कांग्रेस नेता भन्छन्– नयाँ अध्याय शुरु गर्नुपर्छ

0
181

प्रदेश आवाज
दुधे/ नेपाली कांग्रेसका नेताहरुले अब कांग्रेसलाई नयाँ अध्याय शुरुवात गर्नुपर्ने जोड दिएका छन् । उनीहरुले कांग्रेसमा नयाँ ढंगबाट पूनर्संरचना हुनु पर्ने भन्दै त्यसलाई शसक्त बनाउन खाँचो औल्याए ।
नेपाली कांग्रेस शिवसताक्षी नगर सम्मेलनको दुधेमा विहिबार सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाश शरण महतले अव कांग्रेस जिम्मेवार प्रतिपक्षी भएर पार्टी पूर्नजागरणमा जुट्ने बताए । उनले जनताले दिएको कांग्रेस प्रतिको अभिमतलाई सम्मान गर्दे अवको ५ वर्ष जनताका घरघरमा कांग्रेस पुग्ने उल्लेख गरे । ‘कांग्रेसका हरेक कार्यकर्तासंगै हामी रहन्छौ ’ डा. महतको भनाई थियो ।
सबै कार्यकर्ताहरुलाई पार्टीलाई पुनर्जागरणमा लाग्न निर्देशन दिँदै नेता महतले कांग्रेस कहिल्यै नमासिने दुवो भएकोले अब पुनः झांगिएर पैmलने विश्वास दिलाए ।
उनले वर्तमान सरकारले अधिनायकबादी चरित्र देखाउन थालेको टिप्पणी गर्दे डा. महतले भने,–‘ एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दम्भ बढ्ेको छ, संसदमा एक्लै छौ भन्ने विर्सनुस् ।’ उनले सत्ताको बहुमतको घमण्ड हावी भए कांग्रेस चुप लागेर नवस्ने चेतावनी दिए ।
सरकारका गुण र दोषको आधारमा समर्थन र बिरोध गर्ने भन्दै कांग्रेस नेता महतले आफुसंग बहुमत छ भन्दैमा हर्कत प्रस्तुत नगर्न सल्लाह दिए । संघीय ,प्रदेशसभाको निर्वाचनमा कांग्रेस पराजित नभएको डा. महतको तर्क थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री केशब कुमार बुढाथोकीले अब कांग्रेसमा नयाँ अध्याय सुरुवात भएको बताए । पार्टी नयाँ ढंगबाट पूनर्संरचना हुने भन्दै बुढाथोकीले लोकतन्त्रलाई संस्थागत गर्न र संबिधान कार्यान्वयनको लागि कांग्रेसमा पूर्नजागरण जरुरी भएको औल्याए । बुढाथोकीले लोकतन्त्रलाई संस्थागत गर्न र संबिधान कार्यान्वयनको लागि कांग्रेसमा पूर्नजागरण जरुरी भएको औल्याए ।
कांग्रेस नगर संयोजक पर्शुराम ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस झापाका पूर्व उपसभापति देउमान थेवे, कांग्रेस जिल्ला सचिव प्रेम सम्बाहाम्फे, महासमिति सदस्य सुरेस सुब्बा, महिला नेतृहरु देवीकुमारी दाहाल,कविता बस्नेत, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहलगायतले पार्टीलाई गतिशील बनाउन सवै नेता,कार्यकर्ताहरुमा पूर्नजागरण आउनु पर्ने जोड दिएका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here