मोरङ/ महानगरपालिका ५ को कारखाना बस्तीमा साताअघि एक १५ वर्षीय बालिकालाई पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको खुलासा भएको छ । घटनामा संलग्नमध्ये दुईलाई प्रहीले नियन्त्रणमा लिएको छ । पीडित बालिकाको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घरदेखि पश्चिमतर्फ पर्ने अशोक यादवको उखु खेतबाट साँझमा घर फर्कंदा आफनी छोरी सामूहिक बलात्कारको सिकार भएको पीडितका अविभावकले बताएका छन् ।
घटनामा १५ वर्षीय ऋषिदेव थरकी बालिका परेकी हुन् । सँगै रहेकी उनकी साथी १६ वर्षिय लक्ष्मी खवास आफू बलात्कारीको पञ्जाबाट भाग्न सफल भएको बताएकी छन् । ‘घर पश्चिममा पर्ने उखु खेतीवाला अशोक यादवले अघिल्लो दिन उखु काटेको ज्याला लिन हामीलाई बोलाएका थिए । हामी दुवै जना साँझसम्म पैसा थाप्न यादवको कामतमा बस्यौ,’ लक्ष्मीले भनिन्, ‘यादवले अरू मजदुरलाई पैसा बाँडदाबाँडदै सकियो तिमीहरू भोलि आएर लैजाउ भनेर घर पठाए । त्यसपछि हामी साँझ करिव ६ बजे यादवको कामतबाट घर फर्कंदा बाटोमा पर्ने गहुँ खेतबाट गाउँका चिनेजानेका ५ जना केटाहरूले हामीलाई घेरे । उनले भनिन– त्यसपछि हामी फेरि यादवको उखु खेततिर नै भाग्यौं । त्यहाँ करिव आधा घण्टा बसेर पुन फर्कदा उनीहरूले पुनः हामीलाई घेरा हालेर समाए ।
मलाई सुरुमा धिरेन्द्र खवास र रञ्जीत खवासले समाते । उनीहरू हाल प्रहरी नियन्त्रणमा छन् । विरु मण्डल, सन्तोश मण्डल र अर्काे एक युवकले समातेर लडाए । उनीहरू हाल फरार छन् । उनले भनिन्, ‘मलाई समाउने धिरेन्द्र र रञ्जीतलाई मैले म तिमीहरूको बहिनी हैन भनेपछि उनीहरूले मेरो मुख थुनेर हामी बैनीसैनी चिन्दैनौं भन्दै मलाई दुवैले झापड हानेर छाडिदिए ।’ बाँकी तीन जनाले साथीलाई समाएका थिए । त्यसपछि म भाग्दै घरतर्फ गएँ । उनले भनिन्– घरतिर भाग्दै जाँदा बाटोमा मजदुरी काम गरेर घर फर्कंदै गरेका सुनसरी चिमडीका दुई जना अंकललाई भेटें । उनीहरूलाई आफूले भोगेको सबै कुरा सुनाएर उनीहरूसँगै घटनास्थल फर्कंदा साथी अर्धनग्न अवस्थामा बेहोस फेला परी । पीडित बालिकाको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
सामूहिक बलात्कार गर्ने पक्राउ
फेसबूकमा कमेन्ट्स गर्नुहोस्