चतुरेले चोर्यो, प्रेमलाई जेल

0
312

नुवाकोट/ तपाइले केही समय अघि काठमाण्डौमा दाहिने घुँडो दुखेर जचाउन जाँदा डाक्टरले देब्रे घुँडाको अप्रेसन गरेर विरामी पठाएको समाचार त पढ्नु भएको थियो होला । तर एउटाका नाममा अर्को पक्राउ परेर जेल परेको चाहि पढ्नु भएको थिएन होला । चतुरेले चोर्यो, प्रेमलाई जेल हालेर प्रहरीकै बदनाम गरिएछ । गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा आठ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन् ।

चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्। सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दाेष चतुरे जेल परेका हुन् ।

लिखु गाउँपालिका–६ धाक्रेका चतुरे तामाङलाई पक्राउ गर्न प्रहरी गाउँ पुगेको प्रहरीले निर्दाेष प्रेमबहादुरलाई पक्राउ गरी थुनामा राखेको हो।
बाबुको नागरिकता नहेरी, सोधपुछ नगरी, पक्राउ पुर्जी नदिई प्रहरीले पक्रेर लगेको छोरा श्याम लामाले बताए। प्रहरीले खोजेको वास्तविक चतुरे भने गाउँमै छन्। १० वर्षअघि चतुरे तामाङलाई चोरी मुद्दा लागेको थियो ।

चोरी मुद्दामा नुवाकोट जिल्ला अदालतले ०५५ असार ७ मा चतुरेलाई एक महिना १५ दिन कैद र ८८५ रुपियाँ जरिमाना फैसला गरेको थियो।
त्यही मुद्दा फैसला कार्यान्वयनका लागि चतुरे खोज्दै जाँदा उनलाई पक्राउ गरिको हो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here