रञ्जित गुरुङ पक्राउ

0
244

दमक/ आफूलाई पूर्व जनमुक्ति सेना भन्ने रञ्जित गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरीले काठमाडौंको न्युरोडबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।
परिसर प्रमुख एसएसपी विश्वरराज पोखरेलका अनुसार उनलाई सोसल मिडियामा ुफागुन २५ र २६ गते नेपाल बन्दु भन्दै आतंक फैलाएको आरोपमा पक्राउ गरिएको हो ।
उनलाई परिसर टेकुमा राखिएको छ । पोखरेलले भने, ुविभिन्न सोसल मिडियामा शुक्रबार र शनिबार नेपाल बन्द भनेर आम मानिसलाई आतंक फैलाएका छन्। त्यसैले हामीले उनलाई पक्राउ गरेका हौं । उनको बारेमा थप अनुसन्धान गरिरहेका छौं ।
गुरुङ समूहले ४ बूँदे माग राखेर दुई दिन नेपाल बन्द भन्दै सोसल मिडियामा प्रचारबाजी गरेको थियो

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here