Sunday, November 24, 2024
Home Blog Page 326

माओवादीबाट को को मन्त्री बन्दैछन् ? हेनुहोस्

काठमाडौं / नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझाव अनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

सकेसम्म सातै प्रदेश तथा जातीय,क्षेत्रीय सन्तुलन, समावेशीकरण जस्ता विषयलाई मध्यनजर गर्दै मन्त्रीहरुको सूची तयार भएको खुमल्टार श्रोतले बताएको छ । आकाँक्षी धेरै भएकाले यस पटक अनुभव पनि भएका र काम गरेर परिणाम निकाल्न सक्ने नेताहरुलाई चयन गरिएको छ । मन्त्रीहरुको नामसँगै उनिहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लगाएको भएपनि माओवादी केन्द्रले सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मातृका यादव, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् । प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राई ‘हिमाल’ का विषयमा पनि छलफल चलिरहेको श्रोतले बतायो ।

प्रदेश २ को प्रतिनिधित्व मातृका यादव र गिरिराजमणी पोखरेल, ३ बाट रामबहादुर थापाले गरेका छन् । प्रदेश ५ बाट वर्षमान पुन, ६ बाट शक्तिबहादुर बस्नेत तथा प्रदेश ७ बाट बिना मगर मन्त्री हुने पक्का भएको छ । सतहमा चर्चामा आएका तर यसपटक मन्त्री हुनेको सूचीमा नपरेकाहरुलाई आफु प्रधानन्त्री हुंदा समेट्ने आश्वासन अध्यक्ष प्रचण्डले दिएको श्रोतको दावी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

आर्थिक अभावले बहुभाषिक विद्यालय संकटमा

दमक/ झापा जिल्लामा सञ्चालित बहुभाषिक विद्यालयहरू संकटमा परेका छन् । आर्थिक तथा प्रशासनिक कठिनाइका कारण बहुभाषिक विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
जिल्लामा तीनवटा बहुभाषिक विद्यालय सञ्चालित छन् । तीनवटै विद्यालय गौरीगन्ज गाउँपालिकाभित्र पर्दछन् । प्रशासनिक तथा आर्थिक अभावमा गौरीगन्ज ५ मा पर्ने तारा बहुभाषिक विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।
०६७ को शैक्षिक सत्रदेखि सुरु भएको उक्त विद्यालयमा ०७३ सम्म कक्षा ५ सम्म पढाइ हुन्थ्यो । तर, आर्थिक अभाव भएपछि विद्यालयमा चालु शैक्षिक सत्रमा कक्षा ३ सम्म मात्रै पढाइ भइरहेको छ ।

विद्यालयलाई अहिलेसम्म जिल्ला शिक्षा कार्यालयले दर्ता दिएको छैन । विद्यालयकी प्रधानाध्यापक सुमित्रा राजवंशीले भनिन्, ‘जिशिअले दर्ता गरिनदिँदा विद्यालय सञ्चालनमा निकै कठिनाइ भइरहेको छ । त्यसमाथि आर्थिक स्रोत समेत नहुँदा अर्काे वर्षदेखि विद्यालय चलाउने कि बन्द गर्ने भन्ने अवस्थामा पुगेका छौं ।’
विद्यालयमा स्थानीय गरिब तथा विपन्न वर्गका आदिवासी समुदायका ६० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा स्थानीय राजवंशी भाषाबाट समेत पठनपाठन हुने गरेकोले विद्यार्थीको शैक्षिक प्रगति राम्रो रहेको स्रोत व्यक्ति डिल्लीराम अधिकारीले बताए । ‘घरमै बोल्ने भाषामा विद्यालयमा पठनपाठन हुने गरेकाले विद्यार्थीले छिटै सिक्ने गरेका छन् ।’ अधिकारीले भने, ‘तर, सरकारी सहयोग पाउन नसक्दा विद्यालय संकटमा परेको छ ।’ गत वर्षसम्म ५ जना शिक्षक रहेकोमा अहिले घटाएर एक जना कार्यालय सहयोगी र तीन जना शिक्षक कार्यरत छन् । तर, उनीहरू कसैले पनि १८ महिनादेखि तलब नपाएको प्रधानाध्यापक राजवंशीले बताइन् । ‘अहिले हामीबिना तलब काम गरिरहेका छौं । विद्यालय बच्यो भने हामीलाई पनि राम्रो हुन्छ कि भन्ने आशमा काम गरिरहेका छौं । १८ महिना भइसक्यो एक रुपैयाँ पाएका छैनौं,’ उनले भनिन् ।
उक्त वडामा चिल्लारा आधारभूत विद्यालय र वडा २ मा रहेको आमगाछी आधारभूत विद्यालयमा पनि आर्थिक संकट देखिएको छ । नियमित बजेटको व्यवस्था नभएको तथा शिक्षक दरबन्दी समेत नभएकाले विद्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको चिल्लाराका प्रधानाध्यापक जीतबहादुर राजवंशीले बताए । तीनवटै विद्यालय ०६७ को शैक्षिक सत्रदेखि सुरु भएका हुन् । नेपाली राष्ट्रिय भाषाहरूको संरक्षण संस्थाको पहलमा ती विद्यालयहरू स्थापना भएका हुन् ।
संस्थाले पाँच वर्षसम्म सबैखाले सहयोग गरेको थियो । तर, त्यसपछि सहयोग कटौती गरेपछि बहुभाषिक विद्यालयहरू संकटमा परेको आमगाछीका प्रधानाध्यापक विष्णुप्रसाद राजवंशीले बताए । तीन वटै विद्यालयमा केजीदेखि कक्षा १ सम्म पूर्णरूपमा स्थानीय राजवंशी भाषाबाट पठनपाठन हुने गर्दछ । त्यसपछि एउटा विषय राजवंशी राखेर अन्य पाठ्यपुस्तक विद्यार्थी सहजताअनुसार नेपाली र राजवंशी भाषामा बुझ्ने गरी पढाइने गरिन्छ ।
उनका अनुसार संस्थाले चिल्लारा र आमगाछीका शिक्षकहरूको तलबमा भने न्यूनतम सहयोग गरिरहेको छ । आमगाछीमा ५ र चिल्लारामा ४ जना शिक्षक कार्यरत छन् । शिक्षकहरूले बढीमा मासिक ८ हजार ५ सय रुपैयाँ मात्रै तलब सुविधा पाउने गरेका छन् । चिल्लारामा एक सय एक जना र आमगाछीमा एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । प्रअ विष्णुप्रसाद राजवंशीका अनुसार संस्थाले चालु शैक्षिक सत्रसम्म मात्रै तलबमा सहयोग गर्ने जनाएको छ । ‘नयाँ शैक्षिक सत्रदेखि हामीलाई कसले तलब दिने हो केही थाहा छैन,’ राजवंशीले भने, ‘आर्थिक अभाव र अन्योलकाबीच विद्यालय चलाइरहेका छौं ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सौचालय सफा राख्नेलाई पुरस्कार

मोरङ/ सफासुग्घर रहेका शौचालयलाई बिहीबार पुरस्कृत गरिएको छ । सातवटा शौचालयको बुधबार निरीक्षण गरेका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहीबार विराटनगरको हाटखोलामा रहेको सार्वजनिक शौचालयलाई पुरस्कृत गरे ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे विराटनगर महानगरपालिकाको हाटखोलास्थित सार्वजनिक शौचालयका सञ्चालकलाई बिहीबार पुरस्कृत गर्दै ।
आफूले निरीक्षण गर्दा सरसफाईलगायतको मापदण्ड पूरा भएको भन्दै शौचालयका सफाइ मजदुर ममता मरिकलाई नगद ५ हजार, प्रशंसापत्र प्रदान गर्दै दोसल्ला ओढाए । जीवनमा पहिलोपटक सम्मानित र पुरस्कृत हुँदा ममता दंग छिन् । फोहोरमुक्त प्रदेश निर्माणका लागि सार्वजनिक शौचालयको अनुगमनबाट काम थालेको मन्त्री घिमिरेले बताए ।
‘सरसफाइको अवस्थाले प्रदेशको समृद्धि र सभ्यता झल्किन्छ,’ उनले भने, ‘सरसफाइले प्रदेशवासी स्वस्थ हुन्छ र प्रदेश सभ्य हुन्छ ।’ मन्त्रालयको भौतिक व्यवस्थापनमा मात्रै लागेर नहुने मन्त्री घिमिरेको भनाइ छ । ‘मेरो मन्त्रालयको जिम्मामा सरसफाइ पनि छ, त्यसैले शौचालयबाट काम सुरु गरेको हुँ,’ उनले भने, ‘यसले निरन्तरता पाउँछ ।’
मन्त्रालयका उपसचिव खणेन्द्र रेवतीको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समितिसमेत बनाएको छ । समितिमा जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहता, खोनपानी तथा सरसफाइ डिभिजन कार्यालय विराटनगरका इञ्जिनियर मोहन महाशेठ, पब्लिक फोरमका उत्तम ढुंगेल र लवकुमार ताम्राकार रहेका छन् । समितिले सरसफाइ, लैङ्गिक र अपांगमैत्री, पानी, बत्ती, सुरक्षात्मक उपायलगायत १२ वटा मापदण्ड बनाएर काम थालेको छ । जिल्ला मालपोत, कोसी अञ्चल अस्पताल, वडा प्रहरी कार्यालय (ख), विराटनगरकै ट्राफिक चोकमा रहेको सार्वजनिक शौचालय, सरस्वती माध्यमिक विद्यालय, बाबा जुट मिलका शौचालयको मन्त्री घिमिरे आफैंले निरीक्षण गरेका थिए ।
एक साताअघि नियुक्त भएका मन्त्री घिमिरेको मन्त्रालयमा भने आफू बस्ने कोठा मात्र छ । जिल्ला जनस्वास्थ्य कार्यालयको भुइँ तलामा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ । मन्त्रालयका सचिव मंगलबार साँझ मात्र आइपुगेकाले व्यवस्थित रूपमा काम सुरु हुन सकेको छैन ।
सचिव आउन ढिलाइ गरेका कारण मन्त्रालय व्यवस्थापनका कामले पनि गती लिन सकेको छैन । मन्त्रालयको कार्य क्षेत्रको विषयमा ५२ क्षेत्रका विज्ञहरू बिहीबार छलफल गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

संस्कृत विद्यापीठमा रचनाबाचन

दमक/ दमक ४ स्थित बशिष्ठ संस्कृत गुरुकुल विद्यापीठले शुक्रवार आफ्नो चौथो बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । गुरुकुल परिषरमा रचना बाचन लगायतका कार्यक्रम गरेर गुरुकुलले आप्mनो बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा झापा ,मोरङ ,सुनसरीका बिभिन्न श्रष्टाहरुले कवितावाचन गरेका थिए ।
कार्यक्रममा श्रष्टाहरु विष्णु न्यौपाने, सुरेन्द्र सापकोटा, बाटोघरे कान्छा, सानो दिल, लेखनाथ भट्टराई, कमल मिश्र, लोकेन्द्र बन्जरा, कल्पना आचार्य ओली, पुष्प लोहा, सरोज भट्टराई, विराट किराती, देवराज चौलागाईं, गगन योराङ्देन लगायत दर्जन श्रष्टाहरुले रचना प्रस्तुत गरेको कार्यक्रमका संयोजक साहित्यकार मिश्र वैजयन्तीले बताइन् ।
गुरुकुलका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम भट्टराई कुलवंश प्रतिष्ठानका अध्यक्ष शेरवहादुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

हात्ती छेक्न चक्रपथ र तारघेरा

झापा/ झापाको दक्षिण क्षेत्रका बासिन्दाले जंगली हात्तीलाई नै आम्दानीको स्रोत बनाउने अभियान थालेका छन् ।
जंगली हात्तीले बालीनाली नष्ट गरेर घरसमेत भत्काउन थालेपछि स्थानीयले तिनै हात्तीलाई आम्दानीको स्रोत बनाउने योजना बनाएका हुन् ।
हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकासम्म फैलिएको जलथल जंगलको वरिपरि रिङरोड बनाउने र हात्तीलाई छेक्न रिङरोडमा विद्युतीय तार जडान गर्ने सोच उनीहरुले बनाएका हुन् ।
विद्युतीय तार नाघेर हात्ती गाउँमा पस्न नसक्ने भएकाले स्थानीयबासी चक्रपथ निर्माणको अभियानमा लागेका हुन् । एउटा सिमित क्षेत्रभित्रको जंगलमा हात्तीलाई राखेपछि पर्यटक प्रवद्र्धन गर्न सकिने विश्वासमेत स्थानीयले लिएका छन् । स्थानीयको यो प्रयासलाई जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् ।
पहिलो चरणको कामअन्तर्गत अहिले ६ हजार ३ सय हेक्टर क्षेत्रफल रहेको जंगलवरिपरि ५० किलोमिटर लामो सडक बनाउने कामको सुरुवात भएको छ । सडक निर्माणका लागि हल्दिबारी गाउँपालिकाले मात्र २७ लाख रुपैयाँ विनियोजन गरेको छ । जंगल र मानव बस्तिका बीचमा बन्न सुरु गरेको सो पर्यटकीय सडक ५० फिट चौडाइको हुने बताइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

 सांसद सुब्बालाई सम्मान

दमक/ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट सांसद बनेकी झापा, दमक– ९ निवासी महेन्द्र कुमारी लिम्बुलाई यातायात मजदुरहरुले बधाईसहित सम्मान गरेको छ ।
नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक दमक नगर समितिले विहिबार विहान आफनै कार्यालयमा एक कार्यक्रम गरि सांसद सुब्बालाई बधाई शुभकामनासहित सम्मान गरेको हो । सांसद सुब्बा नेपाली कांग्रेसबाट समानुपातिक कोटाबाट निर्वाचित भएकी हुन् ।
त्यस अवसरमा संघले उनीसहित अन्य तीन जना यातायात मजदुरका अग्रजलाई समेत सम्मान गरेको थियो ।
यसरी सम्मानीत हुनेमा नेपाल यातायात मजदुर संघ झापाका नवनिर्वाचित अध्यक्ष विश्वास कुमार कास्यप,वरिष्ठ उपाध्यक्ष बालकृष्ण श्रेष्ठ र पूर्वाञ्चल यातायात व्यवसायी संघ झापाका नवनिर्वाचित अध्यक्ष गंगाप्रसाद सिटौला छन् । यसैगरि संघले इलाका ट्राफिक प्रहरी कार्यालयमा आएका प्रहरी नायव निरिक्षक विनोदकुमार खतिवडालाई समेत खादा ओढाएर स्वागत गरेको थियो । कार्यक्रममा सांसद सुब्बा, यातायात मजदुर संघका जिल्ला अध्यक्ष कास्यपले मजदुरहरुको पेशागत हितका बारेमा बोलेका थिए ।
संघका अध्यक्ष गौतम लामाको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा कांग्रेस महिला नेतृ रेगिना भट्टराई, नेपाल प्रेस यूनियनका जिल्ला सचिव गिरिराज भट्टराई, यातायात मजदुरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका उपाध्यक्ष महेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव गणेश गौतमले गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पर्यटन बोर्डका भ्रष्टचारी निरौलालाई सात वर्ष कैद

काठमाडौँ / विशेष अदालतले नेपाल पर्यटन बोर्डमा भ्रष्टाचारमा गरेकामा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई कैद तथा जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीश द्वारिकामान जोशी र नारायणप्रसाद पोखरेलको इजलासले आज निरौलालाई सात वर्ष कैद, रु ८० लाख ५१ हजार ३६२ जरिवाना र बोर्डलाई रु ५४ लाख ५९ हजार ७०० बिगो तिराउने फैसला गरेको छ । त्यसैगरी दासलाई छ वर्ष कैद, रु ५० लाख २९ हजार ५४ हजार जरिवाना र बोर्डलाई रु २४ लाख ३७ हजार ४१५ बिगो तिराउने तथा खनाललाई रु एक लाख ५४ हजार २२४ जरिवाना र सोही बराबरको रकम बोर्डलाई बिगो तिराउने फैसला गरिएको अदालतका प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीले रु एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७५० भ्रष्टाचार गरेको अभियोगमा निरौलासहित २३ जनाविरुद्ध विसं २०७१ चैत २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले भ्रष्टाचार अभियोग लागेका अन्य २० जनालाई भने सफाइ दिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

हम्सेदुम्से सामुदायिक बनमा तालाबन्दी

दमक,१० फागुन / झापाको दमकमा रहेको हंसेदुम्से सामुदायिक बनमा विहिबार असन्तुष्ट उपभोक्ताहरु एक समूहले तालाबन्दी गरेको छ ।
उपभोक्ताहरुलाई जानकारी नगराई राजनीतिक भागबन्डाको आधारमा परिषद छनौट गरेर एकतर्फी निर्वाचन कार्यक्रम शुरु गरेको भन्दै बन कार्यालयमा तालाबन्दी गरिएको उपभोक्ताहरुले बताएका छन् । निर्वाचन समितिले विहिबार मात्र ७ वटै व्लकबाट १ सय ५९ परिषद सदस्य छनौट गरेको थियो ।
बनमा ४३ सय हाराहारीमा उपभोक्ताहरु रहेका छन् । निर्वाचन समितिले आगामी फागुन १६ गते निर्वाचन गर्ने भनी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । असन्तुष्ट उपभोक्ताहरुले निर्वाचभन समितिले एकतर्फी सूचना निकालेर विधान मिचेर निर्वाचन गर्न खोजेको भन्दै तालावन्दी गर्नुपरेको जनाईएको छ । तालावन्दीकर्ताहरुले राजनीतिक भागबन्डाको आधारमा नभई विधान बमोजिम परिषद सदस्यको पूर्नचयन वा निर्वाचन गर्नु पर्ने माग अघि सारेका छन् ।
जिल्लाको दशौ ठुलो वनको रुपमा परिचित सो वनको विगत ९ महिनादेखि निर्वाचन हुन सकेको छैन् । बनको गत साउनमा निर्वाचन हुनुपर्ने विधानमा उल्लेख भए पनि हालसम्म निर्वाचन हुन सकेको थिएन् ।
यता सामुदायिक बनका अध्यक्ष हिमालय प्रसाद दाहालले भने विधान बमोजिम नै निर्वाचन प्रकृया अगाडि बढाएको बताउँदै आएका छन् ।
यसैवीच विहिबार साँझमा उपभोक्ताहरुको एक समूहले विज्ञप्ति निकालेर बन कार्यालयमा लगाइएको तालावन्दी प्रति ऐक्यवद्धता जनाएका छन् । हम्सेदुम्से सामुदायिक बनका आम उपभोक्ताहरु उल्लेख गरेर बन समितिसहित निर्वाचन समितिले विधान लत्याउदै जर्वजस्त निर्वाचन गराउन चाहेको भन्दै आपत्ति जनाएका हुन् । जारी विज्ञप्तिमा आम उपभोक्ता,राजनीतिक दलहरुवीच पुनः छलफल गरेर मात्र निर्वाचन कार्यक्रम अघि बढाउन माग गरिएको उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकले हात्तीपाइले रोग बिरुद्धको औषधि खान चलायो सडकबाटै अभियान

दमक/ हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउन सचेतना जगाउने उदेश्यले नगर प्रतिनिधि र संघसंस्थाका पतिनिधिले सडकमा औषधी खाएका छन् ।
झापाको दमक नगरपालिकामा हात्तीपाइले रोग बिरुद्धको औषधि खानेको संख्या अधिक कम रहेपछि यसलाइ बढाउनका लागि सन्देश दिने उदेश्यले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी सहित सामाजिक अगुवाहरुले दमकको गणतन्त्र चोकमा हात्ती पाइले रोग बिरुद्धको औषधि खाएका छन् ।
औषधि खाँदै उनिहरुले भने–‘हामीले हात्तीपाइले रोग बिरुद्धको औषधि खाएका छौ र सबै नगरबासीलाइ खान आग्रह गर्दछौ ।’
लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकको आयोजनामा भएको हात्तीपाइले रोग सम्बन्धिको सचेतना कार्यक्रममा
क्लवका अध्यक्ष रुद्र गौतमका अनुसार दमकमा गतबर्ष ७० प्रतिशतले औषधि नखाएको थाहा पाएपछि यस्तो अवस्था यो बर्ष नआओस भनेर सचेतनाका लागि लायन्सले पनि अभियान थालेको हो । दमकलाइ हात्ती पाइले रोगको जोखिमबाट बचाउन सबै लाग्नु पर्ने र त्यो आफैबाट शुरु गरेको उनले जनाए ।
स्वास्थ्यकर्मी समेत रहेका लायन्सकर्मी बुद्धिशेखर भट्टराइले हात्ती पाइले रोग निवारणका लागि सरकारले चलाएको अभियानमा सबै सरिक हुन आग्रह गरे । उनले जुकाको औषधि र अन्य समयमा समेत स्वास्थ्यकर्मीहरुले लेख्ने औषधि नै हात्ती पाइले रोगको औषधि भएको बताउदै यो खाँदा केहि नहुने जनाए । भ्रममा नपर्न र औषधि खान उनले आग्रह गरे ।
लायन्स रिजनल कोअर्डिनेटर अजय अग्रवाल, रेडक्रस सोसाइटी दमकका प्रेम भट्टराई, सामाजिक अगुवा लोकबहादुर अधिकारी, वडा सदस्यहरु, पत्रकारहरु लगायतले गणतन्त्र चोकमा औषधि खाएर सबैलाइ खान आग्रह गरेको लायन्स क्लवका तृतीय उपाध्यक्ष मनोज अग्रवालले बताए । सो अवसरमा दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले झापामा सबैभन्दा कम औषधि खाने नगरपालिका नै दमक भएको जनाए । उनले यसपटक ३० प्रतिशतबाट ७० प्रतिशत पुग्ने अपेक्षा रहेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

रेडपाण्डा जोगाउन ६८ लाख

ताप्लेजुङ/ दुर्लभ लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) को संरक्षणकालागि ताप्लेजुङमा सन् २०१८ मा ६८ लाख रुपैयाँ खर्च गरिने भएको छ । यस जिल्लामा रेडपाण्डा संरक्षणकालागि रेडपाण्डा नेटवर्कसँगको सहकार्यमा काम गरिरहेको हिमाली संरक्षण मञ्चले ६८ लाख ४६ हजार ३ सय रुपैयाँ बजेट छुट्याएको हो ।

नेपालको २३ जिल्लामा पाइने रेडपाण्डाको संरक्षण गर्न संस्थाले सन् २०१६ देखि काम गरिरहेको छ । सो रकम अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बासस्थानको व्यवस्थापन र दिगो जीविकोपार्जनका विषयमा खर्च गरिने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।
मञ्चले गत वर्ष पनि ४३ लाख ८४ हजार ५० रुपैयाँ खर्च गरेको थियो । यसअन्तर्गत ताप्लेजुङ जिल्लामा रेडपाण्डाको वासस्थान एक हजार ५९ वर्ग किलोमिटरमा रहेको पहिचान भएको थियो । त्यस्तै वातावरण संरक्षण शिक्षा स्थानीय पाठ्यपुस्तक अध्यापन, वासस्थान पुनःस्थापना गर्न पोखरी निर्माण, नर्सरी निर्माण, वन डढेलो व्यवस्थापन तालीम तथा उपकरण वितरण, कुकुर बन्ध्याकरण तथा रेबिज रोगविरुद्ध खोपलगायतका कार्यक्रम गरिएको पनि राईले जानकारी दिए ।
यस्तै सन् २०१८ मा भने क्यामेरा ट्रयापिङ सर्वे, छवटा गाउँपालिका र एक नगरपालिकाका जनप्रतिनिधिसँग पूर्वी नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण परियोजना विषयक छलफल कार्यक्रम गर्ने, पशुपालकलाई सुधारिएको गोठ तथा घुम्ती प्रणाली चरिचरणबारे तालिम, अल्लो प्रशोधन तथा बुनाइ तालीम, सुधारिएको गोठ स्थापनालगायतका काम गर्ने कार्यतालिका तय गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्