दमकमा महिला म्याराथुनको उपाधि ललिता लामिछानेले जितिन्

0
245

प्रदेश आवाज

दमक/ ८ मार्च अर्थात अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर दमकमा सम्पन्न भएको खुल्ला महिला म्याराथुनको उपाधी पोखराकी ललिता लामिछानेले जितेकी छन् । दमकको गोरखा डिपार्टमेन्टवाट सुरु भएको म्याराथुन दमक थानारो बाट बजारको कृष्ण मन्दिर , नगरपालिका , मामा चोकवाट फर्केर भृकुटी चोक हुँदै पून गोरखा डिपार्टमेन्ट अगाडी नै समापन भएको थियो । महिलाहरुपनि बाहिर निस्केर केहि गर्न सक्छन् भन्ने सन्देश दिन म्याराथुन आयोजना गरिएको संयोजक उप्रेतीले जानकारी दिइन् ।
डब्लु एम आर नामका फेसबुक समुहले आयोजना गरेको म्याराथुनमा ३ किलोमिटरको दुरी १५ मिनेट ५८ सेकेन्डमा पार गर्दे ललिता प्रथम उपाधि हात पारेकी हुन् ।
म्याराथुनमा दमककी पासाङ लामु सेर्पाले दोस्रो स्थान हाँसिल गरिन् । १७ मिनेट ३५ सेकेन्डमा ३ किलोमिटरको दुरी पार गर्दै दोस्रो स्थान हात पार्न सफल रहेकी छन् भने १८ मिनेट ५४ सेकेन्डमा दुरी पार गरेर कमल गाउँपालिका केरखाकी दिपा तामाङ तेस्रो बनिन् ।
बिजेता सबैलाई प्रशंसा सहित प्रमाण पत्र प्रदान गरिएको थियो । म्याराथुनमा २ सय ८० जना महिलाहरुको सहभागीता रहेको थियो ।
म्याराथुनमा यूथ नेटवर्क, यूथ फर ब्लड, दमक रन लगायतका संस्थाहरुले सहयोग गरेका थिए । म्याराथुनको औपचारिक कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी प्रमुख अतिथी र म्याराथुन कार्यक्रम संयोजक ममता उप्रेती सभापति रहेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here