उद्घाटन खेलमा झापा ११ विजयी

0
326

झापा/ रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक रमपम झापाले सुदुरपश्चिमविरुद्ध ५−० गोल अन्तरले पराजित गर्दै विजय यात्रा तय गरेको हो ।
खेलको छैटौ मिनेटमा झापा ११ का डिफेन्डर देबेन्द्र तामाङले पहिलो गर्र्दै खेलमा खाता खोलेका थिए । विशाल राईको प्रहार पोस्टमा लागेर रिवाउन्स भएको बलले देबेन्द्रको प्रहारमा जाली चुमेको हो । खेलको १४ औँ मिनेटमा झापा ११ का विश्वास श्रेष्ठको प्रहार सुदुरपश्चिमका खेलाडीको खुट्टामा ठोक्किएर्र अन गोल’ भएको थियो ।
३० औँ मिनेटमा झापा ११ का स्ट्राइकर कर्ण लिम्वूले व्यक्तिगत गोल गर्दै अग्रता तेब्वर पारे । पहिलो हाफको इन्जुरी समयमा झापा ११ का खमिरगिल्सन कन्दङ्वाले गरेको प्रहार पनि गोलमा परिणत भएको थियो । भुषण सुब्बाको पासमा कन्दङ्वाले जाली चुमाएका हुन् । खेलको ५२ औँ मिनेटमा योगेश गुरुङले खमिरगिल्सन कन्दङ्वालाई मिलाई दिएको पासलाई झापा ११ का स्ट्राइकर कर्ण लिम्वूले उत्कृष्ट ढंगले गोल गरेका हुन् ।
खेलको १३ औँ मिनेटमा विश्वास श्रेष्ठले डी एरिया नजिकबाट गरेको फ्रि किक प्रहार सुदुरपश्चिमका गोल रक्षक जीवन भट्टराईले पञ्च गर्दै उत्कृष्ट बचाउ गरेका थिए । खेलको २२ औँ मिनेटमा खमिरगिल्सन कन्दङ्वाको प्रहार पनि गोलरक्षक भट्टराईले बचाउ गरे । खेलको ३७ औँ मिनेटमा झापा ११ का कप्तान योगेश गुरुङले मिलाई दिएको क्रस पासलाई स्ट्राइकर कर्ण लिम्वूले सदुपयोग गर्न सकेनन् । सुदुरपश्चिमका गोलरक्षक विट भइसकेको अवस्थामा पनि स्ट्राइकर लिम्वूले गोललाई जाली चुमाउन नसकेका हुन् ।
मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगितामा विजेता टीमले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख पुरस्कार पाउनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट नौ र भारतको सिक्किम युनाइटेड क्वल गरी १० वटा टिमको सहभागिता रहेको छ । आइतवारको खेल नेपाल पुलिस क्लव र रुपन्देही ११ बीच हुने आयोजक समितिले जनाएको छ । खेलमा झापा ११ का स्ट्राइकर कर्ण लिम्वू घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बिर्तामोडको डोमालाल संगशालामा सुरु भएको तेस्रो झापा गोल्डकपको उद्घाटन गरेका छन् ।


झापा गोल्डकप उद्घाटन समारोहमा शुभकामना दिँदै मुख्यमन्त्री राईले खेलकुद राज्यको प्राथमिकतामा पर्न नसकेको बताए । उनले राजनीतिक प्रभावले खेल क्षेत्र अस्तव्यस्त भएको चर्चा गर्दै मुख्यमन्त्री राईले केन्द्र र प्रदेशमा स्थिर र बलियो सरकार बनेकाले सरकारको प्राथमिकतामा परेको बताए । अब खेलकुद क्षेत्र सबैको प्राथमिकतामा पर्ने उनले बताए । उनले भने, युवा नेतृत्वको बिकासका लागि खेलकुद प्राथमिकतामा पर्छ । मुख्यमन्त्री राईले १ नम्बर प्रदेशलाई खेलकुद हव निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन गर्ने पुर्वाधार तयार गर्ने बताए । सबै खेल बिधामा उत्कृष्ठ खेलाडी उत्पादन गर्ने बताए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुव सिवाकोटी र बाणिज्य संघ बिर्तामोडका पूर्व अध्यक्ष बलराम कार्कीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बिभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here