झापा/ राज्यद्वारा बेपत्ता पारिएकाहरुको बेपत्ता परिवार समाज नेपालकी अध्यक्ष पूजा खनालले बेपत्ताको फारम भरेर मात्र बेपत्ताको खोजी हुन नसकिने भएकाले खोजी कार्यमा सरकारको योजना हुनुपर्ने बताएकी छिन् ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आइतबार झापाको बिर्तामोडमा आयोजना गरेको सशस्त्र द्न्द्वको समयमा बेपत्ता व्यक्तिका पारिवारसँगको छलफलमा अध्यक्ष खनालले आयोगको कामप्रति असन्तुष्ट पोख्तै आक्रोस व्यक्त गरेकी थिइन् । दुई वर्षसम्म केहि गर्न नसक्ने आयोगले न्याय देला भन्ने विश्वास नरहेको भन्दै उनले आक्रोस व्यक्त गरीन् ।
भारतमा २०५९ साल पुस १३ गते पक्राउ परेका झापाका चतुरमानसिंह राजवंशी, सुरेश पोखरेल, मिशी धिमाल, घना सुवेदी, सम्झना अधिकारी र तारा रिजाललाई पक्राउ गरी त्यसैदिन मध्यरातमा तत्कालिन शाही नेपाली सेना चारआली व्यरेकमा बुझाइएको र त्यहीबाट बेपत्ता बनाइएपनि अहिलेसम्म खोजी नभएको आरोप उनको छ ।
अध्यक्ष खनालले आयोगलाई प्रश्न गर्दै भनीन्, आयोगले छ जना वेपत्ता पक्राउ गरेको बिषयमा भारतलाई सोध्न सक्ने कि नसक्ने ? चारआली व्यारेकमा बुझाइएका व्यक्तिको खोजी कहिले हुने ? खनालले भनिन्– आयोगले चारआली व्यारेक उत्खनन् गर्न नसक्ने हो भने पीडितले न्याय पाउन सक्तैनन् ।
यसैगरी बेपत्ता सुरेश पोखरेलका दाजु गोपाल पोखरेलले आयोगले न्याय दिन सक्तैन भने आयोगको म्याद थप्नुको औचित्य नभएको बताए ।
आयोगका आयुक्त प्रा. डा. बिष्णु पाठकले बेपत्ता ३ हजार ९३ जनाको उजुरी परेको बताए । उनले त्यस मध्ये २ हजार २ सय ५८ उजुरी छानविनमा लाने बताए । आयुक्त पाठकले दुई वर्षमा धेरै काम गर्न नसकेपनि अवको एक वर्षमा देखिने गरी काम गर्ने बताए । झापामा ३७ जना वेपत्ता भएको उजुरी परेको जानकारी दिए । उनले विश्वको द्न्द्व व्यवस्थापनका बिषयमा पनि जानकारी दिएका थिए । आयोगका उपसचिव शन्तोष गिरीले समेत बेपत्ता परिवारका सदस्यले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
बेपत्ताको खोजी गर्न आयोगले नसकेको गुनासो
फेसबूकमा कमेन्ट्स गर्नुहोस्