बाबु रोजगारीमा जाँदा आमाले अर्को रोजिन, विरामी छोरीलाइ ठिँगुरा, ७० वर्षे हजुरआमाको काँधमा तीन सन्तान

0
412

झापा/ प्रेम पुरीका तीन सन्तान मध्ये छोरी दिपशिखा रात दिन ठिगुरा परिन् । उनका दुबै खुट्टा नेलमा हालेर राख्ने गरिएको छ । बुबा रोजगारीका लागि काठमान्डौँ गएपछि दिपशिखाकी आमाले दोस्रो विवाह गरिन् र कुम्लो कुटुरो कसिन ।
झापा भद्रपुर घर भई इलामको सूर्याेदयनगरपालिका १० नयाँ चोक स्थित कल्पना तामाङको घरमा अस्थाई बसोबास गर्दै आएका प्रेम पुरीकी ९ बर्षीय छोरी दिपशिखा पुरी सामान्य मानसिक  सन्तुलन बिग्रिए पछि घरबाट पटक पटक हिडने भाग्ने गरेको भन्दै परिवारले उनलाई दिनभर दुबै खुटटा ठिगुरोमा हाल्नुको विकल्प देखेन । यी बालिका अहिले पशुतुल्य जीवन बिताउन बाध्य भएकी छिन् ।

तामाङको घरमा भाडा तिरेर बस्तै गरेको यो परिवार घर न घाटको जस्तै भएको छ । यी नौ वर्षीया निर्दोश बालिका रोगाइन् र बाधिन बाद्य भइन् । बाबु आमा दुबै साथमा नभएपछि तीन दिदीभाईको भर ७० बर्षीय बृद्ध हजुरआमाको काँधमा आएको छ । स्थानीयले भने । आर्थिक अवस्था कमजोर भएका कारण बालिकाको उपचार हुन नसकेको स्थानीयहरुले बताएका छन । आफनै जाग्गा जमिन नभएको पुरी परिवार मजदुरी गरेर पेट पाल्न बाध्य थिए । घरमा अभाव भएपछि समस्या समाधान नै दोस्रो विवाह देखिन बुहारीले, कर्म अनुसारको फल भोग्नै पर्दोरहेछ बृद्ध आमाले भनिन् ।
स्थानीय कल्पना तामाङको घरमा सुरुमा भाडामा बस्तै आएको भए पनि अहिले बाबुआमा दुबै नभएपछि बेसहारा बनेको पुरी परिवारलाई कल्पनाले घरभाडा समेत नलिई सहारा दिदै आएकी छन् । छर छिमेक समेत अर्का ठाउबाट आएको परिवार भनेर चासो दिँदैनन् म विलख बन्धनमा परिरहेकी छु । कल्पना तामाङले भनिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here