सुन व्यवसायी मुखिया ५ दिन देखि बेपत्ता

0
258

झापा/ झापा बिर्तामोडमा विगत दुई वर्षदेखि सुन व्यावसाय गर्दै आएका २६ बर्षिय साजन मुखिया ५ दिन देखि बेपत्ता भएका छन ।

बिर्तामोडस्थित दावा ज्वयलर्स सुनचाँदी पसल सञ्चालन गर्दै मुखिया यहि २० गते आईतबार देखि बेपत्ता भएको निजकी श्रीमति रविना मुखियाले जानकारीदिनु भयो । एक छिन बजार पुगेर आउछु भन्दै निस्किएका मुखिया अहिले सम्मपनि घर नफर्किएको रविनाले बताएकी छिन् ।

सो दिन दिउँसो १ः४१ बजे सम्म फोन सम्पर्क हुँदा समेत बजारमा नै रहेको श्रीमती रविनाले राजनले भनेका थिए । मुखियाकी श्रीमती रविनाले सोहि दिन अपरान्हदेखि राजनसंग फोन सम्पर्क हुन छोडेपछि मुखिया परिवारले ईलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराएको बुझिएकोेछ । तर हाल सम्म पनि बेपत्ता मुखियाको विषयमा प्रहरीले कुनैपनि जानकारी नगराएको रविनाले गुनासो गरेकिछिन् ।

ब्यक्तीगत ऋण नभएको र बजारबाट उठनुपर्ने पैसा धेरै भएको मुखिया परिवारले बताएको छ । तर अहिले सम्म कहि कतैबाट पनि चन्दा या धाकधम्कि कहिकतैबाट नआएको परिवारले बताएको छ । रहस्यमय ढंगले साजन बेपत्ता भएपछि सुनचाँदी व्यवसायी संघ झापाले पनि शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै पाँच दिन देखि संघको सदस्य बेपत्ता हुँदा सो विषयमा केहि जानकारी प्राप्त नहुनु दुखद भएको बताएको छ । संघका अध्यक्ष राजु धमलाले प्रहरी प्रशासनले अनुसन्धान जारी रहेको बताए पनि कुनै उपलब्धि हाल सम्म हात नपर्दा अन्य व्यवसायी समेत आतंकित बनेको बताएका छन् ।

संघले बेपत्ताको अवस्था चाँडो सार्वजानिक गर्न प्रहरी प्रशासन समक्ष माग समेत गरेकोछ । ईलाका प्रहरी कर्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी कृष्ण कोईरालाले घटनाका विषयमा सबै संयन्त्र परीचालन गरी अनुसन्धान गरीरहेको बताएका छन् । स्थाई घर बिराटनगर भएका बिगत १० वर्ष देखि झापाको बिर्तामोडमा बस्तै आएको भएपनि २ वर्षयता सुनचाँदी व्यवसाय सञ्चालन गरेको मुखिया परीवारले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here