सिमेण्टका छाप्रा रोक्न माग

0
369

दमक/ झापाको भूटानी शरणार्थी शिविर वेलडाँगीमा निर्माण हुने भनेको अर्ध सिमेन्ट प्रयोगको छाप्रा निर्माण कार्य हंसे दुम्से सामुदायिक बनले सरोकारवाला निकायमा रोक्न माग गरेको छ ।
केही महिना अघि देखि अर्ध सिमेन्टको प्रयोग गरेर निर्माण गर्ने भनेको छाप्राको विषयलाई लिएर स्थानीय क्षेत्रमा विवाद चुलिंदै गएको छ ।

शरणार्थी सम्बन्धी सँयुक्त राष्ट्र संघीय उच्च निकायले सिमेन्टको पोल गाडेर ढेड फिट इटा, बाँसको वेरा र टिनको छाना लगाएर अशक्त भूटानी शरणार्थीका लागि छाप्रा निर्माण गर्ने बताउँदै आउँदा बनले सो कार्य रोक्न माग गरेको बनका अध्यक्ष हिमालय प्रसाद दाहालले बताए । दाहालले सिमेन्टको पोल गाडेर, ढेड फिट इटा लगाएर बनाउने घर भनेको पक्कि संरचनाकै भएको भन्दै सो कार्य गर्न नदिने सामुदायिक बनले निर्णय गरेको बताए ।
यता यस विषयलाई लिएर बन क्षेत्रका सरोकारवालासँग शिविर व्यवस्थापन समितिका सचीव टिकाराम रसाइली भने यस अघि अपाङ्गहरुलाई निर्माण गरी बसिरहेको जस्तो छाप्रा निर्माण गर्न बन ऐनले रोक्ने भए शरणार्थीहरुलाई अन्यत्र सार्न आग्रह गरेका छन् ।

शरणार्थी रेखदेख निकाय यूएनएचसीआरले बर्षात हुनु अगाडि नै अशक्त भूटानी शरणार्थीका लागि २ सय हाराहारीको संख्यामा छाप्रा निर्माणको तयारी गरेको र यस अघि जिल्लाका उच्च स्तरका अधिकारी सहितको बैठकले निर्णय गरेको सार्वजनिक गरेको छ । छाप्रा निर्माणका लागि आवश्यक सामाग्री इटा, बालुवा शिविर क्षेत्रमा स्टक गरिसकिएको छ भने छाप्रा निर्माणमा लाग्ने पोल निर्माण कार्य तिव्ररुपमा चलिरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here