Sunday, November 24, 2024
Home Blog Page 320

वर्षेनी ३५ हजारको मृत्यु

विराटनगर/ वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ ।
प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण समस्यालाई क्षेत्रीय, जातीय, धार्मिक र राजनीतिक बहसभन्दा ज्यादा महत्व दिएर छलफल गरी समाधान गर्नुपर्ने बताए ।
नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुलीले मानव स्वयंको असावधानीले जोखिम निम्त्याइरहेको धारणा व्यक्त गरे ।
कार्यपत्र प्रस्तुत गर्दै नाष्टका प्राज्ञ मदनलाल श्रेष्ठले वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा फोक्सोको अर्बुद ३६, हृदयाघात ३४ र मुटुको बिरामी २७ प्रतिशत हुने गरेको बताउँदै दुई दशमलव पाँच माइक्रोनका धुलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक रहेको जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सिमेण्टका छाप्रा रोक्न माग

दमक/ झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा निर्माण हुने भनेको अर्ध सिमेन्ट प्रयोगको छाप्रा निर्माण कार्य हंसे दुम्से सामुदायिक बनले सरोकारवाला निकायमा रोक्न माग गरेको छ ।
केही महिना अघि देखि अर्ध सिमेन्टको प्रयोग गरेर निर्माण गर्ने भनेको छाप्राको विषयलाई लिएर स्थानीय क्षेत्रमा विवाद चुलिंदै गएको छ ।

शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले सिमेन्टको पोल गाडेर ढेड फिट इटा, बाँसको वेरा र टिनको छाना लगाएर अशक्त भूटानी शरणार्थीका लागि छाप्रा निर्माण गर्ने बताउँदै आउँदा बनले सो कार्य रोक्न माग गरेको बनका अध्यक्ष हिमालय प्रसाद दाहालले बताए । दाहालले सिमेन्टको पोल गाडेर, ढेड फिट इटा लगाएर बनाउने घर भनेको पक्कि संरचनाकै भएको भन्दै सो कार्य गर्न नदिने सामुदायिक बनले निर्णय गरेको बताए ।
यता यस विषयलाई लिएर बन क्षेत्रका सरोकारवालासँग शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइली भने यस अघि अपाङ्गहरुलाई निर्माण गरी बसिरहेको जस्तो छाप्रा निर्माण गर्न बन ऐनले रोक्ने भए शरणार्थीहरुलाई अन्यत्र सार्न आग्रह गरेका छन् ।

शरणार्थी रेखदेख निकाय यूएनएचसीआरले बर्षात हुनु अगाडि नै अशक्त भूटानी शरणार्थीका लागि २ सय हाराहारीको संख्यामा छाप्रा निर्माणको तयारी गरेको र यस अघि जिल्लाका उच्च स्तरका अधिकारी सहितको बैठकले निर्णय गरेको सार्वजनिक गरेको छ । छाप्रा निर्माणका लागि आवश्यक सामाग्री इटा, बालुवा शिविर क्षेत्रमा स्टक गरिसकिएको छ भने छाप्रा निर्माणमा लाग्ने पोल निर्माण कार्य तिव्ररुपमा चलिरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सुन व्यवसायी मुखिया ५ दिन देखि बेपत्ता

झापा/ झापा बिर्तामोडमा विगत दुई वर्षदेखि सुन व्यावसाय गर्दै आएका २६ बर्षिय साजन मुखिया ५ दिन देखि बेपत्ता भएका छन ।

बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसल सञ्चालन गर्दै मुखिया यहि २० गते आईतबार देखि बेपत्ता भएको निजकी श्रीमति रविना मुखियाले जानकारीदिनु भयो । एक छिन बजार पुगेर आउछु भन्दै निस्किएका मुखिया अहिले सम्मपनि घर नफर्किएको रविनाले बताएकी छिन् ।

सो दिन दिउँसो १ः४१ बजे सम्म फोन सम्पर्क हुँदा समेत बजारमा नै रहेको श्रीमती रविनाले राजनले भनेका थिए । मुखियाकी श्रीमती रविनाले सोहि दिन अपरान्हदेखि राजनसंग फोन सम्पर्क हुन छोडेपछि मुखिया परिवारले ईलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराएको बुझिएकोेछ । तर हाल सम्म पनि बेपत्ता मुखियाको विषयमा प्रहरीले कुनैपनि जानकारी नगराएको रविनाले गुनासो गरेकिछिन् ।

ब्यक्तीगत ऋण नभएको र बजारबाट उठनुपर्ने पैसा धेरै भएको मुखिया परिवारले बताएको छ । तर अहिले सम्म कहि कतैबाट पनि चन्दा या धाकधम्कि कहिकतैबाट नआएको परिवारले बताएको छ । रहस्यमय ढंगले साजन बेपत्ता भएपछि सुनचाँदी व्यवसायी संघ झापाले पनि शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै पाँच दिन देखि संघको सदस्य बेपत्ता हुँदा सो विषयमा केहि जानकारी प्राप्त नहुनु दुखद भएको बताएको छ । संघका अध्यक्ष राजु धमलाले प्रहरी प्रशासनले अनुसन्धान जारी रहेको बताए पनि कुनै उपलब्धि हाल सम्म हात नपर्दा अन्य व्यवसायी समेत आतंकित बनेको बताएका छन् ।

संघले बेपत्ताको अवस्था चाँडो सार्वजानिक गर्न प्रहरी प्रशासन समक्ष माग समेत गरेकोछ । ईलाका प्रहरी कर्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी कृष्ण कोईरालाले घटनाका विषयमा सबै संयन्त्र परीचालन गरी अनुसन्धान गरीरहेको बताएका छन् । स्थाई घर बिराटनगर भएका बिगत १० वर्ष देखि झापाको बिर्तामोडमा बस्तै आएको भएपनि २ वर्षयता सुनचाँदी व्यवसाय सञ्चालन गरेको मुखिया परीवारले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

अस्पताल बनाउन जग्गा दान

दमक/ झापाको शिवसताक्षी नगरपालिकामा स्थापित गणेशमान सिंह अध्ययन प्रतिष्ठानले प्राविधिक तथा व्यावसायिक शिक्षालय सञ्चालनका लागि आयोजना गरेको पुराणमा दाताहरुले रकमका साथै जग्गा समेत दिन थालेका छन् । पुराणको शुरुमा नै ६० लाख बराबरको जग्गा उपलब्ध भएको प्रतिष्ठानका केन्द्रीय सदस्य ईश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार नगद तीनलाख भन्दा माथि दान गर्नेहरुले नाम टिपाइरहेका छन् भने हजारदेखि लाख सम्म रकम दिनेहरु रहेका छन् । कार्कीका अनुसार महायज्ञबाट साढे तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
फागुन २३ गते महायज्ञको महामण्डलेश्वर हेमानन्द गिरीले उद्घाटन गरेका थिए ।
पं. दिनबन्धु पोखरेलले कथा वाचन गर्दै आएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २९ गतेसम्म सञ्चालन हुन लागेको हो ।
झापामा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास गर्ने उद्देश्यले २०५६ सालमा स्थापित सो प्रतिष्ठानसँग १० बिघा जग्गा छ । सोही जग्गामा प्राविधिक शिक्षालयसँगै एक सय बेड क्षमताको अस्पताल, सभा भवन र रंगशाला बनाउने लक्ष्य प्रतिष्ठानले राखेको जनाइएको छ । करिब २२ लाख रुपैयाँको लागतमा महायज्ञ सम्पन्न गर्ने प्रतिष्ठानको लक्ष्य छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

रञ्जित गुरुङ पक्राउ

दमक/ आफूलाई पूर्व जनमुक्ति सेना भन्ने रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीले काठमाडौंको न्युरोडबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।
परिसर प्रमुख एसएसपी विश्वरराज पोखरेलका अनुसार उनलाई सोसल मिडियामा ुफागुन २५ र २६ गते नेपाल बन्दु भन्दै आतंक फैलाएको आरोपमा पक्राउ गरिएको हो ।
उनलाई परिसर टेकुमा राखिएको छ । पोखरेलले भने, ुविभिन्न सोसल मिडियामा शुक्रबार र शनिबार नेपाल बन्द भनेर आम मानिसलाई आतंक फैलाएका छन्। त्यसैले हामीले उनलाई पक्राउ गरेका हौं । उनको बारेमा थप अनुसन्धान गरिरहेका छौं ।
गुरुङ समूहले ४ बूँदे माग राखेर दुई दिन नेपाल बन्द भन्दै सोसल मिडियामा प्रचारबाजी गरेको थियो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

दमकमा महिला म्याराथुनको उपाधि ललिता लामिछानेले जितिन्

प्रदेश आवाज

दमक/ ८ मार्च अर्थात अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर दमकमा सम्पन्न भएको खुल्ला महिला म्याराथुनको उपाधी पोखराकी ललिता लामिछानेले जितेकी छन् । दमकको गोरखा डिपार्टमेन्टवाट सुरु भएको म्याराथुन दमक थानारो बाट बजारको कृष्ण मन्दिर , नगरपालिका , मामा चोकवाट फर्केर भृकुटी चोक हुँदै पून गोरखा डिपार्टमेन्ट अगाडी नै समापन भएको थियो । महिलाहरुपनि बाहिर निस्केर केहि गर्न सक्छन् भन्ने सन्देश दिन म्याराथुन आयोजना गरिएको संयोजक उप्रेतीले जानकारी दिइन् ।
डब्लु एम आर नामका फेसबुक समुहले आयोजना गरेको म्याराथुनमा ३ किलोमिटरको दुरी १५ मिनेट ५८ सेकेन्डमा पार गर्दे ललिता प्रथम उपाधि हात पारेकी हुन् ।
म्याराथुनमा दमककी पासाङ लामु सेर्पाले दोस्रो स्थान हाँसिल गरिन् । १७ मिनेट ३५ सेकेन्डमा ३ किलोमिटरको दुरी पार गर्दै दोस्रो स्थान हात पार्न सफल रहेकी छन् भने १८ मिनेट ५४ सेकेन्डमा दुरी पार गरेर कमल गाउँपालिका केरखाकी दिपा तामाङ तेस्रो बनिन् ।
बिजेता सबैलाई प्रशंसा सहित प्रमाण पत्र प्रदान गरिएको थियो । म्याराथुनमा २ सय ८० जना महिलाहरुको सहभागीता रहेको थियो ।
म्याराथुनमा यूथ नेटवर्क, यूथ फर ब्लड, दमक रन लगायतका संस्थाहरुले सहयोग गरेका थिए । म्याराथुनको औपचारिक कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी प्रमुख अतिथी र म्याराथुन कार्यक्रम संयोजक ममता उप्रेती सभापति रहेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

सताब्दिको लडार्इंमा महिलाले पाए ४१ प्रतिशत

दमक/ गाँस, बासका कुरा, समानता र अधिकार प्राप्तिका मुद्धामा आवाज उठाउने महिलाहरु आजको मितिसम्म आइपुग्दा सत्ता सञ्चालनमा झण्डै ४१ प्रतिशतको हाराहारीमा रहेका छन् । अझै कतिपय ठाउँहरुमा महिला सहभागिता सन्तोषजनक नभएको आवाज उठिरहेको छ ।

२०७३ साल साउन २० गते गठन भएको पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिमण्डलमा १ मन्त्री, २ राज्यमन्त्री महिला थिए । २०७४ जेठ २४ गते गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा ३ मन्त्रीसहित ९ राज्यमन्त्रीहरु महिला थिए ।

गतवर्ष अर्थात २०७३ साल फागुन २५ गते ८ मार्चमा जम्मा १ सय ७२ जना महिला सत्तामा थिए । जसमध्ये १ सय ६२ जना समानुपातिक निर्वाचन प्रणाली र बाँकी १० जना प्रत्यक्षबाट निर्वाचित भएका थिए । २०७० सालमा भएको संविधानसभाको दोस्रो चिर्वाचनमा उनीहरु निर्वाचित भएका थिए । २०७४ सालको मार्च ८ आर्थात आजसम्म १४ हजार ६ सय ५२ जना महिला सत्तामा पुगेका छन् ।

यो संख्या स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सभाको निर्वाचनपछिको नतिजा हो । यो तथ्याङ्कले के देखाउँछ भने अधिकार प्राप्तिको नेपाली महिला आन्दोलन एकहदसम्म सफल भएको छ । नयाँ संविधान कार्यान्वयनसँग महिला मुक्तिको सबैभन्दा ठूलो उपलब्धि हासिल भएको छ । अब प्राप्त अधिकारलाई कसरी उपभोग गर्ने भन्ने बहस शुरु भएको छ ।

त्यस्तै तीन तहको निर्वाचनले झण्डै ४१ प्रतिशत हाराहारीमा महिलाको प्रत्यक्ष सहभागिता राज्यसँग रहेको छ । नेपालको संविधान २०७२ ले ३३ प्रतिशत आरक्षण महिलालाई दिएको थियो । पछि परेका जातिमा सम्भावतः यो अवसर महिलाका लागि संसारमै नमुना बन्यो । तर प्रा.डा.टङ्क न्यौपानेका अनुसार अधिकारप्राप्त महिलाहरुमा मात्र पनि औपचारिक शिक्षा अझै कमी भएको र यो अवस्था राजनीतिक दलका पदाधिकारीहरुको प्रवृत्तिको कारण त्यसो हुन गएको उनको भनाइ छ ।

आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । २८ फेब्रुअरी १९०९ बाट शुरु भएकोे राजनैतिक क्रान्ति अहिलेको अवस्थासम्म आइपुग्दा क्रान्तिको स्वरुप निकै फराकिलो भएको छ । गाँस, बासका कुरादेखि विश्वका सबै महिलाको एउटै बोली लिङ्गमा समानता, महिला अधिकारप्राप्ति इत्यादि कुरामा थिए । समयको अन्तराल र महिलाले गरेको सङ्घर्षको नतिजा आज आएर नेपालमा महिलाले पाएको अधिकारको उपभोग कसरी गर्ने भन्ने कुरासम्म आइपुग्नु हो ।

महिला अधिकारकर्मी महिला सञ्जालकी अध्यक्ष शिला बज्राचार्य भन्छिन्, ‘महिलाले आफूले पाएको अधिकारको प्रयोग स्वविवेकले गर्नुपर्छ । कसैको लहलहैमा बहकिएर निर्णय गर्नुभएन ।’ उनले थपिन्, ‘महिलाले कुनै पनि कार्य गर्ने साहस जुटाउन सक्नुपर्छ, त्यो कुरामा हामी महिला अझै पछि परेका छौँ ।’

यसैगरी धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी भन्छिन्, ‘महिलाले अधिकार मात्र खोज्ने होइन, आफ्नो कर्तव्य पनि बुझ्नु पर्यो ।’ उनका अनुसार पहिलो प्राथमिकता नै घर परिवार हो । जबसम्म घर व्यवस्थापन गर्न सकिन्न समाज र राष्ट्र परिर्वतनको कुरा सम्भव रहँदैन । उनले भनिन्, ‘हामी महिलाले अधिकारप्राप्त केही हदसम्म गरेका छौं । अब हाम्रो कर्तव्य के हो बुझ्ने समय आएको छ ।’

यसैगरी अधिवक्ता शोभा राई भन्छिन्, ‘महिलामा कानूनी ज्ञानको अभाव नै महिला पछि पारिनुको पहिलो कारण हो । यही कारणले नै विभिन्न तह र तप्कामा पुगेका महिलाहरुले अझै भनेजस्तो सन्तोषजनक काम गर्न सकेका छैनन् । त्यसका लागि राजनीतिक चेतना हरेक जनतामा हुनु जरुरी छ ।’

‘महिलाले भनेजस्तो अधिकारको सदुपयोग गर्न नसकेको यो अवस्थामा महिला पुरुष सबै मिलेर अधिकारको उपभोग गर्नु जरुरी छ । महिलालाई महिलाको मात्र होइन, महिलामैत्री बौद्धिक व्यतिmत्वको साथको खाँचो छ’–उनले अगाडि भनिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

झापाका २ सय २९ कर्मचारीले मागे स्वेच्छिक अवकाश

झापा/ स्वेच्छिक अवकाशका लागि झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो ।

अवकाशका लागि आवेदन दिनेमा जिल्ला जनस्वास्थ्य कार्यालयका सबैभन्दा वढी ४३ जना रहेका छन् भने यसपछि हुलाकका कर्मचारी छन् । अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने सरकारको योजना भएकाले लाभग्राही उत्साहित भएका हुन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

बाबु रोजगारीमा जाँदा आमाले अर्को रोजिन, विरामी छोरीलाइ ठिँगुरा, ७० वर्षे हजुरआमाको काँधमा तीन सन्तान

0

झापा/ प्रेम पुरीका तीन सन्तान मध्ये छोरी दिपशिखा रात दिन ठिगुरा परिन् । उनका दुबै खुट्टा नेलमा हालेर राख्ने गरिएको छ । बुबा रोजगारीका लागि काठमान्डौँ गएपछि दिपशिखाकी आमाले दोस्रो विवाह गरिन् र कुम्लो कुटुरो कसिन ।
झापा भद्रपुर घर भई इलामको सूर्याेदयनगरपालिका १० नयाँ चोक स्थित कल्पना तामाङको घरमा अस्थाई बसोबास गर्दै आएका प्रेम पुरीकी ९ बर्षीय छोरी दिपशिखा पुरी सामान्य मानसिक  सन्तुलन बिग्रिए पछि घरबाट पटक पटक हिडने भाग्ने गरेको भन्दै परिवारले उनलाई दिनभर दुबै खुटटा ठिगुरोमा हाल्नुको विकल्प देखेन । यी बालिका अहिले पशुतुल्य जीवन बिताउन बाध्य भएकी छिन् ।

तामाङको घरमा भाडा तिरेर बस्तै गरेको यो परिवार घर न घाटको जस्तै भएको छ । यी नौ वर्षीया निर्दोश बालिका रोगाइन् र बाधिन बाद्य भइन् । बाबु आमा दुबै साथमा नभएपछि तीन दिदीभाईको भर ७० बर्षीय बृद्ध हजुरआमाको काँधमा आएको छ । स्थानीयले भने । आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार हुन नसकेको स्थानीयहरुले बताएका छन । आफनै जाग्गा जमिन नभएको पुरी परिवार मजदुरी गरेर पेट पाल्न बाध्य थिए । घरमा अभाव भएपछि समस्या समाधान नै दोस्रो विवाह देखिन बुहारीले, कर्म अनुसारको फल भोग्नै पर्दोरहेछ बृद्ध आमाले भनिन् ।
स्थानीय कल्पना तामाङको घरमा सुरुमा भाडामा बस्तै आएको भए पनि अहिले बाबुआमा दुबै नभएपछि बेसहारा बनेको पुरी परिवारलाई कल्पनाले घरभाडा समेत नलिई सहारा दिदै आएकी छन् । छर छिमेक समेत अर्का ठाउबाट आएको परिवार भनेर चासो दिँदैनन् म विलख बन्धनमा परिरहेकी छु । कल्पना तामाङले भनिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

चतुरेले चोर्यो, प्रेमलाई जेल

0

नुवाकोट/ तपाइले केही समय अघि काठमाण्डौमा दाहिने घुँडो दुखेर जचाउन जाँदा डाक्टरले देब्रे घुँडाको अप्रेसन गरेर विरामी पठाएको समाचार त पढ्नु भएको थियो होला । तर एउटाका नाममा अर्को पक्राउ परेर जेल परेको चाहि पढ्नु भएको थिएन होला । चतुरेले चोर्यो, प्रेमलाई जेल हालेर प्रहरीकै बदनाम गरिएछ । गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा आठ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन् ।

चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्। सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दाेष चतुरे जेल परेका हुन् ।

लिखु गाउँपालिका–६ धाक्रेका चतुरे तामाङलाई पक्राउ गर्न प्रहरी गाउँ पुगेको प्रहरीले निर्दाेष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो।
बाबुको नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नदिई प्रहरीले पक्रेर लगेको छोरा श्याम लामाले बताए। प्रहरीले खोजेको वास्तविक चतुरे भने गाउँमै छन्। १० वर्षअघि चतुरे तामाङलाई चोरी मुद्दा लागेको थियो ।

चोरी मुद्दामा नुवाकोट जिल्ला अदालतले ०५५ असार ७ मा चतुरेलाई एक महिना १५ दिन कैद र ८८५ रुपियाँ जरिमाना फैसला गरेको थियो।
त्यही मुद्दा फैसला कार्यान्वयनका लागि चतुरे खोज्दै जाँदा उनलाई पक्राउ गरिको हो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्