दमक/ मोरङको मिक्लाजुङ – २ का २२ वर्षीय सेनेहाङ लिम्वुको उपचारमा आर्थिक सहयोग जुटाउन दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
फागुन २१ गते तारा प्रकाश लिम्वु सहित पूर्वका विभिन्न ब्याण्ड सहितका अन्य कलाकारका साथमा कार्यक्रम हुन लागेको हो । सेनेहाङ बचाउ अभियान चलाई रहेको कदम थिएटर र समदर्थी सञ्चारले सोमबार दमकमा पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी गराएको हो ।
दुबै मृगौला फेलभएका सेनेहाङलाई मृगौला प्रत्यारोपण गर्नु पर्ने भएपछि आर्थिक अभावका कारण थप उपचार हुन नसकेपछि कार्यक्रमको आयोजना गरिन लागिएको जनाइएको छ । बिरामीका आफन्त भुपेन्द्र तुम्वाहाम्फेले सेनेहाङ बचाउ अभियान अन्तर्गत सांगीतिक कार्यक्रमका साथै बिभिन्न स्थानवाट आर्थिक संकलन शुरु गरिएको जानकारी दिए ।
उनका अनुसार अहिलेसम्ममा सेनेहाङको उपचारका लागि कतारवाट ८५ हजार ५ सय रुपैया संकलन भएर आईसकेको र दमक निवासी सृजना निङलेखुले पत्रकार सम्मेलनकै विच १० हजार रुपैयाँ सहयोग दिएकी छन् । आर्थिक संकलनमा जुटेको कदम थिएटर र समदर्शी सञ्चारले भने संकलित रकम कार्यक्रमकै दिन फागुन २१ गते उपलब्ध गराउने जनाएको छ ।