प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोका अन्त्य भई वसन्त ऋतुको न्यानो शुरु हुने चरणमा छ । यो समय पाउलो फेर्ने र शुक्रकिटको बृद्धी हुने या यौनाङ्ग सक्रिय हुने समय भनिन्छ, सोही कारण पञ्चाङ्ले बसन्तको बेला विवाहको योग छनौट गरेको ज्योतिष र विज्ञहरुले तर्क पेश गर्दै आएका छन् ।
यसर्थ सन्तान नभएका युवा युवती होलीको रातो रंगमा वा सप्त रंगीमा रमेपछिको मुडले सन्तानप्राप्तीमा सहयोग पुग्ने विश्वास पनि गरिदै आएको छ । बसन्त ऋितुलाई योन सक्रियताको ऋितुमा परिभाषित गरेर हेर्ने हो भने होली यौन उत्तेजनाको पर्वको रुपमा पनि बुभ्न सकिन्छ ।
विमल लामिछाने
पहाड र मधेसमा उत्साहपूर्वक मनाइने होली दक्षिण एसियाका अन्य देशमा पनि मनाइन्छ । अनेक मिथकमा आधारित होली या फागु हाम्रो मौलिक पर्व बन्दै आएको छ । यस पर्वमा तराई–मधेस र छिमेकी भारतमा मुहूर्त हेरेरै होलिकाको मूर्ति बनाएर जलाइन्छ । रातो रङलाई विजयको प्रतीक मानिने पूर्वीय सभ्यताले होलिका दहनलाई सत्यको विजय भएको ठानी विजयभाव प्रकट गर्न रङको प्रयोग प्रचलनमा ल्याएको पनि भनिएको छ ।
फागु पूर्णिमा रंगहरुको पर्वका रुपमा मनाईने होली पर्व पनि हो । वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपूर्ण रुपमा देशभर होली पर्व मनाउने गरिन्छ । असत्य माथि सत्यको जीतको रुपमा होली पर्व मनाउँदै आईएको छ । आपसमा रङ्गहरु दलेर खुसीयाली साटासाट गरेर मनाईने पर्वमा जसरी बिभिन्न रङ्गहरुको महत्व रहन्छ, त्यसरीनै समाजमा सवै जाती–भाषा, लिङ्ग, वर्ण तथा समुदायको सम्मिश्रण सुहाउँछ भन्ने मर्म यस पर्वले बोकेको छ । भातृत्व र आपसि सद्भावको पर्व–हालीको रौनक बिभिन्न क्षेत्रमा शुरु भई सकेको छ । तलाउमा नुहाउन लागेका गोपिनीको लुगा श्रीकृष्णले लुकाइदिएको सन्दर्भमा हप्ता दिनसम्म मनाइने यो पर्व अन्यत्र हिरण्यकश्यप राक्षसकी बहिनी होलिकाको दहनको स्मृतिस्वरूप मनाइएको पनि भनिन्छ । बिभिन्न स्थानमा संस्कार अनुसार होलीको उत्सव शुरु भएको भएपनि अहिलेसम्म बास्तविक यहीबाट होली शुरु भएको हो भन्ने प्रमाणित कसैले गर्न सकेको पाइदैन । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाउनु पर्ने हो तर अहिले केहि भड्किलो भएर जाँदैगरेको अनुभूत हुन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।
होली पर्वको दिन आफ्नो घरमा शत्रुनै आए पनि सम्मान र स्वागत गर्नु पर्ने किम्वदन्ति रहँदै आएको छ । त्यसैले यस पर्वको महत्व र सारतत्वलाई जीवन्त बनाउन र दैनिक जीवनमा पनि लागु गर्न होलीले सन्देश पनि दिने गरेको छ । वर्षभरी दैनिक जीवनमा रहे–बनेका बिभिन्न बैमनस्यता तथा आपसी कटुता बिर्सेर भातृत्व बलियो पार्न हरेक वर्ष हामीलाई झक्झक्याउने गरेको छ होलीले ।
होली पर्वका नाममा केहि वर्षयता भित्रिदैँ गरेका बिक्रितीहरुले पनि संस्कृतीका हिमायतीहरुलाई चिन्तित बनाएको छ । पर्व मनाउने र रमाईलो गर्ने बहानामा भाँङ्, धतुरोका बिभिन्न परिकार खाने, शरीरमा बिभिन्न प्रकारका रङ्ग–रोगन गर्ने, छालाका लागि अनुपयोगी रङ्हरु प्रयोग गर्ने तथा जवरजस्ति रङ्ग दल्ने तथा लोला हान्ने प्रबृती पनि बढेको छ । युवा पुस्तामा बढेको यस प्रकारको शैलीले संस्कारलाई बलियो भन्दा पनि बिटुलो बनाउने हो कि भन्ने पनि चिन्ता बढेको छ ।
कम्तिमा होलीले दिएका सन्देशहरुलाई हामीले दैनिक जीवनमा अबलम्बन गर्न सक्यौ भने यस पर्व प्रतिको सच्चा अनुशरण ठहरिने छ । बिभिन्न समुदाय बिच चिसिन खोजेको सम्बन्ध बलियो पार्न पनि होली पर्वले हामीलाई सचेत र सजग गराई रहेको छ, ।
होली केवल धार्मिक कारणले मात्र मनाइने गरे पनि यसका पछाडी केही बैज्ञानिक कारणहरु समेत रहेका छन् । प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोका अन्त्य भई वसन्त ऋतुको न्यानो शुरु हुने चरणमा छ ।
पहाडी इलाकाका केही शीवालयमा लिंग पूजा गरेर अविरजात्र शुरु गर्ने, उपत्याका र भक्तपुरमा पौराणिक पात्र भीमसेनको लिंगको प्रतीक बनाई फागुकै दिन सहरमा घुमाउनुले यो पर्व सिर्जना, उत्पादकत्व र यौनसँग जोडिएको समेत अर्थ लगाउन सकिन्छ । प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोका अन्त्य भई वसन्त ऋतुको न्यानो शुरु हुने चरणमा छ । यो समय पाउलो फेर्ने र शुक्रकिटको बृद्धी हुने या यौनाङ्ग सक्रिय हुने समय भनिन्छ, सोही कारण पञ्चाङ्ले बसन्तको बेला विवाहको योग छनौट गरेको ज्योतिष र विज्ञहरुले तर्क पेश गर्दै आएका छन् । यसर्थ सन्तान नभएका युवा युवती होलीको रातो रंगमा वा सप्त रंगीमा रमेपछिको मुडले सन्तानप्राप्तीमा सहयोग पुग्ने विश्वास पनि गरिदै आएको छ । बसन्त ऋितुलाई योन सक्रियताको ऋितुमा परिभाषित गरेर हेर्ने हो भने होली यौन उत्तेजनाको पर्वको रुपमा पनि बुभ्न सकिन्छ ।
होली केवल धार्मिक कारणले मात्र मनाइने गरे पनि यसका पछाडी केही बैज्ञानिक कारणहरु समेत रहेका छन् । आयुर्वेदका अनुसार एउटा ऋतु सकिने र अर्को ऋतु लाग्ने समयमा मानव शरीरमा आलस्य पैदा हुने र विभिन्न संक्रमणका कारण विरामी हुने सम्भावना अत्याधिक हुन्छ । शिशिर ऋतुको चिसोका कारण शरीरमा कफको मात्र बढेको हुन्छ । शरीरमा बढेको कफ वसन्त ऋतुमा तापक्रम बढ्ने हुँदा शरीरबाट कफ बाहीर निस्कने क्रम शुरु हुन्छ भनिन्छ ।
पुरातन संस्कार र पौराणिक ग्रन्थहरुको इतिहासलाई हेर्ने हो भने त्रेतायुगमा हिरण्यकश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् बिष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपु स्वयंले धेरै प्रयास गरे तर केहीगर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसनी जो हिरण्यकस्यपुकी बहिनी थिइन, उनलाई प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा होमिइन् तर आगोले प्रल्हाद केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्यकश्यपुलाई पनि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे । यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ्ग घोलेर एक अर्कामाथि लगाईदिने चलन रहेको धर्मग्रन्थहरुमा बताइएको छ । यहिबाट पौराणिक घटनाकी होलिका नामककी राक्षसनीको बध भएको दिनको रुपमा होली खेल्ने चलन सुरु भएको किम्वदन्ती रहेको छ । होलीमा रातो, हरियो, पहेंलो, निलो सहित बाँकी सवै प्रकारका रङ्गको प्रयोग गरिन्छ ।
अर्को पौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्न स्तनमा बिष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयंकर ठूलो शवलाई गोपालवासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङ्गहरुको जात्रा गरेको र खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिकग्रन्थहरुमा गरिएको पाइन्छ । पुराणहरुमा पनि यही उल्लेख गरिएको पाइन्छ । विशेषगरी नारदपुराण र भविष्य पुराणमा होलीको प्राचीनताबारे उल्लेख गरिएको छ ।
होलीकोदिन युवायुवतीहरू गीत गाउँदै नाच्दै रङ्गलगाइदिएर होली खेल्छन् । यस पर्वमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू समेत हुल बाँधेर एक अर्कालाई रङ्ग लगाउँदै हिड्ने गर्दछन् । होलीमा प्रयोग गरिने नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरि बिष्णुले अधर्म नास गर्न तथा धर्म रक्षाका लागि युगअनुसार अवतार लिंदै आउने धार्मिक विश्वास रहेको छ । पहेंलो रङ्ग श्रीकृष्णको प्रिय रङ्ग हो । रातो रंगलाई भने शक्ति र सौभाग्य सूचक मानिन्छ । शक्तिको प्रतिक भएकोले युद्ध विजय र खुशीमा महोत्सवहरुमा पनि रातो रङ नै प्रयोग गरिएको पाईन्छ यसलाई उर्जा र प्रीतिको प्रतिक रङ पनि भनिन्छ । त्यहि भएर प्राय देवताहरूलाई रातोरंगका पहिरनमा देखाइन्छ । महिलाहरुले पनि रातो रङ बढी मन पराउँछन् ।
जे भएपनि होलीमा नाचगान गर्ने, रंग लगाउने, आगो ताप्ने लगायतका कार्य गर्नु स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ । होली पर्वलाई जवरजस्तको पर्व बनाउनु भन्दा साँचो रुपमा आपसी हार्दिकता, भातृत्व र भाइचाराको पर्वको रुपमा मनाउन आवश्यक छ । आगामी पुस्तालाई सु–संस्कृतरुपमा पर्वहरु हस्तान्तरण गर्नकालागि पनि पर्वहरु भड्किलो शैलीले मनाउनु भन्दा मर्यादित र व्यबस्थितरुपमा जोगाउन र समृद्ध बनाउन आवश्यक छ । bmllamichhane@gmail.com