Sunday, November 24, 2024
Home Blog Page 322

दमक अस्पतालले विश्वास पाएन

दमक/ दमकको सरकारी अस्पताल दमक अस्पतालमा पोष्टमार्टम सेवा शुरु गरिएको २ साता वितिसक्दा पनि अहिले सम्म एउटा पनि पोष्टमार्टम केश आएको छैन ।
गएको फागुन ६ गते देखि पोष्टमार्टम सेवा शुरु गर्ने भनेर औपचारिक घोषणा गरिए पनि हालसम्म कुनै पनि पोष्टमार्टम नआएकोले विश्वास नपाएको महसुस भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जिवन शिवाकोटीले बताए ।
शिवाकोटीले प्रचार प्रसार कम भएको र विश्वास नभएर पनि केश नआएको हुन सक्ने बताए । केही दिन अघि दमकमा भएका सडक दुर्घटनाहरुको केही केश दमकमा नआएर अन्तै गएको बताइएको छ ।स्वास्थ्य चौकी बाट स्तर उन्नति भएर जिल्ला स्तरको अस्पताल बनेसँगै स्वास्थ्य विमाका कारण अस्पतालमा विरामीको संख्या भने दिनानु दिन बढ्दै गएको ल्याव टेक्निसियन लोक नाथ पौडेलले बताए ।

पौडेलका अनुसार गएको ३ महिना यतामात्र विरामीको संख्या निक्कै बढेको छ ।
४ जना एमविविएस डाक्टर सहित २२ जना कर्मचारी रहेका जिल्ला स्तरको अस्पतालमा आगामी चैतबाट आकस्मिक सेवा र १५ शैयाको अन्तरङ्ग सेवा पनि संचालन गर्ने तयारी भैरहेको अध्यक्ष शिवाकोटीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

गाँजा तान्दै, बाजा बजाउँदै मंगलम्

दमक/ फागुन २५ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्म ‘गाजा बाजा’ सहित ३ वटा फिल्म एकैदिन लाग्ने भएपनि कुन हलमा कुन हाल्ने भन्नेमा अन्योल भएको छ । फिल्म ‘गाजा बाजा’ को ट्रेलर सार्वजनिक भएको छ ।

सोमवार दमकमा पत्रकार सम्मेलन गर्दै लेखक तथा निर्देशक गणेशदेव पाण्डेले करिव २ वर्ष कानुनी अड्चन रहेपनि अव फूकुवा भइसकेकाले फिल्म प्रदर्शनमा जान लगेको बताए । यो चलचित्र २ वर्ष अघि नै निर्माण भइसकेको भएपनि चलचित्र विकास बोडले रोक लगाएपछि सर्वौच्च अदालत सम्म मुद्धा चलेको थियो । अहिले गाँजाको चन्द्रविन्दु हटाएर फिल्म चलाउने सहमति भएको उनले बताए ।
यूट्युबमार्फत उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी जनरमा निर्माण भएको यस फिल्मको ट्रेलरमा सुशील सिटौला, अनुपम शर्मा र वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।
नामको कारण निर्माण घोषणादेखि नै विवादमा मुछिएको फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् ।

दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमा तयार भएको फिल्ममा वर्षा, अनुपम र सुशीलसँगै रविन थापा, अमर सुवेदी, उद्धव भट्टराई, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल लगायतको अभिनय रहेका छन् । ‘डीआर फिल्म्स’ र ‘टुका इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको फिल्ममा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ । २५ गते दमकको पाथिभरा चलचित्र हलमा एकैदिन २ वटा चलचित्र लाग्ने पूर्वाचल वितरक चैतन्य बरालले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

दमक/ नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसदीय दल निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले ४४ मत पाएर निर्वाचित भएको जानकारी दिए ।
सभापति देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरेका छन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए । संसदीय दलको नेतामा सभापति देउवासँग पूर्वमहामन्त्री सिंहले प्रतिस्पर्धा गरेका थिए ।
पराजित हुने निश्चित भएपनि देउवालाई सर्वसम्मत हुन नदिन सिंहको उम्मेदवारी परेको थियो । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सिंहलाई उम्मेदवार बनाएका थिए । सभापति देउवाको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेकोले संसदीय दलको नेता अरुलाई नै बनाउनु पर्ने पौडेल र सिटौला पक्षधरले बताउँदै आएका थिए ।
देउवा निकट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदिप गिरी र डा। नारायण खड्का सहित पौडेल र सिटौल समुहले महामन्त्री डा। शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन लविङ गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दुग्धजन्य उत्पादनको बजार बढ्दै

इलाम २१ फागुन / जिल्लामा दुग्धजन्य उत्पादनमा वृद्धि भएको छ । माग बढेसँगै उत्पादन बढेको हो ।

जिल्लाका पूर्वी क्षेत्रमा रहेका व्यापारिक केन्द्रहरु फिक्कल, पशुपतिनगर, कन्याम, हर्कटेलगायत बजारमा मात्रै दैनिक ३० हजारदेखि ५० हजार लिटरसम्म दूध बिक्री हुने गरेको छ । यहाँ रहेका डेरी तथा चिज उद्योगले सो दूध खपत गर्ने गरेका छन् ।

यहाँका बजारमा दूधबाट उत्पादित ललीपप, छुर्पी, बम्बैसन र पनिरको माग बढेको छ । दुग्धजन्य उत्पादनको माग बढ्दै गएपछि किसान पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । जिल्ला बाहिरबाट आउने पर्यटकले कोसेलीका रुपमा यहाँ उत्पादित दुग्धजन्य उत्पादन लैजाने गरेका छन् ।

छुर्पी र घ्यू उत्पादन गर्ने ३०० को हाराहारीमा रहेका डेरी उद्योगले दैनिक २५ हजार लिटर दूध खपत गर्ने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा २० करोड ७९ लाख रुपैयाँ बराबरको छुर्पीको कारोबार भएको छ भने ५१ करोड ४० लाख रुपैयाँ बराबरको घ्यू बिक्री भएको छ ।

सहकारीमार्फत दुग्ध संस्थानमा भन्दा निजी डेरीले महँगो मूल्यमा दूध खरिद गर्न थालेपछि किसान डेरीतर्फ आकर्षित भएका हुन् । निजी उद्योगले प्रतिलिटर ६० रुपैयाँ देखि १०० रुपैयाँ सम्ममा दूध खरिद गरे पनि दुग्ध संस्थानले ३० रुपैयाँ देखि ६० रुपैयाँ सम्म मात्र दिने गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

होलीका दिन १ लाख ५ हजार राजस्व

दमक/ इलाका ट्राफिक प्रहरी कार्यालय दमकले होली पर्वमा ट्राफिक नियम उल्लंघन गरी सवारी चालउने हरुलाई कारबाही गर्दा १ लाख ५ हजार रुपैयाँ राजस्व असुल गरेको छ । होली पर्वलाई मर्यादित बनाउन दमकका बिभिन्न ठाउँमा चेक जाँच गर्दा १ सय २५ वटा मोटरसाईकल नियम बिपरित चलाइएकोले नियन्त्रणमा लिईएको थियो ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाई मोटरसाईकल चलाउने तथा तीनजना सवार मोटरसाईकललाई नियन्त्रणमा लिईएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरिक्षक बिनोद कुमार खतिवडाले जानकारी दिए । नियन्त्रणमा लिईएको मोटरसाईकलहरुलाई जरिवाना गरी उक्त राजश्व असुल गरेको उनको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

उद्घाटन खेलमा झापा ११ विजयी

झापा/ रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदुरपश्चिमविरुद्ध ५−० गोल अन्तरले पराजित गर्दै विजय यात्रा तय गरेको हो ।
खेलको छैटौ मिनेटमा झापा ११ का डिफेन्डर देबेन्द्र तामाङले पहिलो गर्र्दै खेलमा खाता खोलेका थिए । विशाल राईको प्रहार पोस्टमा लागेर रिवाउन्स भएको बलले देबेन्द्रको प्रहारमा जाली चुमेको हो । खेलको १४ औँ मिनेटमा झापा ११ का विश्वास श्रेष्ठको प्रहार सुदुरपश्चिमका खेलाडीको खुट्टामा ठोक्किएर्र अन गोल’ भएको थियो ।
३० औँ मिनेटमा झापा ११ का स्ट्राइकर कर्ण लिम्वूले व्यक्तिगत गोल गर्दै अग्रता तेब्वर पारे । पहिलो हाफको इन्जुरी समयमा झापा ११ का खमिरगिल्सन कन्दङ्वाले गरेको प्रहार पनि गोलमा परिणत भएको थियो । भुषण सुब्बाको पासमा कन्दङ्वाले जाली चुमाएका हुन् । खेलको ५२ औँ मिनेटमा योगेश गुरुङले खमिरगिल्सन कन्दङ्वालाई मिलाई दिएको पासलाई झापा ११ का स्ट्राइकर कर्ण लिम्वूले उत्कृष्ट ढंगले गोल गरेका हुन् ।
खेलको १३ औँ मिनेटमा विश्वास श्रेष्ठले डी एरिया नजिकबाट गरेको फ्रि किक प्रहार सुदुरपश्चिमका गोल रक्षक जीवन भट्टराईले पञ्च गर्दै उत्कृष्ट बचाउ गरेका थिए । खेलको २२ औँ मिनेटमा खमिरगिल्सन कन्दङ्वाको प्रहार पनि गोलरक्षक भट्टराईले बचाउ गरे । खेलको ३७ औँ मिनेटमा झापा ११ का कप्तान योगेश गुरुङले मिलाई दिएको क्रस पासलाई स्ट्राइकर कर्ण लिम्वूले सदुपयोग गर्न सकेनन् । सुदुरपश्चिमका गोलरक्षक विट भइसकेको अवस्थामा पनि स्ट्राइकर लिम्वूले गोललाई जाली चुमाउन नसकेका हुन् ।
मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टीमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट नौ र भारतको सिक्किम युनाइटेड क्वल गरी १० वटा टिमको सहभागिता रहेको छ । आइतवारको खेल नेपाल पुलिस क्लव र रुपन्देही ११ बीच हुने आयोजक समितिले जनाएको छ । खेलमा झापा ११ का स्ट्राइकर कर्ण लिम्वू घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बिर्तामोडको डोमालाल संगशालामा सुरु भएको तेस्रो झापा गोल्डकपको उद्घाटन गरेका छन् ।


झापा गोल्डकप उद्घाटन समारोहमा शुभकामना दिँदै मुख्यमन्त्री राईले खेलकुद राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । उनले राजनीतिक प्रभावले खेल क्षेत्र अस्तव्यस्त भएको चर्चा गर्दै मुख्यमन्त्री राईले केन्द्र र प्रदेशमा स्थिर र बलियो सरकार बनेकाले सरकारको प्राथमिकतामा परेको बताए । अब खेलकुद क्षेत्र सबैको प्राथमिकतामा पर्ने उनले बताए । उनले भने, युवा नेतृत्वको बिकासका लागि खेलकुद प्राथमिकतामा पर्छ । मुख्यमन्त्री राईले १ नम्बर प्रदेशलाई खेलकुद हव निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन गर्ने पुर्वाधार तयार गर्ने बताए । सबै खेल बिधामा उत्कृष्ठ खेलाडी उत्पादन गर्ने बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुव सिवाकोटी र बाणिज्य संघ बिर्तामोडका पूर्व अध्यक्ष बलराम कार्कीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

ओली र प्रचण्डलाइ पक्राउपूर्जी

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को नाममा प्रहरीले पक्राउ पुर्जी जारी गरेको विषयमा कडा प्रतिक्रिया दिएको छ। माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई विप्लवलाई पक्राउ गर्न पठाएको पुर्जी मंगलबार मात्र सार्वजनिक भएपछि बुधबार विप्लवको पार्टीले प्रतिक्रिया दिएको हो।

विप्लवको पार्टीका प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गर्ने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नै पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिइएको छ। ‘ओली सरकारले ‘चोरलाई चौतारा र साधुलाई सुली’ गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जन अपराधीलाई अहिले संचालन भइराखेको जनसत्ताको जनअदालतले कारबाहीको शुरुवात गर्ने छ। सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ’, विज्ञप्तिमा भनिएको छ, ‘१० वर्षको जनयुद्ध, यसका उपलब्धि, हजारौं जनयुद्धका सहिदको रगत र नेपाली क्रान्तिविरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताविरुद्ध साम्राज्यवादीको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ।’

भोजपुर जिल्ला अदालतले पुस ९ गते गिरफ्तार गर्न दिएको आदेश अनुसार प्रहरीले पार्टी महासचिवविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति विज्ञप्तिमा कडा शब्दमा निन्दा गरिएको छ। पक्राउ पुर्जी विप्लवका दाजु चन्द्रबहादुर चन्दको घरमा टाँसिएको र हाजिर नभए अंश रोक्का र कब्जा गरिने चेतावनी दिइएको भन्दै विज्ञप्तिमा चर्काे आक्रोश व्यक्त गरिएको छ। प्रहरी प्रशासनले विस्फोटक पदार्थको मुद्दाको नाममा पक्राउ पुर्जी टाँस्ने हर्कत गरेको भन्दै विप्लवको पार्टीले त्यसको निन्दा गरेको छ। प्रकाण्डले सार्वजनिक गरेको विज्ञप्तिमा यो सबै झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनीतिक चरित्र हत्या गर्ने प्रपञ्च भएको उल्लेख छ। यस्तो प्रक्रियालाई तत्काल रोक्न अदालत, प्रहरी प्रशासन र सरकारलाई कडा चेतावनी समेत दिइएको छ।

‘आफ्नो विद्यार्थी जीवनदेखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनीतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पुर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यस्तो झुट, निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ।’

प्रेस विज्ञप्ति

१) हाम्रो पार्टीका महासचिव क.विप्लवको नाममा केपी ओली सरकारको भोजपुर जिल्ला अदालतले भोजपुर जिल्ला प्रहरी कार्यालयको जाहेरी प्रतिवेदनको हवाला दिदै विस्फोटक पदार्थ सम्बन्धी अभियोगमा ०७४ पौष ९ गते गिरप्तार गर्न जारी गरेको वारेन्ट कपिलवस्तु जिल्ला शिवपुरी उहाँको दाजु चन्द्र बहादुर चन्दको घरमा टाँसिएको छ । हाजिर नभए अंश रोक्का र कब्जा गरिने कथित कानुनी धम्की पनि दिइएको छ । यस प्रकारको पक्राउ पूर्जी टाँस र कानुनी धम्कीको हाम्रो पार्टी पुरै खारेज गर्दछ । आफ्नो विद्यार्थी जीवनदेखि क्रान्ति, नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको राजनैतिक अधिकारका निम्ति समर्पित नेतृत्वलाई कथित विस्फोटक पदार्थको मुद्दा लगाई पक्राउ पूर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनैतिक चरित्र हत्या गर्न गरिएको प्रपंच यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनीक निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ ।

२) ००७ सालको राणा विरुद्धको आन्दोलनदेखि अहिले हामीले अगाडि बढाईराखेको एकीकृत जनक्रान्तिसम्म जहिले पनि क्रान्ति एवं आन्दोलनरत जनता र त्यसको नेतृत्व गरिराखेको पार्टी, नेता र कार्यकर्ता विरुद्ध झुट्टा मुद्दा लाउने, सम्पति हड्प्ने, राजद्रोही एवं हतियार खरखजनाको झुटा मुद्दा लगाउने, फाँसीवादी दमन गर्ने, हत्या गर्ने, गाउँका गाउँ जलाउने, अमानवीय यातना दिने, बेपत्ता पार्ने, महिलालाई बलात्कार गर्ने, आतंककारी घोषणा गर्ने, सिआईडी सुराकी गर्ने र राज्यद्वारा फाँसीवादी दमन गर्ने शासक वर्गको दृष्टिकोण र रबैया रहदै आयो । त्यसको निकृष्ट उदाहरण १० वर्षको जनयुद्धका विरुद्ध नेपाली काँग्रेस र एमालेको नेतृत्वमा बनेका सरकारहरुले गरेकोे जंगली दमन हो । जनयुुद्धको बेला जनयुद्धले राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउछ भन्ने राजनैतिक सोच काँग्रेस, एमालेका नेताले बनाउनै सकेनन बरु माओवादी र जनयुद्धलाई कसरी सिध्याउने भन्ने रणनीति तयार गर्न हात धोएर लागे ।

अहिले जस्तो देउवा प्रचण्ड गठबन्धनको प्रचण्ड सरकार बन्ला वा एमाले माके गठबन्धन बनेर प्रचण्डसंग पार्टी एकता गर्नु पर्ला भन्ने देउवा र ओलीको कल्पना भन्दा बाहिरको कुरा थियो । अहिले ओली प्रचण्ड गठबन्धन सरकार इतिहास र जनयुद्धका शासक वर्गलाई मात गर्ने गरी हाम्रो पार्टी र एकिकृत जनक्रान्तिका विरुद्ध निरंकुश, फाँसिष्ट र जंगली दमनको प्रारंभिक अभ्यास गर्दैछ । केही समय अगाडि अनलाईनखबरले “विप्लव राजनैतिक कि अराजनैतिक ?” सरकारले यो कुरा छिटै स्पष्ट गर्नु पर्छ भनि लेखेको विश्लेषणात्मक समाचारको पनि ओली सरकारले स्पष्ट गर्न खोजेको होला । खबरदार ओली प्रचण्ड गठबन्धनको ओली सरकार ! हत्या, हिंसा, झुट्टा मुद्दा, धरपकड र दमनले श्रमजीवी जनताको क्रान्ति र आन्दोलन कहिलै मर्दैन, बरु यो ज्वालामुखीको रुपमा विष्फोट भएर शासक वर्गकै अन्त्यष्टी गर्दछ ।

३) १० वर्षे जनयुद्धका विरुद्ध बर्बर दमन गर्ने र हत्या हिंसाको राज खडा गर्ने काँग्रेस र एमाले सरकारका नेताहरुको नामका देश द्रोही, राष्ट्रघाती, जन हत्यारा, साम्राज्यवादका एजेन्ट, बलत्कारी, गाउँ खरानी बनाउने विध्वंशकारी र जनताको सम्पत्ती लुट्ने लुटेरा लगायतका मुद्दाका फायलहरु जनयुद्धले जन्माएको जनसत्ताको जनअदालतमा ज्यूदै छन् । ओली सरकारले “चोरलाई चौतारा र साधुलाई सुली” गर्ने हो भने जनयुद्धमा अपराधी सावित भएका जन अपराधीहरुलाई अहिले संचालन भइराखेको जनसत्ताको जनअदालतले कारबाहीको शुरुवात गर्ने छ । सबैभन्दा पहिला जनअदालतले वारेन्ट पूर्जी केपी ओलीको घरमा टाँस्ने छ । १० वर्षको जनयुद्ध, यसका उपलब्धीहरु, हजारौं जनयुद्धका शहिदहरुको रगत र नेपाली क्रान्तिका विरुद्ध अपराध गरी दलाल संसदवादको पुच्छर बनेर हाम्रो पार्टी, क्रान्ति र नेपाली जनताका विरुद्ध साम्राज्यवादीहरुको निर्देशनमा दमनमा उत्रने प्रचण्डको घरमा पनि वारेन्ट पूर्जी टाँसिने छ । त्यसपछि जनयुद्ध र एकीकृत जनक्रान्ति विरुद्धका अपराधीहरुलाई वारेन्ट पूर्जी जारी गर्ने छ ।

४) स्मरण होस् हामी राष्ट्रघाती, देश बेचुवा, दलाल, भ्रष्टाचारी, कमिशन खोर, महिला बेचुवा होइनौं ! के ओली प्रचण्ड गठबन्धन सरकारले हाम्रो बारेमा प्रश्न उठाउन सक्छ ? हाम्रो पार्टी र नेतृत्व त यसका विरुद्धको क्रान्तिमा छ । यसर्थ हाम्रो पार्टी महासचिव क.विप्लवलाई लगाईएको झुट्टा मुद्दा तुरुन्तै खारेज गरियोस । यदि खारेज गरिएन भने हाम्रो पार्टी नेता कार्यकर्तालाई झुट्टा मुद्दामा फसाउने, गिरप्mतार गर्ने र पार्टी माथि दमन गर्ने योजनाकार, अदालत एवं प्रशासनका कारिन्दा र सिआईडी सुराकी विरुद्ध कारबाही बढाउन पार्टी वाध्य हुने कुरा समेत स्पष्ट गर्दछ । यसबाट निष्किने भयावह परिणामको कारक तत्व ओली सरकार, प्रचण्ड ओली गठबन्धन र यो देशका दलाल तत्वहरु हुनेछन । धन्यवाद ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

प्रलोभनमा ४०० युवा ठगिए

१९ फागुन, काभ्रे/ खानीखोलाका ओमविक्रम लामा रोजगारीका लागि विदेश जाने तयारीमा थिए ।कक्षा १२ मा अध्ययन गर्दागर्दै भारतको गोवा पुगेर वेटर काम गरेका उनी १२ बैशाख २०७२ को भूकम्पपछि नेपाल आएका थिए । घर बनाउने लगायतका काम गरेपछि गोवा होइन, विदेश जाने सोच बनाए । दुबईमा रहेका नातेदारसँग उनले विदेश जाने योजना सुनाएका थिए ।

तर, विदेशमा रहेका नातेदारले आफूलाई पनि राम्रो जागिर छ भन्दै आउन प्रेम लामाले प्रस्ताव गरेको सुनाए । ओमलाई लाग्यो, नेपालमै बसेर काम गर्ने र राम्रो तलब पाइने भए किन विदेश जानू ? रौतहटका प्रेमसँग पटक–पटक भेट भयो । उनले भारतको विहारस्थित मोतिहारी जिल्लाको ‘आइकोनिक ट्रेड मार्ट कम्पनी’ले वीरगञ्जमा अफिस राखेर विभिन्न पदमा जागिर दिन लागेको सुनाए ।

मासिक ४० हजार भारु तलब आउने, दुई महिनापछि दोब्बर हुने तर, सुरुमा केही पैसा बुझाउनु पर्ने बताए । ओमले विदेशमा भएका साथीभाइसँग ऋण लिए र ३१ साउनमा प्रेमसँग वीरगञ्ज लागे ।त्यो दिन उनलाई प्रेमले ‘वीरगञ्जमा होस्टल खाली रहेनछ, १५ मिनेट पारी जाउँ’ भन्दै भारत प्रवेश गराए । उनी भन्छन्, ‘१५ मिनेट भन्दै ३ घन्टा पर लग्यो र एउटा होस्टलमा पुर्‍यायो ।’

त्यहाँ उनीसँगै थुप्रै युवाहरुले केही दिन कक्षा लिए । ओमले ‘प्रोडक्टमा लगानी’ भन्दै २ लाख ४ हजार ८०० रुपैयाँ बुझाए . होस्टल शुल्क भनेर १५ हजार लिइएको थियो ।

तालिम लिएपछि उनी घर फर्किए । जब महिना मर्‍यो, तलब बुझ्न जाँदा उनी छाँगाबाट खसे झै भए । ओम भन्छन्, ‘तिमीले अरु मान्छे ल्याएका छैनौं, ल्याएको भए तलब पाउँथ्यौं भन्न थाले ।’ त्यसपछि उनलाई लाग्न थाल्यो यो कम्पनीको भर छैन तर, २ लाख बढी रकम पनि फसिसकेको थियो । उनको नागरिकता पनि कम्पनीसँगै थियो, जुन अहिलेसम्म फिर्ता पाएका छैनन् ।

उनी मात्र होइन, खानिखोला गाउँपालिकाका राजेन्द्र थोकरले पनि शिक्षकको अस्थायी छाडेर यो कम्पनीमा पुगेका थिए । २ लाख ८ हजार रुपैया रकम बुझाएका उनी पनि ओम जस्तै ठगिएका छन् । ओम, राजेन्द्रसहित २७ जना युवाले शनिबार पत्रकार सम्मेलन गरेर आफूहरु ठगिएको बताएका छन् ।

‘हामीलाई वीरगञ्जबाट फोन नै नलाग्ने स्थानमा लगियो, अनि मोवाइल र पैसा जर्वजस्ती खोसियो’ पत्रकार सम्मेलनमा उपस्थित विवेक वाइबाले भने, ‘जागिर भनेर लगेर बन्दक बनायो ।’ उनीहरुका अनुसार करिव ४ सय ठगिएका छन् ।

पीडितहरुका अनुसार रौतहटका प्रेम लामा, अमित तिमल्सिना, बाराका उदयराज पाण्डे, सञ्जय रेश्मी मगर, हेलन रेश्मी भनिने तारा थापा मगर, राजु लामा र धादिङकी लिलामाया मोक्तान लगायतको समूहले नेटवर्क बनाएर ठगी धन्दा चलाएका छन् । रोजगार दिने नाममा युवाहरुबाट लाखौं रकम असुल्ने समुहका प्रेम लामा पक्राउ परेका छन् भने अरु फरार छन् ।

टुरिस्ट गाइड, कम्प्युटर अपरेटर, वेटर, कुकको जागिर दिने प्रलोभन देखाएर मानिस जम्मा पर्ने र रकम लिएर ठगी गर्ने यो समूहको धन्दा हो । उनीहरुले हरेकबाट २ लाख ८ हजार असुलेका छन् ।ठगीमा संलग्नहरुको खोजी भइरहेको काभ्रे प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रदेश आवाज
दमक,१९ फागुन/ मोटरसाइकलको ठक्करबाट झापाको शिवसतासी –८ मा गएराती एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुृनेमा शिवसतासी ११ की ५५ बर्षीया धनमाया राई रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
शुक्रबार बेलुकी साढे ७ बजे मे ४ प २९८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी राईको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
यसैगरि शुक्रवार दमक –५ स्थित पूर्वपश्चिम राजमार्गस्थित सडकखण्डमा स्कुटर दुर्घटना हुँदा कमल गाउँपालिका –५ बस्ने २५ बर्षिया कल्पना बस्नेत घाईते भएकी प्रहरीले जनाएको छ ।
मे ६ प ७३९९ नम्बरको स्कुटर विहान ११ बजेतिर अनियन्त्रित भइ दुर्घटना हुदाँ स्कुटरमा सवार पछाडी सवार बस्नेत घाइते भएका हुन् । घाईतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएकोछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

डिएसपीले भने–उश्रृखल भएर होली खेल्नेलाई छाड्दैनौं

दमक/ होली पर्वलाई मर्यादित बनाउन सबैले सहयोग गर्नु पर्ने इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । इलाका प्रहरी कार्यालय दमकले आयोजना गरेको अन्तर्कि्रया कार्यक्रममा बोल्दै दमक प्रहरी प्रमुख गिरीले प्रहरीको मात्रै एकल प्रयासमा सामाज सम्बृद्ध नबन्ने बताउँदै सबैलाई सहयोगको लागि आग्रह गरेका छन् ।

होलीको बहानामा भाङ, धतुरोका साथै मदिरा सेवन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र उश्रृखल गतिबिधि गर्ने जो कोहिलाई कानुन अनुसार कारबाही गरिने डिएसपीको भनाई छ । अन्तरक्रियामा विभिन्न संघ संस्थाका प्रतिनिधि र सामाजिक ब्याक्तित्वले सुझाव समेत राखेका थिए ।

इच्छा बिपरीत रंग दल्ने, जबरजस्ति गर्नेहरुलाइ पक्राउ गरिने उनले जानकारी दिए । मादक पदार्थ खाएर सवारी चलाउने काम पनि नगर्नका लागि उनले आग्रह गरेकाछन् । अटेर गर्नेलाइ पक्राउ गरेर कानून बमोजिम कार्वाही गरिने र यसमा कसैलाइ पनि सोर्सफोर्स नलाग्ने उनले स्पष्ट पारे ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विनोदकुमार खतिवडाले ट्राफिक नियम पालना नगर्नेलाइ कार्वाही गर्ने बताए । फोन गरेर त्यस्ता ब्याक्तिलाइ छुटाउन नभन्न भन्दै भनेमा त्यो नमान्ने पनि जनाए ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रोशन गौतम होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगाल, उपाध्यक्ष सुधिर प्रधान, लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम, जिबन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, महिला नेतृ निर्मला पाठक यातायात मजदूर नेता विश्वासकुमार काश्यप लगायतले सुझाव दिएका थिए ।

यसैविच फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व विहिवार पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाईएको छ । पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, भोजपुर, ओखलढुंगा र खोटाङ जिल्लामा हर्षोल्लासपूर्वक मनाइएको जिल्ला समाचादाताहरुले जनाएका छन् ।

बिभिन्न रंगहरुमा रंगिएका नागरिकहरुले सडक बजारहरुमा निश्किएर होली मनाएका छन् । झापामा होलीको सरकारी बिदा आज भए पनि विहिवार होली खेलिएन । पहाडि जिल्ला संग जोडेर सरकारले झापालाई अघिल्लो दिन नै सरकारी बिदा दिए पनि दोस्रो दिनमात्र होली खेलिने भएको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्