दमक अस्पतालले विश्वास पाएन

0
181

दमक/ दमकको सरकारी अस्पताल दमक अस्पतालमा पोष्टमार्टम सेवा शुरु गरिएको २ साता वितिसक्दा पनि अहिले सम्म एउटा पनि पोष्टमार्टम केश आएको छैन ।
गएको फागुन ६ गते देखि पोष्टमार्टम सेवा शुरु गर्ने भनेर औपचारिक घोषणा गरिए पनि हालसम्म कुनै पनि पोष्टमार्टम नआएकोले विश्वास नपाएको महसुस भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जिवन शिवाकोटीले बताए ।
शिवाकोटीले प्रचार प्रसार कम भएको र विश्वास नभएर पनि केश नआएको हुन सक्ने बताए । केही दिन अघि दमकमा भएका सडक दुर्घटनाहरुको केही केश दमकमा नआएर अन्तै गएको बताइएको छ ।स्वास्थ्य चौकी बाट स्तर उन्नति भएर जिल्ला स्तरको अस्पताल बनेसँगै स्वास्थ्य विमाका कारण अस्पतालमा विरामीको संख्या भने दिनानु दिन बढ्दै गएको ल्याव टेक्निसियन लोक नाथ पौडेलले बताए ।

पौडेलका अनुसार गएको ३ महिना यतामात्र विरामीको संख्या निक्कै बढेको छ ।
४ जना एमविविएस डाक्टर सहित २२ जना कर्मचारी रहेका जिल्ला स्तरको अस्पतालमा आगामी चैतबाट आकस्मिक सेवा र १५ शैयाको अन्तरङ्ग सेवा पनि संचालन गर्ने तयारी भैरहेको अध्यक्ष शिवाकोटीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here