१० करोड घोटालाको अभियोगमा बैकका प्रमुख पक्राउ

0
287

मोरङ/ राष्ट्रिय वाणिज्य बैंकको विराटनगर भन्सार शाखामा १० करोड रुपैयाँ घोटाला प्रकरणमा थप अनुसन्धानको लागि निरौलालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय वाणिज्य बंैक सुक्खा बन्दरगाह शाखाका प्रमुख विष्णुप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मंगलबार साँझ निरौलालाई रानीस्थित क्षेत्रीय कार्यालयबाट पक्राउ गरेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो । ‘घोटला प्रकरणमा थप अनुसन्धान गर्न बैंककका प्रमुख निरौलालाई नियन्त्रणमा लिएका हौं,’ एसपी बिसीले भन्नुृभयो, ‘बुधबार थप अनुसन्धान पछि मात्र अरु कुरा भन्न सकिन्छ । अहिले हामी यति मात्र भन्न सक्छौं ।’ प्रहरीले यसअघि राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई १० करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ गरी बैकिङ कसुर अन्तर्गत मुद्दा चलाएको छ ।

प्रहरीले राउतलाई पक्राउ गरेसँगै विराटनगर भन्सारका क्लियरिङ एजेन्ट सुरेश बोहरा र उनका प्रतिनिधि ललित बोहराका नाममा पक्राउ पूर्जीसमेत जारी गरेको छ । बोहोरा दुवैजना अहिले फरार छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । काउन्टरमा बोहरा दाजुभाइले राजस्वबापत बुझाएका एकाउन्ट पे–चेकहरू क्लियरिङ हुन नसकेपछि घोटाला भएको खुलेको हो । मोरङ र सुनसरीका ठूला उद्योगका कच्चा पदार्थ एवं ठूला व्यावसायिक घरानाका व्यापारिक मालसामानको भन्सार क्लियरिङ गर्दै आएका बोहरा दाजुभाइले पटक–पटक र विभिन्न एकाउन्ट पे–चेकमार्फत मालवस्तु छुटाएको तर खातामा रकम नभएका कारण ती चेकहरू क्लियरिङ हुन नसकेको हो । बोहरा दाजुभाइले केही रकम बुझाएपनि हाल ९ करोड ६१ लाख ५५ हजार रुपैयाँ क्लियरिङ हुन सकेको छैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here