सनपाटको अभावमा झल्ला व्यवसाय लोप

0
294

गौरादह/ झापा जिल्लाको दक्षिणी क्षेत्रका आदिवासी समुदायहरुले बुन्दै आएको झल्ला व्यवसाय लोप हुने अवस्थामा पुगेको छ । सनपाटको अभावमा झल्ला व्यवसाय लोप हुने अवस्थामा पुगेको हो । झल्लाकालागि आवश्यक पर्ने कच्चा पदार्थ पाटाले लगानी र मेहनत अनुसारको किसानहरुले उचित मुल्य नपाए पछि पाटा खेतीगर्न छोडेका छन् ।

पाटाको अभावमा आदिवासी समुदायहरुले बुन्ने गरेको झल्ला नै बजारमा कम मात्रामा पाउन थालिएको छ । आदिवासी समुदायहरुमा पाउनालाई स्वागत गर्न र कर्म काण्ड गर्न झल्ला आवश्यक पर्छ । विगतका वर्षहरुमा झापा झिल्लाको पुरानो बजारको रुपमा चिनिएको गौरीगञ्ज बजारमा हाटको दिन प्रसस्त मात्रामा पाइने झल्ला अहिले बजारमा फाट्ट फुट्ट मात्र आउने गर्दछ ।
गौरादह७ पुरानो ग्वालडुब्वाका झल्ला बुनेर विक्रि गर्ने केलावती राजवंशी ले आदिवासी समुदायलाई नभइ नहुने झल्ला अहिले बुन्न छोडि सकेको बताए । आदिवासी समुदायमा विगत वर्षहरुमा प्राय सबै जसो घरमा बुनिने झल्ला अहिले बुन्न छोडी सकेको बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here