दुर्घटनामा एकको मृत्यु चार घाइते

0
458

पाँचथर/ सवारी दुर्घटनामा परेर पाँचथरमा एक जनाको मृत्यु भएको छ भने अन्य चार घाइते भएका छन् । बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका ३ मच्छेबुङमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम नगरपालिका ५ का १४ वर्षका सहयोग तुम्बापो रहेका छन् ।
ट्र्याक्टरका चालक युवराज तुम्बापो घाइते भएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । त्यस्तै पाँचथरमै भएको अर्काे सवारी दुर्घटनामा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ ।
मेमेङबाट फिदिम आउने क्रममा को १ ज २०१७ नम्बरको जिप दुर्घटनामा फिदिम नगरपालिका ९ का नरेन्द्र घिमिरे गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि झापा रिफर गरिएको छ । उक्त दुर्घटनामा अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here