माओवादीबाट को को मन्त्री बन्दैछन् ? हेनुहोस्

0
342

काठमाडौं / नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझाव अनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

सकेसम्म सातै प्रदेश तथा जातीय,क्षेत्रीय सन्तुलन, समावेशीकरण जस्ता विषयलाई मध्यनजर गर्दै मन्त्रीहरुको सूची तयार भएको खुमल्टार श्रोतले बताएको छ । आकाँक्षी धेरै भएकाले यस पटक अनुभव पनि भएका र काम गरेर परिणाम निकाल्न सक्ने नेताहरुलाई चयन गरिएको छ । मन्त्रीहरुको नामसँगै उनिहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लगाएको भएपनि माओवादी केन्द्रले सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मातृका यादव, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् । प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राई ‘हिमाल’ का विषयमा पनि छलफल चलिरहेको श्रोतले बतायो ।

प्रदेश २ को प्रतिनिधित्व मातृका यादव र गिरिराजमणी पोखरेल, ३ बाट रामबहादुर थापाले गरेका छन् । प्रदेश ५ बाट वर्षमान पुन, ६ बाट शक्तिबहादुर बस्नेत तथा प्रदेश ७ बाट बिना मगर मन्त्री हुने पक्का भएको छ । सतहमा चर्चामा आएका तर यसपटक मन्त्री हुनेको सूचीमा नपरेकाहरुलाई आफु प्रधानन्त्री हुंदा समेट्ने आश्वासन अध्यक्ष प्रचण्डले दिएको श्रोतको दावी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here