दमक/ नेपाली कांग्रेसका नेता पूर्व उपप्रधान एवम् गृह मन्त्री प्रकाशमान सिंह मंगलवार बेलुका झापा आएका छन् । झापाको शिवसताक्षि नगरपालीकामा गणेशमानसिंह अध्ययन प्रतिष्ठानको आयोजनामा भइरहेको श्रिमद् भागवत महापुराणमा सहभागि हुन पार्टीका पूर्व महामन्त्री समेत रहेका भएको सिंह झापा आएका पार्टी श्रोतले जनाएको छ ।
नेता सिंहले दमक क्षेत्रका कार्यकर्ताहरुसँग भेटघाटको लागि नेता सिंह बुधवार बिहान ११ बजे पार्टी कार्यालयमा आउने र कार्यकर्ता भेटघाटमा सरिक रहने कांग्रेस दमक नगर सभापती रोशन विष्टले जानकारी दिए ।
नगर समितिको मंगलवार बसेको बैठकले नेता सिंह सहभागि हुने कार्यक्रमलाई भव्य बनाउने निर्णय गरेको हो । साथै पार्टीको नगर बैठकले हिजो भएको बंगलादेशी बिमान दुर्घटनाका मृतकहरुको चिर शान्तीको कामना गर्दे घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
प्रकाशमान सिंह झापामा
इलामले जन्माएको कला ः अभिनयमा अब्बल अनु
‘मलाई मेरा दाइ नरेश र परिवारको पूर्ण सपोर्ट थियो, मेरा दाजुको साथ र बुवा आमाको प्रेरणा नै मेरो कलाकारिताको सफलता हो ।’ मोडलिङ, कलाकारिता पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता सक्रिय भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ, मुख्य कुरा त लगनशिलता नै हो ।
भनिन्छ, कला र साहित्य कस्तो बनाउने भन्ने कुरा त्यस क्षेत्रको हावापानीमा भर पर्छ । यो सार्थक जस्तै बनाइरहेको छ इलामेली कलाकारहरुको श्रृखलाबद्ध उत्पादनले । इलामको हावापानीमा नै साहित्य, कला र संगितका अणुहरु बहिरहेका हुन्छन् कि के हो ? भन्ने प्रश्न समेत उठन थालेको पछिल्लो समयलाई जवाफ दिँदै उदाहरणको पात्र बनेर पूर्वमा उदाउँदैछिन् कलाकार अनु राई ।
इलामको फाकफोकथुम गाउँपालिका अन्तरगत एकतप्पा–१ मेतालुङमा बुवा रामप्रसाद र आमा रीता राईबाट २३ वर्ष अघि जन्मिएकी अनु सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी कलाकार हुन ।
दुइ बर्ष भन्दा बढी समय नाटक थिएटरबाट अभिनय सिकेर कलाकार, मोडलिङ, गायिका बन्ने समेत सपना लिएर सिने क्षेत्रमा प्रवेश गरेकी कलाकार अनुले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन ।
उनले केही गीतहरूमा पनि आवाज भरिसकेकी छिन् भने आधा दर्जन चलचित्र तथा दर्जनौ टेलीचलचित्रमा समेत अभिनय गरिसकेकी अनु अभिनयमा र नृत्यमा जीवन देखेपछि कलामा आकर्षण रहेको बताउँछिन् ।
सानै उमेर देखि कलाकार तथा मोडल बन्ने सोच र रुचि राख्ने अनु अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषमा छिन् । अनुले भनिन्– ‘अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो योग्यता, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।’ उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउछिन ।
मेहनत र पसिनामा चाँदी फल्ने पूर्वको सुन्दर स्थल इलाममा जन्मेर हुर्केर काठमाडौँलाई पूर्वको परिचय दिने उनको सपना पूरागर्न लागिपरेकी अनुले परिवारको सहयोग र साथमा यस क्षेत्रमा सफलता मिलेको बताइन् ।
विशेष गरेर दाजुको प्रेरणा बताउँदै अनु भन्छिन्– ‘मलाई मेरा दाइ नरेश र परिवारको पूर्ण सपोर्ट थियो, मेरा दाजुको साथ र बुवा आमाको प्रेरणा नै मेरो कलाकारिताको सफलता हो ।’ मोडलिङ, कलाकारिता पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता सक्रिय भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ, मुख्य कुरा त लगनशिलता नै हो । उनले बसाई उपन्यासमा गरीव केटीको पात्रको रोल, ‘मंगोलियन हट, भोजपुरी द एच के आर्क, दोवाटे, नहाँसेर भो, हाँस्न पाइदैन, जस्ता टेलि चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् ।
पिपलको पात बहूऔषधीको गुण
हिन्दु धर्ममा पिपललाई विष्णुको अंश मानेर पूजा गर्ने प्रचलन छ । पिपलको रुख जति धार्मिक मान्यताका लागि महत्वपूर्ण मानिन्छ, त्यति नै औषधीय गुणले पनि भरिपूर्ण हुन्छ । यद्यपी, धेरै जसोलाई यसबारे थाहा हुँदैन ।
यी रोगको उपचारमा पिपलको पात उपयोगी मानिन्छ ।
पेट दुखाई –
पिपलको ४–५ वटा पातको पेस्ट बनाएर त्यसलाई ५० ग्राम शख्खरसँग मिश्रण गर्नुस् र यस मिश्रणलाई सानो–सानो गाली बनाएर दिनमा ३–४ पटक सेवन गर्दा पेट दुखाईबाट राहत मिल्छ ।
दम –पिपलको पाकेको फल र छालालाई अलग–अलग पाउडर बनाएर त्यसलाई समान मात्रामा मिलाउनुहोस् । यस मिश्रणलाई दिनमा ३–४ पटक सेवन गर्नुहोस्, दम रोगबाट मुक्ति मिल्छ ।
सर्पले टोकेमा – बिषालु सर्पले टोकेमा पिपलको कलिलो पातको रसको दुई थोपा लगाउनुहोस् र त्यसको पातलाई चपाउनुहोस् । यसो गर्नाले सर्पको असर कम हुन्छ ।
छाला सम्बन्धि रोग – पिपलको कलिलो पातलाई चपाउनाले छाला सफा हुन्छ । पिपलको पातको ४० मिलीलीटर चिया सेवन गर्नु पनि अत्यन्तै प्रभावकारी साबित हुन्छ ।
दाद – ५० ग्राम पिपलको छालालाई खरानी बनाएर, त्यसमा कागती तथा घिउ मिसाएर पेस्ट बनाएर प्रभावित अंगमा लगाउनाले तपाइलाई तुरुन्तै शीतल प्राप्त हुन्छ । पिपलको छालाको ४० मिलीलीटर चिया दैनिक सेवनले पनि राहत मिल्छ ।
कुर्कुच्चा फुटेको – कुर्कच्चा फुटेको छ भने पिपलको पातको रस लगाउँदा राम्रो गर्छ ।
रगत शुद्ध – १–२ ग्राम पिपलको दानाको पाउडरलाई महमा मिसाएर प्रत्येक दिन दुई पटक पिउँनाले रगत शुद्ध हुन्छ ।
कब्जियत – पिपलको ५देखि १० वटा फल प्रत्येक दिन खानाले कब्जियतबाट पनि स्थाई समाधान पाउन सकिन्छ ।
बाडुली लाग्दा – ५०–१०० ग्राम पिपलको छालालाई कोइला बनाएर सफा पानीमा डुबाउनुहोस् । त्यस पानीको सेवन गर्नाले बाडुली बन्द हुन्छ ।
आँखा र दाँत दुखाई – पिपलको पातको दुधलाई आँखमा लगाउनाले आँखा दुखाई कम हुन्छ । त्यस्तै, पिपल र त्यसको छालालाई बराबर मिश्रण बनाई त्यस मिश्रणलाई पानीसँग उमाल्ने र त्यसले कुल्ला गर्नाले दाँत दुखाईबाट पनि राहत मिल्ने बताइन्छ ।
असिनाका कारण तरकारीको मुल्य घट्दै
धनकुटा ः जिल्लाको छथर जोरपाटी गाउँपालिकामा परेको असिनाका कारण यहाँ लगाइएको तरकारी बालीमा १६ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
सोमवार साँझ पानीसँगै परेको असिनाले जिल्लाको तरकारी उत्पादनको मुख्य क्षेत्र मानिएको छथर जोरपाटी गाउँपालिकाका विभिन्न वडामा एक हजार २०० हेक्टरमा लगाइएको तरकारी बाली सखाप बनाएपछि करिब १० करोड रुपैयाँको क्षति भएको छथर जोरपाटी गाउँपालिका कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए।
हरियो मटर, काउली, रायो सागलगायतका तरकारी बालीमा बढी क्षति भएको उनको भनाइ छ। लामो समयको खडेरीका कारण पनि तरकारी बालीमा विभिन्न समस्या व्यहोर्दै आएका किसाहरू मुखैमा आएको बाली असिनाले सखाप बनाएपछि निराश बनेका छन्।
तरकारी उत्पादन गरी विदेशी बजारसम्म निर्यात हुने उक्त क्षेत्रका ७०० किसानको बारीमा २० घण्टा बितिसक्दा पनि असिना बिलाएको छैन भने भुइँभरि पाकेका बाली टुक्राटुक्रा भएर छरिएका छन्। उक्त क्षेत्रमा असिनाले क्षति गरेको तरकारी कुल एक करोड २० लाख किलोग्राम हुने अनुमान गरिएको कृषि प्रमुख तिम्सिनाले बताए। यस्तै, महालक्ष्मी नगरपालिका– ८ र ९ मा लगाइएको मटरकोसा, रायो साग र काउलीमा असिनाले क्षति पुर्याएर करिब छ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको नगर प्रमुख पर्शुराम नेपालले बताए।
उनले भने, ‘कृषि प्राविधिकहरू फिल्डमा पठाएर क्षतिको विवरण यकिन गर्न समय लाग्ने अवस्था छ।’ जीविकोपार्जनका लागि व्यावसायिक रूपमा लगाइएको तरकारी खेती विनास भएपछि किसानहरूको मुखको गाँस खोसिएको छ। जिल्लाका अन्य क्षेत्रमा परेको असिनापानीले भने सामान्य क्षति भए पनि लामो खडेरी व्यहोरेकाले मकै, गहुँ र चैते धान लगाउन राहत मिलेको किसानहरूले बताएका छन्।
चट्याङ लागेर लिम्बुको मृत्यू
दमक/ झापाको पृथ्वीनगरमा सोमबार राति चट्याङ लागेर भद्रपुर नगरपालिका १ का १९ बर्षीय याम बहादुर लिम्बूको मृत्यु भएको छ ।
सोमबार राति ८ बजे बर्षासंगै परेको चट्याङ लागेर लिम्बू गम्भीर घाइते बनेका थिए । उनको उपचारका लागि बिर्तामोडतिर ल्याउँने क्रममा बाटोमै मृत्यु भएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।
इलाम र गौरादहमा आगलागी
गौरादह/ झापाको गौरादह नगरपालिका–५ स्वामी चोक बस्ने टंक श्रेष्ठको घरमा सोमबार आगलागी भएको छ । दिउँसो २ बजेतिर खोले पकाउने क्रममा चुलोबाट अचानक लागेको आगोले श्रेष्ठको घर, गोठ, नगद ६ हजार तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ५ लाख बराबरको क्षति भएको पीडितले जनाएको छ ।
आगलागी दमकल प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी महारानीझोडाले जनाएको छ ।
यसैगरि इलामको साखेजुङ बस्ने भरत कट्वालको घरमा सोमबार आगलागी हुदाँ अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ । ढुङगामाटोले बनेको २ तले घरमा विहान ७ बजेतिर अचानक लागेको आगोले उनको घर,नगद तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ। आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी रक्सेले जनाएको छ ।
यता मोरङको बेलबारी नगरपालिका–४ बस्ने ज्ञान बहादुर कार्कीको परालको कुन्युमा समेत सोमबार आगलागी भएको छ । विहान ६ बजेतिर अचानक लागेको आगोले उनको १५ हजार बराबरको क्षति भएको बताइएको छ ।
सवारी दुर्घटना तीन घाइते
मोरङ/ सुनसरी र मोरङमा सोमबार भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् । सुनसरीको रामधुनी नगरपालिका–६ ईचौलमा बा ३९ प ४१०७ नम्बरको मोटरसाइकल र को १ त ३५०९ नम्बरको ट्याक्टर आपसमा ठोक्किदा मोटरसाइकल चालक बराहा नगरपालिका –५ बस्ने ३७ बर्षिय धिरज बराईली र पछाडि सवार ४५ बर्षिय रबिन राई घाईते भएका छन् ।
घाइते दुवैलाई उपचारकोलागी ईटहरी पठाइएको छ भने ट्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ । यस्तै मोरङको लेटाङ नगरपालिका–४ फायरलाईन स्थित कानेपोखरी–लेटाङ सडक खण्डमा को १ च २६३५ नम्बरको भ्यानले को ५ प ८४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका–९ बस्ने ६० बर्षिय लक्ष्मी प्रसाद संग्रौला घाईते भएका छन् ।
उनको बिराट अस्पताल विराटनगरमा उपचार भइरेहको छ । भ्यानका चालक इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा छन् ।
विमान दुर्घटना : २२ घाइते, ४९ को मृत्यु
दमक/ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने क्रममा भएको विमान दुर्घटनामा ४९ यात्रुको मृत्यु भएको पुष्टि नेपाल प्रहरीले गरेको छ ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको उडान नम्बर बिएस २११ युएस–बंगला एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलको धावन मार्गमा दुर्घटनाग्रस्ता हुँदा ती यात्रुको ज्यान गएको हो ।
धावन मार्गबाट चिप्लेर भएको यस दुर्घटनापछि भएको आगलागीबाट ४९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यो दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन् ।
कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ३१ जनाको शव घटनास्थलमै भेटिएको हो । केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।
घाइतेमध्ये १६ जनाको केएमसी अस्पताल सिनामंगलमा, ५ जनाको नर्भिक अस्पतालमा र १ जनाको ओम अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली खटिई गई दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिनुको साथै थप उद्धार गिएको थियो ।
चट्याङ लागेर महिलाको मृत्यु
उर्लाबारी/ मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा आइतबार राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो ।
घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। चट्याङ लागेर मृतककी देउरानी ३० वर्षीया मेनुका घिमिरे र छिमेकी ६२ वर्षीय धनबहादुर राई गम्भीर घाइते भएका छन् ।
दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए।
महिला मृतावस्थामा फेला, श्रीमान फरार
उर्लाबारी/ मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी छन् ।
गएराति श्रीमान्सँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए ।
मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शंकास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । घटनापछि मृतक राईका श्रीमान् ३७ वर्षीय कुमार राई फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।