लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकले हात्तीपाइले रोग बिरुद्धको औषधि खान चलायो सडकबाटै अभियान

0
498

दमक/ हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउन सचेतना जगाउने उदेश्यले नगर प्रतिनिधि र संघसंस्थाका पतिनिधिले सडकमा औषधी खाएका छन् ।
झापाको दमक नगरपालिकामा हात्तीपाइले रोग बिरुद्धको औषधि खानेको संख्या अधिक कम रहेपछि यसलाइ बढाउनका लागि सन्देश दिने उदेश्यले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी सहित सामाजिक अगुवाहरुले दमकको गणतन्त्र चोकमा हात्ती पाइले रोग बिरुद्धको औषधि खाएका छन् ।
औषधि खाँदै उनिहरुले भने–‘हामीले हात्तीपाइले रोग बिरुद्धको औषधि खाएका छौ र सबै नगरबासीलाइ खान आग्रह गर्दछौ ।’
लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकको आयोजनामा भएको हात्तीपाइले रोग सम्बन्धिको सचेतना कार्यक्रममा
क्लवका अध्यक्ष रुद्र गौतमका अनुसार दमकमा गतबर्ष ७० प्रतिशतले औषधि नखाएको थाहा पाएपछि यस्तो अवस्था यो बर्ष नआओस भनेर सचेतनाका लागि लायन्सले पनि अभियान थालेको हो । दमकलाइ हात्ती पाइले रोगको जोखिमबाट बचाउन सबै लाग्नु पर्ने र त्यो आफैबाट शुरु गरेको उनले जनाए ।
स्वास्थ्यकर्मी समेत रहेका लायन्सकर्मी बुद्धिशेखर भट्टराइले हात्ती पाइले रोग निवारणका लागि सरकारले चलाएको अभियानमा सबै सरिक हुन आग्रह गरे । उनले जुकाको औषधि र अन्य समयमा समेत स्वास्थ्यकर्मीहरुले लेख्ने औषधि नै हात्ती पाइले रोगको औषधि भएको बताउदै यो खाँदा केहि नहुने जनाए । भ्रममा नपर्न र औषधि खान उनले आग्रह गरे ।
लायन्स रिजनल कोअर्डिनेटर अजय अग्रवाल, रेडक्रस सोसाइटी दमकका प्रेम भट्टराई, सामाजिक अगुवा लोकबहादुर अधिकारी, वडा सदस्यहरु, पत्रकारहरु लगायतले गणतन्त्र चोकमा औषधि खाएर सबैलाइ खान आग्रह गरेको लायन्स क्लवका तृतीय उपाध्यक्ष मनोज अग्रवालले बताए । सो अवसरमा दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले झापामा सबैभन्दा कम औषधि खाने नगरपालिका नै दमक भएको जनाए । उनले यसपटक ३० प्रतिशतबाट ७० प्रतिशत पुग्ने अपेक्षा रहेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here