होलीका दिन १ लाख ५ हजार राजस्व

0
195

दमक/ इलाका ट्राफिक प्रहरी कार्यालय दमकले होली पर्वमा ट्राफिक नियम उल्लंघन गरी सवारी चालउने हरुलाई कारबाही गर्दा १ लाख ५ हजार रुपैयाँ राजस्व असुल गरेको छ । होली पर्वलाई मर्यादित बनाउन दमकका बिभिन्न ठाउँमा चेक जाँच गर्दा १ सय २५ वटा मोटरसाईकल नियम बिपरित चलाइएकोले नियन्त्रणमा लिईएको थियो ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेलमेट नलगाई मोटरसाईकल चलाउने तथा तीनजना सवार मोटरसाईकललाई नियन्त्रणमा लिईएको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरिक्षक बिनोद कुमार खतिवडाले जानकारी दिए । नियन्त्रणमा लिईएको मोटरसाईकलहरुलाई जरिवाना गरी उक्त राजश्व असुल गरेको उनको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here