यी ग्यास कम्पनी कारबाहीमा पर्दैछन्

0
381

दमक/ सरकारले मापदण्ड विपरित संचालन भइरहेका ३१ ग्यास उद्योगलाई सुधार नगरे बन्द गर्ने चेतावनी दिएको छ । गुणस्तर तथा नापतौल विभागले आइतबार एक पत्रमार्फत ३१ वटै उद्योगलाई सो सम्बन्धमा जानकारी गराएको छ ।
विभागले पटक पटक गरेको अनुगमनका क्रममा देखाएको गल्ती सुधार नगर्ने सगरमाथा, चण्डेश्वरी, सूर्य, श्रीराम, त्रिशुल, सिद्धनाथ, नमस्ते, जगदम्बा, अम्बर, नारायणी, सत्यनारायण, ओम, भानू र नोबेल ग्यास उद्योगलाई सात दिन भित्र उपस्थित नभए बोटलिङ कार्य रोक्ने चेतावनी दिएको छ ।

बोटलिङ रोक्ने भनेको खाली सिलिण्डरमा ग्यास भर्न नदिने हो । यी उद्योगले लापरबाहीपूर्ण तरिकाले सिलिण्डरमा ग्यास भर्ने गरेको भेटिएको छ । सिलिण्डरमा ग्यास भर्दा लापरबाही भए लिकेजको संभावना रहन्छ ।

त्यस्तै उग्रचण्डी, प्रिमा, सहारा, एभरेष्ट, सुगम, गृहलक्ष्मी, शक्ती, नारायणी, लुम्बिनी, भेरी, पाथिभरा, लियोबारा, पराजुली, कन्काई, मेची, सुपर र रोयल ग्यासले उद्योग अनुगमनका लागि आवश्यक कागजात पेश नगरी अटेर गरी बसेको विभागले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here