प्रदेश आवाज
दुधे/ नेपाली कांग्रेसका नेताहरुले अब कांग्रेसलाई नयाँ अध्याय शुरुवात गर्नुपर्ने जोड दिएका छन् । उनीहरुले कांग्रेसमा नयाँ ढंगबाट पूनर्संरचना हुनु पर्ने भन्दै त्यसलाई शसक्त बनाउन खाँचो औल्याए ।
नेपाली कांग्रेस शिवसताक्षी नगर सम्मेलनको दुधेमा विहिबार सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाश शरण महतले अव कांग्रेस जिम्मेवार प्रतिपक्षी भएर पार्टी पूर्नजागरणमा जुट्ने बताए । उनले जनताले दिएको कांग्रेस प्रतिको अभिमतलाई सम्मान गर्दे अवको ५ वर्ष जनताका घरघरमा कांग्रेस पुग्ने उल्लेख गरे । ‘कांग्रेसका हरेक कार्यकर्तासंगै हामी रहन्छौ ’ डा. महतको भनाई थियो ।
सबै कार्यकर्ताहरुलाई पार्टीलाई पुनर्जागरणमा लाग्न निर्देशन दिँदै नेता महतले कांग्रेस कहिल्यै नमासिने दुवो भएकोले अब पुनः झांगिएर पैmलने विश्वास दिलाए ।
उनले वर्तमान सरकारले अधिनायकबादी चरित्र देखाउन थालेको टिप्पणी गर्दे डा. महतले भने,–‘ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दम्भ बढ्ेको छ, संसदमा एक्लै छौ भन्ने विर्सनुस् ।’ उनले सत्ताको बहुमतको घमण्ड हावी भए कांग्रेस चुप लागेर नवस्ने चेतावनी दिए ।
सरकारका गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने भन्दै कांग्रेस नेता महतले आफुसंग बहुमत छ भन्दैमा हर्कत प्रस्तुत नगर्न सल्लाह दिए । संघीय ,प्रदेशसभाको निर्वाचनमा कांग्रेस पराजित नभएको डा. महतको तर्क थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री केशब कुमार बुढाथोकीले अब कांग्रेसमा नयाँ अध्याय सुरुवात भएको बताए । पार्टी नयाँ ढंगबाट पूनर्संरचना हुने भन्दै बुढाथोकीले लोकतन्त्रलाई संस्थागत गर्न र संबिधान कार्यान्वयनको लागि कांग्रेसमा पूर्नजागरण जरुरी भएको औल्याए । बुढाथोकीले लोकतन्त्रलाई संस्थागत गर्न र संबिधान कार्यान्वयनको लागि कांग्रेसमा पूर्नजागरण जरुरी भएको औल्याए ।
कांग्रेस नगर संयोजक पर्शुराम ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस झापाका पूर्व उपसभापति देउमान थेवे, कांग्रेस जिल्ला सचिव प्रेम सम्बाहाम्फे, महासमिति सदस्य सुरेस सुब्बा, महिला नेतृहरु देवीकुमारी दाहाल,कविता बस्नेत, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलगायतले पार्टीलाई गतिशील बनाउन सवै नेता,कार्यकर्ताहरुमा पूर्नजागरण आउनु पर्ने जोड दिएका थिए ।
कांग्रेस नेता भन्छन्– नयाँ अध्याय शुरु गर्नुपर्छ
होली खेल्दा लडेर ११ वर्षीय बालकको मृत्यु
पोखरा/ होली खेल्ने क्रममा पोखरा महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय बालक आवष्किार रेग्मीको मृत्यु भएको छ ।
घरको छतबाट खसेर घाइते भएका उनको उपचारका क्रममा फिस्टेल हस्पिटलमा बिहीबार दिउँसो मृत्यु भएको हो। कास्की प्रहरीका अनुसार दुईब तले घरको छतबाट खसेका उनको टाउकोमा चोट लागेको थियो ।
दुर्घटनामा एकको मृत्यु चार घाइते
पाँचथर/ सवारी दुर्घटनामा परेर पाँचथरमा एक जनाको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् । बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका ३ मच्छेबुङमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम नगरपालिका ५ का १४ वर्षका सहयोग तुम्बापो रहेका छन् ।
ट्र्याक्टरका चालक युवराज तुम्बापो घाइते भएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । त्यस्तै पाँचथरमै भएको अर्काे सवारी दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।
मेमेङबाट फिदिम आउने क्रममा को १ ज २०१७ नम्बरको जिप दुर्घटनामा फिदिम नगरपालिका ९ का नरेन्द्र घिमिरे गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि झापा रिफर गरिएको छ । उक्त दुर्घटनामा अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
के होली यौन उत्तेजनाको पर्व हो ?
प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोका अन्त्य भई वसन्त ऋतुको न्यानो शुरु हुने चरणमा छ । यो समय पाउलो फेर्ने र शुक्रकिटको बृद्धी हुने या यौनाङ्ग सक्रिय हुने समय भनिन्छ, सोही कारण पञ्चाङ्ले बसन्तको बेला विवाहको योग छनौट गरेको ज्योतिष र विज्ञहरुले तर्क पेश गर्दै आएका छन् ।
यसर्थ सन्तान नभएका युवा युवती होलीको रातो रंगमा वा सप्त रंगीमा रमेपछिको मुडले सन्तानप्राप्तीमा सहयोग पुग्ने विश्वास पनि गरिदै आएको छ । बसन्त ऋितुलाई योन सक्रियताको ऋितुमा परिभाषित गरेर हेर्ने हो भने होली यौन उत्तेजनाको पर्वको रुपमा पनि बुभ्न सकिन्छ ।
विमल लामिछाने
पहाड र मधेसमा उत्साहपूर्वक मनाइने होली दक्षिण एसियाका अन्य देशमा पनि मनाइन्छ । अनेक मिथकमा आधारित होली या फागु हाम्रो मौलिक पर्व बन्दै आएको छ । यस पर्वमा तराई–मधेस र छिमेकी भारतमा मुहूर्त हेरेरै होलिकाको मूर्ति बनाएर जलाइन्छ । रातो रङलाई विजयको प्रतीक मानिने पूर्वीय सभ्यताले होलिका दहनलाई सत्यको विजय भएको ठानी विजयभाव प्रकट गर्न रङको प्रयोग प्रचलनमा ल्याएको पनि भनिएको छ ।
फागु पूर्णिमा रंगहरुको पर्वका रुपमा मनाईने होली पर्व पनि हो । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपूर्ण रुपमा देशभर होली पर्व मनाउने गरिन्छ । असत्य माथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आईएको छ । आपसमा रङ्गहरु दलेर खुसीयाली साटासाट गरेर मनाईने पर्वमा जसरी बिभिन्न रङ्गहरुको महत्व रहन्छ, त्यसरीनै समाजमा सवै जाती–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ । भातृत्व र आपसि सद्भावको पर्व–हालीको रौनक बिभिन्न क्षेत्रमा शुरु भई सकेको छ । तलाउमा नुहाउन लागेका गोपिनीको लुगा श्रीकृष्णले लुकाइदिएको सन्दर्भमा हप्ता दिनसम्म मनाइने यो पर्व अन्यत्र हिरण्यकश्यप राक्षसकी बहिनी होलिकाको दहनको स्मृतिस्वरूप मनाइएको पनि भनिन्छ । बिभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव शुरु भएको भएपनि अहिलेसम्म बास्तविक यहीबाट होली शुरु भएको हो भन्ने प्रमाणित कसैले गर्न सकेको पाइदैन । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाउनु पर्ने हो तर अहिले केहि भड्किलो भएर जाँदैगरेको अनुभूत हुन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।
होली पर्वको दिन आफ्नो घरमा शत्रुनै आए पनि सम्मान र स्वागत गर्नु पर्ने किम्वदन्ति रहँदै आएको छ । त्यसैले यस पर्वको महत्व र सारतत्वलाई जीवन्त बनाउन र दैनिक जीवनमा पनि लागु गर्न होलीले सन्देश पनि दिने गरेको छ । वर्षभरी दैनिक जीवनमा रहे–बनेका बिभिन्न बैमनस्यता तथा आपसी कटुता बिर्सेर भातृत्व बलियो पार्न हरेक वर्ष हामीलाई झक्झक्याउने गरेको छ होलीले ।
होली पर्वका नाममा केहि वर्षयता भित्रिदैँ गरेका बिक्रितीहरुले पनि संस्कृतीका हिमायतीहरुलाई चिन्तित बनाएको छ । पर्व मनाउने र रमाईलो गर्ने बहानामा भाँङ्, धतुरोका बिभिन्न परिकार खाने, शरीरमा बिभिन्न प्रकारका रङ्ग–रोगन गर्ने, छालाका लागि अनुपयोगी रङ्हरु प्रयोग गर्ने तथा जवरजस्ति रङ्ग दल्ने तथा लोला हान्ने प्रबृती पनि बढेको छ । युवा पुस्तामा बढेको यस प्रकारको शैलीले संस्कारलाई बलियो भन्दा पनि बिटुलो बनाउने हो कि भन्ने पनि चिन्ता बढेको छ ।
कम्तिमा होलीले दिएका सन्देशहरुलाई हामीले दैनिक जीवनमा अबलम्बन गर्न सक्यौ भने यस पर्व प्रतिको सच्चा अनुशरण ठहरिने छ । बिभिन्न समुदाय बिच चिसिन खोजेको सम्बन्ध बलियो पार्न पनि होली पर्वले हामीलाई सचेत र सजग गराई रहेको छ, ।
होली केवल धार्मिक कारणले मात्र मनाइने गरे पनि यसका पछाडी केही बैज्ञानिक कारणहरु समेत रहेका छन् । प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोका अन्त्य भई वसन्त ऋतुको न्यानो शुरु हुने चरणमा छ ।
पहाडी इलाकाका केही शीवालयमा लिंग पूजा गरेर अविरजात्र शुरु गर्ने, उपत्याका र भक्तपुरमा पौराणिक पात्र भीमसेनको लिंगको प्रतीक बनाई फागुकै दिन सहरमा घुमाउनुले यो पर्व सिर्जना, उत्पादकत्व र यौनसँग जोडिएको समेत अर्थ लगाउन सकिन्छ । प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोका अन्त्य भई वसन्त ऋतुको न्यानो शुरु हुने चरणमा छ । यो समय पाउलो फेर्ने र शुक्रकिटको बृद्धी हुने या यौनाङ्ग सक्रिय हुने समय भनिन्छ, सोही कारण पञ्चाङ्ले बसन्तको बेला विवाहको योग छनौट गरेको ज्योतिष र विज्ञहरुले तर्क पेश गर्दै आएका छन् । यसर्थ सन्तान नभएका युवा युवती होलीको रातो रंगमा वा सप्त रंगीमा रमेपछिको मुडले सन्तानप्राप्तीमा सहयोग पुग्ने विश्वास पनि गरिदै आएको छ । बसन्त ऋितुलाई योन सक्रियताको ऋितुमा परिभाषित गरेर हेर्ने हो भने होली यौन उत्तेजनाको पर्वको रुपमा पनि बुभ्न सकिन्छ ।
होली केवल धार्मिक कारणले मात्र मनाइने गरे पनि यसका पछाडी केही बैज्ञानिक कारणहरु समेत रहेका छन् । आयुर्वेदका अनुसार एउटा ऋतु सकिने र अर्को ऋतु लाग्ने समयमा मानव शरीरमा आलस्य पैदा हुने र विभिन्न संक्रमणका कारण विरामी हुने सम्भावना अत्याधिक हुन्छ । शिशिर ऋतुको चिसोका कारण शरीरमा कफको मात्र बढेको हुन्छ । शरीरमा बढेको कफ वसन्त ऋतुमा तापक्रम बढ्ने हुँदा शरीरबाट कफ बाहीर निस्कने क्रम शुरु हुन्छ भनिन्छ ।
पुरातन संस्कार र पौराणिक ग्रन्थहरुको इतिहासलाई हेर्ने हो भने त्रेतायुगमा हिरण्यकश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् बिष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपु स्वयंले धेरै प्रयास गरे तर केहीगर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसनी जो हिरण्यकस्यपुकी बहिनी थिइन, उनलाई प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा होमिइन् तर आगोले प्रल्हाद केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्यकश्यपुलाई पनि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे । यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ्ग घोलेर एक अर्कामाथि लगाईदिने चलन रहेको धर्मग्रन्थहरुमा बताइएको छ । यहिबाट पौराणिक घटनाकी होलिका नामककी राक्षसनीको बध भएको दिनको रुपमा होली खेल्ने चलन सुरु भएको किम्वदन्ती रहेको छ । होलीमा रातो, हरियो, पहेंलो, निलो सहित बाँकी सवै प्रकारका रङ्गको प्रयोग गरिन्छ ।
अर्को पौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्न स्तनमा बिष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयंकर ठूलो शवलाई गोपालवासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङ्गहरुको जात्रा गरेको र खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिकग्रन्थहरुमा गरिएको पाइन्छ । पुराणहरुमा पनि यही उल्लेख गरिएको पाइन्छ । विशेषगरी नारदपुराण र भविष्य पुराणमा होलीको प्राचीनताबारे उल्लेख गरिएको छ ।
होलीकोदिन युवायुवतीहरू गीत गाउँदै नाच्दै रङ्गलगाइदिएर होली खेल्छन् । यस पर्वमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू समेत हुल बाँधेर एक अर्कालाई रङ्ग लगाउँदै हिड्ने गर्दछन् । होलीमा प्रयोग गरिने नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरि बिष्णुले अधर्म नास गर्न तथा धर्म रक्षाका लागि युगअनुसार अवतार लिंदै आउने धार्मिक विश्वास रहेको छ । पहेंलो रङ्ग श्रीकृष्णको प्रिय रङ्ग हो । रातो रंगलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ । शक्तिको प्रतिक भएकोले युद्ध विजय र खुशीमा महोत्सवहरुमा पनि रातो रङ नै प्रयोग गरिएको पाईन्छ यसलाई उर्जा र प्रीतिको प्रतिक रङ पनि भनिन्छ । त्यहि भएर प्राय देवताहरूलाई रातोरंगका पहिरनमा देखाइन्छ । महिलाहरुले पनि रातो रङ बढी मन पराउँछन् ।
जे भएपनि होलीमा नाचगान गर्ने, रंग लगाउने, आगो ताप्ने लगायतका कार्य गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । होली पर्वलाई जवरजस्तको पर्व बनाउनु भन्दा साँचो रुपमा आपसी हार्दिकता, भातृत्व र भाइचाराको पर्वको रुपमा मनाउन आवश्यक छ । आगामी पुस्तालाई सु–संस्कृतरुपमा पर्वहरु हस्तान्तरण गर्नकालागि पनि पर्वहरु भड्किलो शैलीले मनाउनु भन्दा मर्यादित र व्यबस्थितरुपमा जोगाउन र समृद्ध बनाउन आवश्यक छ । bmllamichhane@gmail.com
होलीलाई मर्यादित बनाउन प्रदेश सरकारको आग्रह
दमक/ एक नम्बर प्रदेश सरकारले होलीलाई समाजिक सद्भाव आपसी भाईचाराकालागि खेल्न आग्रह गरेको छ । आन्तरिक तथा कानुन मन्त्रालयले जोर–जर्बदस्ती नगरि होली खेल्न आग्रह गरेको छ । होलीको अवसरमा लागू औषधको बेचबिखन, जर्बजस्ती रंग दलेमा र मादक पर्दाथ सेवन गरेर सवारी साधन चलाइएमा, उच्श्रृंखल गतिबिधि गरेमा कडा कार्बाही गर्ने जनाएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार होलीलाई मर्यादित बनाउन मातहतका सबै प्रहरी कार्यालयहरुले सार्बजनिक सुचना जारी गरिसकेको जनाएको छ ।
होलीको रौनकमा रमाउनेहरुको संख्या प्रतेकवर्ष बढ्दै गएको छ । बजारका सडकमा होलीको रंग बेच्ने र किन्नेहरुको भिड लाग्न थालेको छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ ।
तराइ र पहाड नै अन्यौलमा
दमक/ तराईमा होलीकालागि सरकारले १८ फागुनमा सार्बजनिक बिदा दिएकोले धुमधामले होली खेल्ने गरिन्छ । तर पहाडमा अघिल्लो दिन नै होलीको आगमनसँगै बिभिन्न व्यक्ति र संघ संस्थाहरुले होली मिलन कार्यक्रम आयोजना गरी आपसी भेटघाट गरि प्रेम र सद्भाव बढाउने काम गर्ने गरेका छन । अर्थात १७ गते नै पहाडी इलाकामा होली मनाइने भएको छ । गतवर्ष सरकारले झापालाई पहाडी इलाकामा गाविएको जिल्ला भनेर अघिल्लो दिन नै होली मनाउन सरकारी संस्थालाई विदा दिएको थियो । यही अन्योलका कारण गत वर्ष झापामा दुईदिन नै होली खेलिएको हो ।
हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।
होली पर्वको दिन आफ्नो घरमा शत्रुनै आए पनि सम्मान र स्वागत गर्नु पर्ने किम्वदन्ति रहँदै आएको छ । त्यसैले यस पर्वको महत्व र सारतत्वलाई जीवन्त बनाउन र दैनिक जीवनमा पनि लागु गर्न होलीले सन्देश पनि दिने गरेको छ । वर्षभरी दैनिक जीवनमा रहे–बनेका बिभिन्न बैमनस्यता तथा आपसी कटुता बिर्सेर भातृत्व बलियो पार्न हरेक वर्ष हामीलाई झक्झक्याउने गरेको छ होलीले ।
होली पर्वका नाममा केहि वर्षयता भित्रिदैँ गरेका बिक्रितीहरुले पनि संस्कृतीका हिमायतीहरुलाई चिन्तित बनाएको छ । पर्व मनाउने र रमाईलो गर्ने बहानामा भाँङ्, धतुरोका बिभिन्न परिकार खाने, शरीरमा बिभिन्न प्रकारका रङ्ग–रोगन गर्ने, छालाका लागि अनुपयोगी रङ्हरु प्रयोग गर्ने तथा जवरजस्ति रङ्ग दल्ने तथा लोला हान्ने प्रबृती पनि बढेको छ । युवा पुस्तामा बढेको यस प्रकारको शैलीले संस्कारलाई बलियो भन्दा पनि बिटुलो बनाउने हो कि भन्ने पनि चिन्ता बढेको छ ।
होली केवल धार्मिक कारणले मात्र मनाइने गरे पनि यसका पछाडी केही बैज्ञानिक कारणहरु समेत रहेका छन् । प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोका अन्त्य भई वसन्त ऋतुको न्यानो शुरु हुने चरणमा छ ।
आयुर्वेदका अनुसार एउटा ऋतु सकिने र अर्को ऋतु लाग्ने समयमा मानव शरीरमा आलस्य पैदा हुने र विभिन्न संक्रमणका कारण विरामी हुने सम्भावना अत्याधिक हुन्छ । शिशिर ऋतुको चिसोका कारण शरीरमा कफको मात्र बढेको हुन्छ । शरीरमा बढेको कफ वसन्त ऋतुमा तापक्रम बढ्ने हुँदा शरीरबाट कफ बाहीर निस्कने क्रम शुरु हुन्छ भनिन्छ ।
अर्को पौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्न स्तनमा बिष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयंकर ठुलो शवलाई गोपालवासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङ्गहरुको जात्रा गरेको र खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिकग्रन्थहरुमा गरिएको पाइन्छ । पुराणहरुमा पनि यही उल्लेख गरिएको पाइन्छ ।
आगो सल्केर मृत्यु
इलाम/ आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा इलाममा एक महिलाको मृत्यु भएको छ ।
मंगलबार शरीरमा आगो सल्किएकी माईजोगमाई–५ की ५५ वर्षीया निरकुमारी राईलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
उनी आगो ताप्ने क्रममा चुलोमा लड्दा शरीरमा आगो लागी घाइते भएको बताइएको छ । धरानको घोपातर्फ लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको बताइएको छ । अहिले उनको शव घर फर्काइएको छ ।
मलेसियामा नेपाली कामदारको मृत्यु
धनकुटा/ रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको दुस्खद निधन भएको छ ।
नेपालको पुरानो ठेगाना धनकुटा छथर तोखुवा–५,कार्कीटार टोल निवासी र हालको ठेगाना जोरपाटी गाउँपालिका वडा नं. ३, कार्कीटार टोल निवासी टोकबहादुर लिम्बुको छोरा वर्ष २८ का गणेशकुमार लिम्बुको मलेसियाको पेनाङस्थित जि बेसग्रेड प्रोडक्टस् नामक कम्पनीमा रातिमा काममा कार्यरत रहेकै बेला सोमबारको दिन बिहान करिब–करिब ३ः०० बजेतिर अचानक मेसिन दुर्घटनामा परि निधन भएको हो ।
कम्पनीमा बिग्रेको प्राबिधिक गडबडी भएको मेसिन मर्मत गर्ने बेलामा उनीसँगै काम गर्ने नेपाली सहकर्मीले नै अन्जानमा बन्द रहेको मेसिनको स्विट्च खोलिदिएर मेसिनमा बेरिएर लिम्बुको निधन हुन पुगेको भनेर मलेसियामै कार्यरत मृतकको आफन्त खगेन्द्र खाजुम लिम्बुले जानकारी गराए ।
मृतकको आफन्तको भनाइअनुसार कम्पनीमा सोधपुछ गर्दा कम्पनीले यो घटनालाई मिलोमतो गरी मिलाउन जोडतोर गरिरहेका छन् । परिवारमा घरबार चलाउने ब्यक्तिको नै मृत्यु भइसकेको बेला पीडितको परिवारलाई कम्पनीलगायत गल्ती गर्नेले सक्दो क्षतिपुर्तिको व्यवस्था पनि गर्नुपर्छ भने ।
मृतक गणेशकुमार लिम्बु बिगत चार वर्षदेखि सो कम्पनीमा कार्यरत रहेका थिए भने केही वर्षदेखि सो कम्पनीमा लाईन लिडरको भुमिकामा समेत काम गर्दै आएका थिए ।
झापा मोडलको २२ औ बार्षिकोत्सवमा साँस्कृतिक कार्यक्रम, फोटो सेसनका झलकसहित
दमक/ दमक–८ स्थित झापा मोडल अंग्रेजी सेकेण्डरी बोर्डिङ स्कुलले बुधबार आफनो २२ औ बार्षिकोत्सवसहित अभिभावक दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । स्कुलको प्राङगणमा एक कार्यक्रम गरि बार्षिकोत्सवसहित अभिभावक दिवस मनाईएको प्रिन्सीपल सागर श्रेष्ठले जानकारी दिए ।
प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्कुलले पूराना कार्यरत शिक्षकसहित दमकका शैक्षिक व्यक्तित्वहरुलाई समेत सामूहिक रुपमा सम्मान गरिएको थियो । स्कुलको शैक्षिक क्षेत्रमा योगदान पुर्याँएवापत पूराना शिक्षिका चन्द्रकला अधिकारी, शिक्षक प्रेम सुवेदीसहित ढुकुरपानी माविका प्रधानाध्यापक लिलानाथ खनाल,हिमाविका पूर्व प्रअ छविलाल शर्मा सिटौला, सरस्वती माविका पूर्व प्रअ दिलीप श्रेष्ठ , दमक बहुमुखी क्याम्पसका पूर्व प्रमुख मोहनकुमार भण्डारी र चुलाचुली बोर्डिङका संस्थापक निर्देशक मनोज साङपाङ राईलाई सम्मान गरिएको थियो ।
त्यस्तै स्कुलले बार्षिकोत्वसका अवसरमा अभिभावकहरुवीच आयोजना गरिएको खेलकुद प्रतियोगीताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत,नृत्यहरु प्रस्तुत गर्नुका साथै धिमाल जातिका भेषभूषाको प्रर्दशनी , होटल म्यानेजमेन्टका विद्यार्थीहरुले तयार गरेका खाद्य सामाग्रीहरुको समेत प्रर्दशनी गरिएको थियो । त्यस्तै, विद्यालयले दुई जना विद्यार्थीलाई उत्कृष्ठ घोषित गरि पुरस्कार दिईएको थियो । त्यस पुरस्कारवाट जुनियर तर्फ कृतज्ञता थापा र सिनीयर तर्फ अमन जैसवाल घोषित भएका थिए । यसैगरि विभिन्न चार वटा क्षेत्रमा उत्कृष्ठ हुने विद्यार्थीलाई समेत पुरस्कृत गरियो ।
त्यस अवसरमा प्रदेशसभा सदस्य राई,विद्यालयका संस्थापक निर्देशक जयवहादुर श्रेष्ठलगायतले शैक्षिक क्षेत्रको विकासमा संस्थाथगत विद्यालयको भूमिकाका बारेमा चर्चा गरेका थिए । विद्यालयकी निर्देशक जस्मिन श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिईन् । सोही कार्यक्रममा विद्यालयले दमक पब्लिक लाइव्रेरी र झापा मोडलविच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार विद्यार्थीले दमक पब्लिक लाइव्रेरीमा सुविधा लिन सक्नेछन्, जसको शुल्क विद्यालयले एकमुष्ठ तिर्ने विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विद्यालय परिवारको फोटो सेसन समेत गरिएको थियो भने नृत्यका साथै ‘बल्ल छोरो सप्रियो’ नामक नाटक प्रश्तुत गरिएको थियो ।
फोटो सेसनका झलक
१० करोड घोटालाको अभियोगमा बैकका प्रमुख पक्राउ
मोरङ/ राष्ट्रिय वाणिज्य बैंकको विराटनगर भन्सार शाखामा १० करोड रुपैयाँ घोटाला प्रकरणमा थप अनुसन्धानको लागि निरौलालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय वाणिज्य बंैक सुक्खा बन्दरगाह शाखाका प्रमुख विष्णुप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मंगलबार साँझ निरौलालाई रानीस्थित क्षेत्रीय कार्यालयबाट पक्राउ गरेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो । ‘घोटला प्रकरणमा थप अनुसन्धान गर्न बैंककका प्रमुख निरौलालाई नियन्त्रणमा लिएका हौं,’ एसपी बिसीले भन्नुृभयो, ‘बुधबार थप अनुसन्धान पछि मात्र अरु कुरा भन्न सकिन्छ । अहिले हामी यति मात्र भन्न सक्छौं ।’ प्रहरीले यसअघि राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई १० करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ गरी बैकिङ कसुर अन्तर्गत मुद्दा चलाएको छ ।
प्रहरीले राउतलाई पक्राउ गरेसँगै विराटनगर भन्सारका क्लियरिङ एजेन्ट सुरेश बोहरा र उनका प्रतिनिधि ललित बोहराका नाममा पक्राउ पूर्जीसमेत जारी गरेको छ । बोहोरा दुवैजना अहिले फरार छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । काउन्टरमा बोहरा दाजुभाइले राजस्वबापत बुझाएका एकाउन्ट पे–चेकहरू क्लियरिङ हुन नसकेपछि घोटाला भएको खुलेको हो । मोरङ र सुनसरीका ठूला उद्योगका कच्चा पदार्थ एवं ठूला व्यावसायिक घरानाका व्यापारिक मालसामानको भन्सार क्लियरिङ गर्दै आएका बोहरा दाजुभाइले पटक–पटक र विभिन्न एकाउन्ट पे–चेकमार्फत मालवस्तु छुटाएको तर खातामा रकम नभएका कारण ती चेकहरू क्लियरिङ हुन नसकेको हो । बोहरा दाजुभाइले केही रकम बुझाएपनि हाल ९ करोड ६१ लाख ५५ हजार रुपैयाँ क्लियरिङ हुन सकेको छैन ।
सिरियामा भएको बालबालिकाको हत्याको विरोधमा प्रर्दशन
झापा/ सिरियामा भएको बालबालिकाको हत्याको विरोधमा जिल्लाको शिवसताक्षीस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुले मौन जुलुश निकालेर विरोध प्रर्दशन गरेका छन् ।विद्यालयको राष्ट्रिय रमणीय आदर्श बाल क्लबले जुनियर रेडक्रस सर्कलको सहकार्यमा मौन जुलुशसहित विरोध प्रर्दशन निकालेका हुन् ।
कक्षा ६ देखि १० सम्मका ३ सय बढी विद्यार्थीहरुले हातमा आतंकबादका नाममा बालबालिकाको हत्या गर्न पाइदैंन, सिरियाली चिल्ड्रेन स्वर्गमा वास होस्, बालबालिका हत्या बन्द गर, बालअधिकार महासन्धी उल्लङ्गन गर्न पाइदैंन, बालअधिकार महासन्धी पालना गर, बालबालिकालाई बाँच्न दे जस्ता प्लेकार्ड बोकी दूधे बजार परिक्रमा गरी कोणसभामा पारित भएको थियो ।
कोणसभामा लायन्स क्लब अफ शिवसताक्षीले निर्दाेष बालबालिकाको विनाकारण हत्या गरेकोमा दुःख प्रकट गर्दै बालक्लबले गरेको बालबालिका शसक्तिकरण र प्रभावकारिताको प्रशंसा गर्दै क्लबलाई परेको बेला जुनसुकै सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
संयुक्त राष्ट्र महासंघको सन् १९८९ मा बालअधिकार महासन्धी गर्दैगर्दा विश्वका १ सय ७९ वटा देशहरुले संयुक्त रुपमा गरेको हस्ताक्षरको ठाडो उल्लघंन भएको तथा बालबालिकाले बाँच्न पाउने अधिकारको हनन भएको भन्दै सो मौन जुलुश गरि अधिनायकवाद राष्ट्रलाई शिक्षा ग्रहण गर्न सो कार्यक्रम सञ्चालन गरिएको विद्यार्थी सुजन लिम्बुले बताए ।
कार्यक्रममा विद्यालयका प्रअ तथा बालअधिकार मञ्चका संरक्षक कालीप्रसाद रिजालले बालअधिकार मञ्चको गतिविधि माथि प्रकाश पारेका थिए भने विद्यालय स्तरीय बालअधिकार मञ्चका संयोजक शिक्षक गोविन्द काफ्लेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । बाल क्लबकी अध्यक्ष अस्मिता बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुशल नेपालले गरेका थिए ।