झापा मोडलको २२ औ बार्षिकोत्सवमा साँस्कृतिक कार्यक्रम, फोटो सेसनका झलकसहित

0
349

दमक/ दमक–८ स्थित झापा मोडल अंग्रेजी सेकेण्डरी बोर्डिङ स्कुलले बुधबार आफनो २२ औ बार्षिकोत्सवसहित अभिभावक दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । स्कुलको प्राङगणमा एक कार्यक्रम गरि बार्षिकोत्सवसहित अभिभावक दिवस मनाईएको प्रिन्सीपल सागर श्रेष्ठले जानकारी दिए ।
प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्कुलले पूराना कार्यरत शिक्षकसहित दमकका शैक्षिक व्यक्तित्वहरुलाई समेत सामूहिक रुपमा सम्मान गरिएको थियो । स्कुलको शैक्षिक क्षेत्रमा योगदान पुर्याँएवापत पूराना शिक्षिका चन्द्रकला अधिकारी, शिक्षक प्रेम सुवेदीसहित ढुकुरपानी माविका प्रधानाध्यापक लिलानाथ खनाल,हिमाविका पूर्व प्रअ छविलाल शर्मा सिटौला, सरस्वती माविका पूर्व प्रअ दिलीप श्रेष्ठ , दमक बहुमुखी क्याम्पसका पूर्व प्रमुख मोहनकुमार भण्डारी र चुलाचुली बोर्डिङका संस्थापक निर्देशक मनोज साङपाङ राईलाई सम्मान गरिएको थियो ।
त्यस्तै स्कुलले बार्षिकोत्वसका अवसरमा अभिभावकहरुवीच आयोजना गरिएको खेलकुद प्रतियोगीताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरेको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत,नृत्यहरु प्रस्तुत गर्नुका साथै धिमाल जातिका भेषभूषाको प्रर्दशनी , होटल म्यानेजमेन्टका विद्यार्थीहरुले तयार गरेका खाद्य सामाग्रीहरुको समेत प्रर्दशनी गरिएको थियो । त्यस्तै, विद्यालयले दुई जना विद्यार्थीलाई उत्कृष्ठ घोषित गरि पुरस्कार दिईएको थियो । त्यस पुरस्कारवाट जुनियर तर्फ कृतज्ञता थापा र सिनीयर तर्फ अमन जैसवाल घोषित भएका थिए । यसैगरि विभिन्न चार वटा क्षेत्रमा उत्कृष्ठ हुने विद्यार्थीलाई समेत पुरस्कृत गरियो ।
त्यस अवसरमा प्रदेशसभा सदस्य राई,विद्यालयका संस्थापक निर्देशक जयवहादुर श्रेष्ठलगायतले शैक्षिक क्षेत्रको विकासमा संस्थाथगत विद्यालयको भूमिकाका बारेमा चर्चा गरेका थिए । विद्यालयकी निर्देशक जस्मिन श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिईन् । सोही कार्यक्रममा विद्यालयले दमक पब्लिक लाइव्रेरी र झापा मोडलविच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार विद्यार्थीले दमक पब्लिक लाइव्रेरीमा सुविधा लिन सक्नेछन्, जसको शुल्क विद्यालयले एकमुष्ठ तिर्ने विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा विद्यालय परिवारको फोटो सेसन समेत गरिएको थियो भने नृत्यका साथै ‘बल्ल छोरो सप्रियो’ नामक नाटक प्रश्तुत गरिएको थियो ।

फोटो सेसनका झलक

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here