Sunday, November 24, 2024
Home Blog Page 324

सामूहिक बलात्कार गर्ने पक्राउ

मोरङ/ महानगरपालिका ५ को कारखाना बस्तीमा साताअघि एक १५ वर्षीय बालिकालाई पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको खुलासा भएको छ । घटनामा संलग्नमध्ये दुईलाई प्रहीले नियन्त्रणमा लिएको छ । पीडित बालिकाको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घरदेखि पश्चिमतर्फ पर्ने अशोक यादवको उखु खेतबाट साँझमा घर फर्कंदा आफनी छोरी सामूहिक बलात्कारको सिकार भएको पीडितका अविभावकले बताएका छन् ।
घटनामा १५ वर्षीय ऋषिदेव थरकी बालिका परेकी हुन् । सँगै रहेकी उनकी साथी १६ वर्षिय लक्ष्मी खवास आफू बलात्कारीको पञ्जाबाट भाग्न सफल भएको बताएकी छन् । ‘घर पश्चिममा पर्ने उखु खेतीवाला अशोक यादवले अघिल्लो दिन उखु काटेको ज्याला लिन हामीलाई बोलाएका थिए । हामी दुवै जना साँझसम्म पैसा थाप्न यादवको कामतमा बस्यौ,’ लक्ष्मीले भनिन्, ‘यादवले अरू मजदुरलाई पैसा बाँडदाबाँडदै सकियो तिमीहरू भोलि आएर लैजाउ भनेर घर पठाए । त्यसपछि हामी साँझ करिव ६ बजे यादवको कामतबाट घर फर्कंदा बाटोमा पर्ने गहुँ खेतबाट गाउँका चिनेजानेका ५ जना केटाहरूले हामीलाई घेरे । उनले भनिन– त्यसपछि हामी फेरि यादवको उखु खेततिर नै भाग्यौं । त्यहाँ करिव आधा घण्टा बसेर पुन फर्कदा उनीहरूले पुनः हामीलाई घेरा हालेर समाए ।
मलाई सुरुमा धिरेन्द्र खवास र रञ्जीत खवासले समाते । उनीहरू हाल प्रहरी नियन्त्रणमा छन् । विरु मण्डल, सन्तोश मण्डल र अर्काे एक युवकले समातेर लडाए । उनीहरू हाल फरार छन् । उनले भनिन्, ‘मलाई समाउने धिरेन्द्र र रञ्जीतलाई मैले म तिमीहरूको बहिनी हैन भनेपछि उनीहरूले मेरो मुख थुनेर हामी बैनीसैनी चिन्दैनौं भन्दै मलाई दुवैले झापड हानेर छाडिदिए ।’ बाँकी तीन जनाले साथीलाई समाएका थिए । त्यसपछि म भाग्दै घरतर्फ गएँ । उनले भनिन्– घरतिर भाग्दै जाँदा बाटोमा मजदुरी काम गरेर घर फर्कंदै गरेका सुनसरी चिमडीका दुई जना अंकललाई भेटें । उनीहरूलाई आफूले भोगेको सबै कुरा सुनाएर उनीहरूसँगै घटनास्थल फर्कंदा साथी अर्धनग्न अवस्थामा बेहोस फेला परी । पीडित बालिकाको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दुर्घटनामा मृत्यु

झापा/ झापाको मेचीनगर –११, ढुकुरे कल्भर्टमा सोमवार साँझ भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
पूर्वबाट पश्चिम आउँदै गरेको को ३० प १५७२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको मे १ त १४०५ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा गम्भिर घाईते मोटरसाइकलको पछाडि बसेका मेचीनगर ४ का २५ वर्षीय कुमार भट्टराईको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल चालक धरमपुर –९ का २८ वर्षीय जीवन धितालको बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर चालकलाई प्रहरीले पक्राउ गरेको छ । उता मोरंगको धनपालथान गाउँपालिका १ मुस्लिम टोलमा हिँजो साँझ ट्याक्टरको ट्रलीले लागेर सहचालक भारत अररिया बस्ने ४० वर्षीय साजित मियाँको मृत्यु भएको छ ।
साँझ करिब ६ बजेतिर को १ त ६७६० नम्बरको ट्याक्टरको ट्रली जोड्नेक्रममा ट्रली उछिटिएर मियाँको छातीमा लाग्दा गम्भीर घाइते मियाँलाई तत्कालै उपचारकालागि गोल्डेन अस्पताल विराटनगर ल्याइएको भएपनि मृत्यु भएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

पाच जनालाई मानव बेचविखन मुद्धा

दमक/ होटल सञ्चालकसहित पाँच जनालाई दमक प्रहरीले मानव बेचबिखन अभियोगमा मुद्धा चलाएको छ ।
दुई साता अघि दमकको एक होटलवाट समातिएका दुई महिलासहित पाँच जना विरुद्ध प्रहरीले मानव बेचबिखन मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिपक गिरिले बताए ।
मुद्धा दर्ता गरिएकाहरुमा धनकुटा घर भएकी ३९ बर्षीया सलिना गुरुङ, मोरङ मिक्लाजुङकी १८ बर्षीया मञ्जना मगर, पाँचथर आङसराङकी रेवन सुब्बा, फिदीम–८ का २१ बर्षीय अर्जुन गुरुङ र दमक–५ का ३६ बर्षीय इन्द्रबहादुर राई रहेका छन् ।
प्रहरी नायव उपरिक्षक गिरिका अनुसार मिक्लाजुङ घर भएकी १५ बर्षीया एक बालिकालाई विभिन्न प्रलोभनमा पारेर यौन क्रियाकलापमा संलग्न गराउन खोजेको उजुरीको आधारमा अभियुक्तहरुलाई नियन्त्रणमा लिईएको हो ।

ती बालिकालाई सलिना र मञ्जनाले दमकको एक होटलमा ल्याएर धन्दा गराउन खोज्दा सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष गिरिले जानकारी दिनुभयो । ती बालिकालाई दमकको एसजी होटल सञ्चालन गर्दैआएका राईले ६ हजार रुपैया असुलेर रेवनलाई जिम्मा लगाएका र त्यसैवेला समातिएको प्रहरीको दावी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

लिम्वु संस्कृति

सोइ सोइ सोइ च्याब्रुङ ढोले खोई ?

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सनपाटको अभावमा झल्ला व्यवसाय लोप

गौरादह/ झापा जिल्लाको दक्षिणी क्षेत्रका आदिवासी समुदायहरुले बुन्दै आएको झल्ला व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । सनपाटको अभावमा झल्ला व्यवसाय लोप हुने अवस्थामा पुगेको हो । झल्लाकालागि आवश्यक पर्ने कच्चा पदार्थ पाटाले लगानी र मेहनत अनुसारको किसानहरुले उचित मुल्य नपाए पछि पाटा खेतीगर्न छोडेका छन् ।

पाटाको अभावमा आदिवासी समुदायहरुले बुन्ने गरेको झल्ला नै बजारमा कम मात्रामा पाउन थालिएको छ । आदिवासी समुदायहरुमा पाउनालाई स्वागत गर्न र कर्म काण्ड गर्न झल्ला आवश्यक पर्छ । विगतका वर्षहरुमा झापा झिल्लाको पुरानो बजारको रुपमा चिनिएको गौरीगञ्ज बजारमा हाटको दिन प्रसस्त मात्रामा पाइने झल्ला अहिले बजारमा फाट्ट फुट्ट मात्र आउने गर्दछ ।
गौरादह७ पुरानो ग्वालडुब्वाका झल्ला बुनेर विक्रि गर्ने केलावती राजवंशी ले आदिवासी समुदायलाई नभइ नहुने झल्ला अहिले बुन्न छोडि सकेको बताए । आदिवासी समुदायमा विगत वर्षहरुमा प्राय सबै जसो घरमा बुनिने झल्ला अहिले बुन्न छोडी सकेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

उपचार सहयोग जुटाउन सांगीतिक कार्यक्रम गरिने

दमक/ मोरङको मिक्लाजुङ – २ का २२ वर्षीय सेनेहाङ लिम्वुको उपचारमा आर्थिक सहयोग जुटाउन दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
फागुन २१ गते तारा प्रकाश लिम्वु सहित पूर्वका विभिन्न ब्याण्ड सहितका अन्य कलाकारका साथमा कार्यक्रम हुन लागेको हो । सेनेहाङ बचाउ अभियान चलाई रहेको कदम थिएटर र समदर्थी सञ्चारले सोमबार दमकमा पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी गराएको हो ।
दुबै मृगौला फेलभएका सेनेहाङलाई मृगौला प्रत्यारोपण गर्नु पर्ने भएपछि आर्थिक अभावका कारण थप उपचार हुन नसकेपछि कार्यक्रमको आयोजना गरिन लागिएको जनाइएको छ । बिरामीका आफन्त भुपेन्द्र तुम्वाहाम्फेले सेनेहाङ बचाउ अभियान अन्तर्गत सांगीतिक कार्यक्रमका साथै बिभिन्न स्थानवाट आर्थिक संकलन शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार अहिलेसम्ममा सेनेहाङको उपचारका लागि कतारवाट ८५ हजार ५ सय रुपैया संकलन भएर आईसकेको र दमक निवासी सृजना निङलेखुले पत्रकार सम्मेलनकै विच १० हजार रुपैयाँ सहयोग दिएकी छन् । आर्थिक संकलनमा जुटेको कदम थिएटर र समदर्शी सञ्चारले भने संकलित रकम कार्यक्रमकै दिन फागुन २१ गते उपलब्ध गराउने जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

यी ग्यास कम्पनी कारबाहीमा पर्दैछन्

दमक/ सरकारले मापदण्ड विपरित संचालन भइरहेका ३१ ग्यास उद्योगलाई सुधार नगरे बन्द गर्ने चेतावनी दिएको छ । गुणस्तर तथा नापतौल विभागले आइतबार एक पत्रमार्फत ३१ वटै उद्योगलाई सो सम्बन्धमा जानकारी गराएको छ ।
विभागले पटक पटक गरेको अनुगमनका क्रममा देखाएको गल्ती सुधार नगर्ने सगरमाथा, चण्डेश्वरी, सूर्य, श्रीराम, त्रिशुल, सिद्धनाथ, नमस्ते, जगदम्बा, अम्बर, नारायणी, सत्यनारायण, ओम, भानू र नोबेल ग्यास उद्योगलाई सात दिन भित्र उपस्थित नभए बोटलिङ कार्य रोक्ने चेतावनी दिएको छ ।

बोटलिङ रोक्ने भनेको खाली सिलिण्डरमा ग्यास भर्न नदिने हो । यी उद्योगले लापरबाहीपूर्ण तरिकाले सिलिण्डरमा ग्यास भर्ने गरेको भेटिएको छ । सिलिण्डरमा ग्यास भर्दा लापरबाही भए लिकेजको संभावना रहन्छ ।

त्यस्तै उग्रचण्डी, प्रिमा, सहारा, एभरेष्ट, सुगम, गृहलक्ष्मी, शक्ती, नारायणी, लुम्बिनी, भेरी, पाथिभरा, लियोबारा, पराजुली, कन्काई, मेची, सुपर र रोयल ग्यासले उद्योग अनुगमनका लागि आवश्यक कागजात पेश नगरी अटेर गरी बसेको विभागले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बेपत्ताको खोजी गर्न आयोगले नसकेको गुनासो

झापा/ राज्यद्वारा बेपत्ता पारिएकाहरुको बेपत्ता परिवार समाज नेपालकी अध्यक्ष पूजा खनालले बेपत्ताको फारम भरेर मात्र बेपत्ताको खोजी हुन नसकिने भएकाले खोजी कार्यमा सरकारको योजना हुनुपर्ने बताएकी छिन् ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आइतबार झापाको बिर्तामोडमा आयोजना गरेको सशस्त्र द्न्द्वको समयमा बेपत्ता व्यक्तिका पारिवारसँगको छलफलमा अध्यक्ष खनालले आयोगको कामप्रति असन्तुष्ट पोख्तै आक्रोस व्यक्त गरेकी थिइन् । दुई वर्षसम्म केहि गर्न नसक्ने आयोगले न्याय देला भन्ने विश्वास नरहेको भन्दै उनले आक्रोस व्यक्त गरीन् ।
भारतमा २०५९ साल पुस १३ गते पक्राउ परेका झापाका चतुरमानसिंह राजवंशी, सुरेश पोखरेल, मिशी धिमाल, घना सुवेदी, सम्झना अधिकारी र तारा रिजाललाई पक्राउ गरी त्यसैदिन मध्यरातमा तत्कालिन शाही नेपाली सेना चारआली व्यरेकमा बुझाइएको र त्यहीबाट बेपत्ता बनाइएपनि अहिलेसम्म खोजी नभएको आरोप उनको छ ।
अध्यक्ष खनालले आयोगलाई प्रश्न गर्दै भनीन्, आयोगले छ जना वेपत्ता पक्राउ गरेको बिषयमा भारतलाई सोध्न सक्ने कि नसक्ने ? चारआली व्यारेकमा बुझाइएका व्यक्तिको खोजी कहिले हुने ? खनालले भनिन्– आयोगले चारआली व्यारेक उत्खनन् गर्न नसक्ने हो भने पीडितले न्याय पाउन सक्तैनन् ।
यसैगरी बेपत्ता सुरेश पोखरेलका दाजु गोपाल पोखरेलले आयोगले न्याय दिन सक्तैन भने आयोगको म्याद थप्नुको औचित्य नभएको बताए ।
आयोगका आयुक्त प्रा. डा. बिष्णु पाठकले बेपत्ता ३ हजार ९३ जनाको उजुरी परेको बताए । उनले त्यस मध्ये २ हजार २ सय ५८ उजुरी छानविनमा लाने बताए । आयुक्त पाठकले दुई वर्षमा धेरै काम गर्न नसकेपनि अवको एक वर्षमा देखिने गरी काम गर्ने बताए । झापामा ३७ जना वेपत्ता भएको उजुरी परेको जानकारी दिए । उनले विश्वको द्न्द्व व्यवस्थापनका बिषयमा पनि जानकारी दिएका थिए । आयोगका उपसचिव शन्तोष गिरीले समेत बेपत्ता परिवारका सदस्यले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

‘संसफो’ को लिम्बुवान प्रदेश कार्यालय उद्घाटन

दमक/ संघीय समाजवादी फोरम नेपाल लिम्बुवान प्रदेश समितिले आफनो कार्यालय सञ्चालनमा ल्याएको छ । दमकमा आइतबार एक कार्यक्रम गरि पार्टीले औपचारिक रुपमा प्रदेश कार्यालय सञ्चालनमा ल्याएको पार्टीका लिम्बुवान प्रदेश समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए ।
पार्टीका उपाध्यक्ष तथा पूर्व शान्तिमन्त्री रकम चेम्जोङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य आरसी तुम्बा, पार्टीका महासचिव रणध्वज कन्दङवा,नेता केवलराम राईलगायतले बोलेका थिए ।

उपाध्यक्ष चेम्जोङले पार्टीले संविधान शंसोधन सत्तास्वार्थका लागि मात्र नभएर उत्पीडित जाति,जनजाति, मधेशी तथा पहिचानवादीहरुको हकअधिकार स्थापित गराउन सरकारमा समेत जान सक्ने बताएका थिए ।
दमक–५ स्थित सव्जीवजारमा पार्टीले लिम्बुवान प्रदेश कार्यालय सञ्चालन ल्याएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय नेता,जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

लायन्सको पहलमा सुरक्षाकर्मीलाई हात्तीपाइलेको औषधी

दमक,१३ फागुन/ गलत सन्देश प्रवाह भएका कारण दमकमा हात्ती पाइले रोग बिरुरुद्धको औषधि खाने र ख्वाउने अभियानमा सबै जुटेका छन् । सरकारी कार्यालय तथा सरोकारवाला निकायहरु मात्र नभएर सामाजिक संघसंस्थाहरु समेत चेतना अभिबृद्धिमा लागेका छन् ।
जिल्ला जन स्वास्थ्य कार्यालय झापा, दमक नगर स्वास्थ्य शाखासंँग समन्वय गरेर लायन्स क्लव अफ माउण्ट एभरेष्टले अभियान नै सञ्चालन गरेको छ ।

दमक चोकमा नगर प्रमुख, उपप्रमुखहरुलाई औषधि ख्वाएर अभियान घोषणा गरिएपछि आइतवार इलाका प्रहरी कार्यालयमा पनि क्लवको पहलमा औषधी खाने अभियान चलेको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरी सहित प्रहरी अधिकृत तथा जवानहरुले समेत हात्ती पाइले बिरुद्धको औषधि खाएका छन् । लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम, प्रथम उपाध्यक्ष चन्द्र गजमेर, तृतीय उपाध्यक्ष मनोज अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्यकर्मी समेत रहेका लायन्सकर्मी बुद्धिशेखेर भट्टराइले सबैले औषधि खानु पर्ने बताउदै खान छुट्नेले खोजि खोजि खान आग्रह गरे । क्लव अध्यक्ष रुद्र गौतमले आफूहरुको अभियान भोलीसम्म जारी रहने बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्