने, नेपाल औषधि ब्यवसायी संघ मेची कार्यसमिति सदस्य तीलमाया भट्टराई, लगायतले औषधि वितरण तथा ब्यवस्थाप गरेको आयोजकले प्रदेश आवाजलाई बताएको छ ।
स्थानीय सामाजिक अगुवा लोकबहादुर अधिकारीको बिशिष्ठ आतिथ्यमा भएको शिबिर उद्घाटनमा लायन्सका रिजन चियर पर्सन अजय अग्रवाल, जोन चियर पर्सन रामचन्द्र बराल, रबिन गजमेर, बिष्णु पौड्याल, लगायतको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here