कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

0
262

दमक/ नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसदीय दल निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले ४४ मत पाएर निर्वाचित भएको जानकारी दिए ।
सभापति देउवाले २५ मतको अन्तरले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गरेका छन् । कुल ६३ मत मध्ये देउवाले ४४ मत ल्याएका छन् भने सिंहले १९ मत मात्र पाए । संसदीय दलको नेतामा सभापति देउवासँग पूर्वमहामन्त्री सिंहले प्रतिस्पर्धा गरेका थिए ।
पराजित हुने निश्चित भएपनि देउवालाई सर्वसम्मत हुन नदिन सिंहको उम्मेदवारी परेको थियो । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले सिंहलाई उम्मेदवार बनाएका थिए । सभापति देउवाको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय भोग्नु परेकोले संसदीय दलको नेता अरुलाई नै बनाउनु पर्ने पौडेल र सिटौला पक्षधरले बताउँदै आएका थिए ।
देउवा निकट प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदिप गिरी र डा। नारायण खड्का सहित पौडेल र सिटौल समुहले महामन्त्री डा। शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन लविङ गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here