हम्सेदुम्से सामुदायिक बनमा तालाबन्दी

0
231

दमक,१० फागुन / झापाको दमकमा रहेको हंसेदुम्से सामुदायिक बनमा विहिबार असन्तुष्ट उपभोक्ताहरु एक समूहले तालाबन्दी गरेको छ ।
उपभोक्ताहरुलाई जानकारी नगराई राजनीतिक भागबन्डाको आधारमा परिषद छनौट गरेर एकतर्फी निर्वाचन कार्यक्रम शुरु गरेको भन्दै बन कार्यालयमा तालाबन्दी गरिएको उपभोक्ताहरुले बताएका छन् । निर्वाचन समितिले विहिबार मात्र ७ वटै व्लकबाट १ सय ५९ परिषद सदस्य छनौट गरेको थियो ।
बनमा ४३ सय हाराहारीमा उपभोक्ताहरु रहेका छन् । निर्वाचन समितिले आगामी फागुन १६ गते निर्वाचन गर्ने भनी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । असन्तुष्ट उपभोक्ताहरुले निर्वाचभन समितिले एकतर्फी सूचना निकालेर विधान मिचेर निर्वाचन गर्न खोजेको भन्दै तालावन्दी गर्नुपरेको जनाईएको छ । तालावन्दीकर्ताहरुले राजनीतिक भागबन्डाको आधारमा नभई विधान बमोजिम परिषद सदस्यको पूर्नचयन वा निर्वाचन गर्नु पर्ने माग अघि सारेका छन् ।
जिल्लाको दशौ ठुलो वनको रुपमा परिचित सो वनको विगत ९ महिनादेखि निर्वाचन हुन सकेको छैन् । बनको गत साउनमा निर्वाचन हुनुपर्ने विधानमा उल्लेख भए पनि हालसम्म निर्वाचन हुन सकेको थिएन् ।
यता सामुदायिक बनका अध्यक्ष हिमालय प्रसाद दाहालले भने विधान बमोजिम नै निर्वाचन प्रकृया अगाडि बढाएको बताउँदै आएका छन् ।
यसैवीच विहिबार साँझमा उपभोक्ताहरुको एक समूहले विज्ञप्ति निकालेर बन कार्यालयमा लगाइएको तालावन्दी प्रति ऐक्यवद्धता जनाएका छन् । हम्सेदुम्से सामुदायिक बनका आम उपभोक्ताहरु उल्लेख गरेर बन समितिसहित निर्वाचन समितिले विधान लत्याउदै जर्वजस्त निर्वाचन गराउन चाहेको भन्दै आपत्ति जनाएका हुन् । जारी विज्ञप्तिमा आम उपभोक्ता,राजनीतिक दलहरुवीच पुनः छलफल गरेर मात्र निर्वाचन कार्यक्रम अघि बढाउन माग गरिएको उल्लेख छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here