अस्पताल बनाउन जग्गा दान

0
365

दमक/ झापाको शिवसताक्षी नगरपालिकामा स्थापित गणेशमान सिंह अध्ययन प्रतिष्ठानले प्राविधिक तथा व्यावसायिक शिक्षालय सञ्चालनका लागि आयोजना गरेको पुराणमा दाताहरुले रकमका साथै जग्गा समेत दिन थालेका छन् । पुराणको शुरुमा नै ६० लाख बराबरको जग्गा उपलब्ध भएको प्रतिष्ठानका केन्द्रीय सदस्य ईश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार नगद तीनलाख भन्दा माथि दान गर्नेहरुले नाम टिपाइरहेका छन् भने हजारदेखि लाख सम्म रकम दिनेहरु रहेका छन् । कार्कीका अनुसार महायज्ञबाट साढे तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
फागुन २३ गते महायज्ञको महामण्डलेश्वर हेमानन्द गिरीले उद्घाटन गरेका थिए ।
पं. दिनबन्धु पोखरेलले कथा वाचन गर्दै आएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २९ गतेसम्म सञ्चालन हुन लागेको हो ।
झापामा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास गर्ने उद्देश्यले २०५६ सालमा स्थापित सो प्रतिष्ठानसँग १० बिघा जग्गा छ । सोही जग्गामा प्राविधिक शिक्षालयसँगै एक सय बेड क्षमताको अस्पताल, सभा भवन र रंगशाला बनाउने लक्ष्य प्रतिष्ठानले राखेको जनाइएको छ । करिब २२ लाख रुपैयाँको लागतमा महायज्ञ सम्पन्न गर्ने प्रतिष्ठानको लक्ष्य छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here