लायन्सको पहलमा सुरक्षाकर्मीलाई हात्तीपाइलेको औषधी

0
318

दमक,१३ फागुन/ गलत सन्देश प्रवाह भएका कारण दमकमा हात्ती पाइले रोग बिरुरुद्धको औषधि खाने र ख्वाउने अभियानमा सबै जुटेका छन् । सरकारी कार्यालय तथा सरोकारवाला निकायहरु मात्र नभएर सामाजिक संघसंस्थाहरु समेत चेतना अभिबृद्धिमा लागेका छन् ।
जिल्ला जन स्वास्थ्य कार्यालय झापा, दमक नगर स्वास्थ्य शाखासंँग समन्वय गरेर लायन्स क्लव अफ माउण्ट एभरेष्टले अभियान नै सञ्चालन गरेको छ ।

दमक चोकमा नगर प्रमुख, उपप्रमुखहरुलाई औषधि ख्वाएर अभियान घोषणा गरिएपछि आइतवार इलाका प्रहरी कार्यालयमा पनि क्लवको पहलमा औषधी खाने अभियान चलेको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरी सहित प्रहरी अधिकृत तथा जवानहरुले समेत हात्ती पाइले बिरुद्धको औषधि खाएका छन् । लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम, प्रथम उपाध्यक्ष चन्द्र गजमेर, तृतीय उपाध्यक्ष मनोज अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्यकर्मी समेत रहेका लायन्सकर्मी बुद्धिशेखेर भट्टराइले सबैले औषधि खानु पर्ने बताउदै खान छुट्नेले खोजि खोजि खान आग्रह गरे । क्लव अध्यक्ष रुद्र गौतमले आफूहरुको अभियान भोलीसम्म जारी रहने बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here