पिपलको पात बहूऔषधीको गुण

0
1078

हिन्दु धर्ममा पिपललाई विष्णुको अंश मानेर पूजा गर्ने प्रचलन छ । पिपलको रुख जति धार्मिक मान्यताका लागि महत्वपूर्ण मानिन्छ, त्यति नै औषधीय गुणले पनि भरिपूर्ण हुन्छ । यद्यपी, धेरै जसोलाई यसबारे थाहा हुँदैन ।
यी रोगको उपचारमा पिपलको पात उपयोगी मानिन्छ ।
पेट दुखाई –
पिपलको ४–५ वटा पातको पेस्ट बनाएर त्यसलाई ५० ग्राम शख्खरसँग मिश्रण गर्नुस् र यस मिश्रणलाई सानो–सानो गाली बनाएर दिनमा ३–४ पटक सेवन गर्दा पेट दुखाईबाट राहत मिल्छ ।
दम –पिपलको पाकेको फल र छालालाई अलग–अलग पाउडर बनाएर त्यसलाई समान मात्रामा मिलाउनुहोस् । यस मिश्रणलाई दिनमा ३–४ पटक सेवन गर्नुहोस्, दम रोगबाट मुक्ति मिल्छ ।
सर्पले टोकेमा – बिषालु सर्पले टोकेमा पिपलको कलिलो पातको रसको दुई थोपा लगाउनुहोस् र त्यसको पातलाई चपाउनुहोस् । यसो गर्नाले सर्पको असर कम हुन्छ ।
छाला सम्बन्धि रोग – पिपलको कलिलो पातलाई चपाउनाले छाला सफा हुन्छ । पिपलको पातको ४० मिलीलीटर चिया सेवन गर्नु पनि अत्यन्तै प्रभावकारी साबित हुन्छ ।
दाद – ५० ग्राम पिपलको छालालाई खरानी बनाएर, त्यसमा कागती तथा घिउ मिसाएर पेस्ट बनाएर प्रभावित अंगमा लगाउनाले तपाइलाई तुरुन्तै शीतल प्राप्त हुन्छ । पिपलको छालाको ४० मिलीलीटर चिया दैनिक सेवनले पनि राहत मिल्छ ।
कुर्कुच्चा फुटेको – कुर्कच्चा फुटेको छ भने पिपलको पातको रस लगाउँदा राम्रो गर्छ ।
रगत शुद्ध – १–२ ग्राम पिपलको दानाको पाउडरलाई महमा मिसाएर प्रत्येक दिन दुई पटक पिउँनाले रगत शुद्ध हुन्छ ।
कब्जियत – पिपलको ५देखि १० वटा फल प्रत्येक दिन खानाले कब्जियतबाट पनि स्थाई समाधान पाउन सकिन्छ ।
बाडुली लाग्दा – ५०–१०० ग्राम पिपलको छालालाई कोइला बनाएर सफा पानीमा डुबाउनुहोस् । त्यस पानीको सेवन गर्नाले बाडुली बन्द हुन्छ ।
आँखा र दाँत दुखाई – पिपलको पातको दुधलाई आँखमा लगाउनाले आँखा दुखाई कम हुन्छ । त्यस्तै, पिपल र त्यसको छालालाई बराबर मिश्रण बनाई त्यस मिश्रणलाई पानीसँग उमाल्ने र त्यसले कुल्ला गर्नाले दाँत दुखाईबाट पनि राहत मिल्ने बताइन्छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here