पाच जनालाई मानव बेचविखन मुद्धा

0
163

दमक/ होटल सञ्चालकसहित पाँच जनालाई दमक प्रहरीले मानव बेचबिखन अभियोगमा मुद्धा चलाएको छ ।
दुई साता अघि दमकको एक होटलवाट समातिएका दुई महिलासहित पाँच जना विरुद्ध प्रहरीले मानव बेचबिखन मुद्धा चलाएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक दिपक गिरिले बताए ।
मुद्धा दर्ता गरिएकाहरुमा धनकुटा घर भएकी ३९ बर्षीया सलिना गुरुङ, मोरङ मिक्लाजुङकी १८ बर्षीया मञ्जना मगर, पाँचथर आङसराङकी रेवन सुब्बा, फिदीम–८ का २१ बर्षीय अर्जुन गुरुङ र दमक–५ का ३६ बर्षीय इन्द्रबहादुर राई रहेका छन् ।
प्रहरी नायव उपरिक्षक गिरिका अनुसार मिक्लाजुङ घर भएकी १५ बर्षीया एक बालिकालाई विभिन्न प्रलोभनमा पारेर यौन क्रियाकलापमा संलग्न गराउन खोजेको उजुरीको आधारमा अभियुक्तहरुलाई नियन्त्रणमा लिईएको हो ।

ती बालिकालाई सलिना र मञ्जनाले दमकको एक होटलमा ल्याएर धन्दा गराउन खोज्दा सुराकीको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्ष गिरिले जानकारी दिनुभयो । ती बालिकालाई दमकको एसजी होटल सञ्चालन गर्दैआएका राईले ६ हजार रुपैया असुलेर रेवनलाई जिम्मा लगाएका र त्यसैवेला समातिएको प्रहरीको दावी छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here